Pairabi logo

असोज ०७, २०८३, बुधबार                    

सहकारी संस्थालाई सुदृढ र भरोसायोग्य बनाउन अभिमुखीकरण

सम्वाददाता

सम्वाददाता

सहकारी संस्थालाई सुदृढ र भरोसायोग्य बनाउन अभिमुखीकरण
ADVERTISEMENT

नेपालगञ्ज, मंसिर २५ । सहकारी संस्थालाई सुदृढ र भरोसायोग्य बनाउन नेपालगञ्ज उपमहानगरपालिकाले अभिमुखीकरण गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकाको सहकारी शाखाको आयोजनामा आज सिकाई आदानप्रदान कार्यक्रम गरिएको हो । 

सहकारी सम्बद्ध सरोकारवाला निकाय र नेपालगञ्ज उपमहानगरपालिकाको नियमन क्षेत्रभित्रका सहकारी संस्थाबीच चौमासिक सिकाई आदानप्रदान कार्यक्रम अन्तर्गत एक दिने अन्तरक्रिया कार्यक्रम गरिएको शाखा प्रमुख प्रविन रानाले बताउनुभयो । सहकारीलाई सुदृढ, व्यवस्थित र चुस्तदुरुस्त राख्न अभिप्रेरित गर्दै जनस्तरमा गुम्दै गएको सहकारीप्रतिको विश्वासलाई पुनः जागृत गराउन अभिमुखीकरण गरिएको रानाले जानकारी दिनुभयो । जिल्ला सहकारी संघ बाँकेको सहजीकरण भएको अन्तरक्रिया कार्यक्रममा शाखा प्रमुख राना र संघका प्रबन्ध सञ्चालक नवराज उपाध्यायले सहजीकरण गर्नुभएको थियो । 

नेपालगञ्ज उपमहानगरपालिकाले आफ्नो कार्य क्षेत्रभित्र रहेका ११२ वटै सहकारी संस्थाको निरीक्षण गर्ने, आवश्यक देखिएमा अनुगमन गर्ने र समस्याग्रस्त देखिएमा सघन अनुगमन गर्ने नीति लिएको छ ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै आर्थिक विकास समिति संयोजक गोपाल पुनले नेपालगञ्ज उपमहानगरपालिकाले सहकारी सुधार र सशक्तिकरणका लागि केही गर्न खोजेको भन्दै सबैको प्रतिबद्धता जरुरी रहेको बताउनुभयो । अन्तरक्रियाले गाइडलाइन प्रदान गर्ने बताउँदै पुनले सहकारी अभियानलाई भरोसायोग्य बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले अब उत्कृष्ट सहकारीलाई सम्मान गर्ने परिपाटीको विकास गरिने जानकारी समेत दिनुभयो । 

जिल्ला सहकारी संघका प्रवन्ध संचालक उपाध्यायले समस्याग्रस्त सहकारीलाई ट्रयाकमा ल्याउन आवश्यक रहेको बताउनुभयो । नेफस्कून प्रमुख छत्र धमलाले समस्याग्रस्त सहकारीलाई उकास्न समन्वयकारी भूमिका जरुरी रहेको उल्लेख गर्दै सुशासन कमजोर भएर थुप्रै चुनौतीको सामना गर्नुपरेको बताउनुभयो । 

राष्ट्रिय सहकारी बैंक नेपालगञ्जका प्रमुख प्रकाश थपलियाले सहकारी स्वयंले कमजोरी गर्दा विश्वास गुमाउँदै गएको बताउँदै आफैंले आफ्नो स्वनियमन गर्नुपर्नेमा जोड दिनुभयो । जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष भुपेन्द्रप्रसाद अधिकारीले सहकारीलाई मुख्य पेशा नबनाउँदा चुस्त दुरुस्त र व्यवस्थित बन्न नसकेको बताउनुभयो । 

कार्यक्रममा करिब ४ दर्जन सहकारी प्रतिनिधिहरुको सहभागिता थियो । 

ताजा

सबै

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…

राजापुरमा मानव बेचबिखन रोकथाम तथा सीमापार समन्वय संयन्त्रसम्बन्धी तालिम

बर्दिया, असोज ६ । मानव बेचबिखन, लागुऔषध दुव्र्यसन रोकथाम तथा सीमापार समन्वय संयन्त्रस…

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्ज, ६ असोजः नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी…

दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

नेपालगन्ज, ६ असोज । नेपालीको महान चाड दसैँ नजिकिँदै जाँदा नेपालगञ्जका मूर्तिकारलाई…

लोकप्रिय

सबै

साहसी र कर्मशील अधिकृत लक्ष्मीकान्त मिश्राको बढैयाताल गाउँपालिकामा सरुवा

​बाँके २ असोज । बाँके नरैनापुर गाउँपालिकामा एक दशकभन्दा बढी समय निष्ठापूर्वक सेवा …

स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल

काठमाडौँ, ४ असोजः प्रतिनिधिसभाका सांसदहरूले भविष्यका नागरिकको स्वास्थ्यका लागि सुरक्ष…

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…

यो पनि

बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

बर्दिया, ५ असोजः वीरबहादुर चौधरी दुर्घटनामा परी पूर्ण अपाङ्गता भएपछि बढैयाताल गाउँप…

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

नेपालगञ्ज भदौ २५ । नेपालगञ्जमा रहेको सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण …

भोटेकोशी बाढीपिडितको राहतका लागि सुनाखरीद्धारा ५१ हजार सहयोग

भोटेकोशी बाढीपिडितको राहतका लागि सुनाखरीद्धारा ५१ हजार सहयोग

नेपालगन्ज १६ भदौ । भोटेकोशी नदीमा आएको बाढीबाट पिडित भएकाहरुको राहतका लागि सुनाख…

समाजसेवी शकिल जसगढद्धारा दुई लाख एघार हजार सहयोग

समाजसेवी शकिल जसगढद्धारा दुई लाख एघार हजार सहयोग

नेपालगन्ज १३ भदौ । नेपालगन्जका प्रसिद्ध व्यवसायी वरिष्ठ समाजसेवी नेपाल ज्वेलर्सका सञ्चाल…