Pairabi logo

माघ १७, २०८२, शुक्रबार                    

आँखा शिविरमा एक हजार चारसय लाभान्वित

सम्वाददाता

सम्वाददाता

आँखा शिविरमा एक हजार चारसय लाभान्वित
ADVERTISEMENT

नेपालगन्ज २२ मङ्सिर । बाँकेको राप्तीसोनारीमा सञ्चालित आँखा शिविरमा एक हजार चार सय जना लाभान्वित भएका छन् । गाउँपालिकाको चार वटा वडाका पाँच स्थानमा संचालित शिविरमा निःशुल्क मोतिबिन्दु छनौट तथा आँखा चेकजाँच गरिएको हो । 

आँखा चेकजाँच गर्दा एक सय ४९ जनामा मोतिबिन्दु देखिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओमप्रकाश देवकोटाले बताउनुभयो । 

उहाँका अनुसार राप्तीसोनारी गाउँपालिकाको आयोजना र तिलगङ्गा आँखा प्रतिष्ठान, तिलगङ्गा सर्जिकल आँखा केन्द्र राप्ती–५, सिसहनिया दाङको प्राविधिक सहयोगमा राप्तीसोनारी गाउँपालिका वडा नं.२ कचनापुर स्वास्थ्य चौकी र वडा नं. ५ बिनौना स्वास्थ्य चौकीमा गरिएको निःशुल्क मोतिबिन्दु छनौट तथा आँखा शिविरमा मात्रै चार सय ७९ जनाले सेवा लिएका छन । 

स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीका अनुसार वडा नं.२ मा दुई सय ४७ जनाको आँखा चेकजाँच गर्दा ३८ जनामा मोतिबिन्दुको समस्या देखिएको छ । ४३ जनालाई ल्याव सेवा प्रदान गरिएको छ । 

यसैगरी बिनौना स्वास्थ्य चौकीमा गरिएको शिविरमा दुई सय ३२ जनाको आँखा चेकजाँच गरिएको छ । ती मध्ये ३० जनामा मोतिविन्दुको समस्या देखिएको स्वास्थ्य शाखा प्रमुख केसीले बताउनुभयो ।

२९ जनालाई चश्मा सहायता पर्ने अवस्था देखिएका बिरामी समेत फेला परेका छन् । पहिलो दिन वडा नं. ८ को पेरानी आधारभूत स्वास्थ्य सेवा केन्द्र तथा वडा ९ को महादेवपुरी स्वास्थ्य चौकीमा सञ्चालन गरिएको शिविरमा पाँच सय २५ जनाको आँखा चेकजाँच गरिएको छ । जस मध्ये ७० जनामा मोतिबिन्दुको समस्या देखिएको थियो । 

वडा नं. ८ पेरानी आधारभूत स्वास्थ्य केन्द्रमा दुई सय ४५ जनाको आँखा जाँच गरिएकोमा ४३ जनामा मोतिबिन्दु देखिएको छ । वडा नं. ९ को महादेवपुरी स्वास्थ्य चौकीमा दुई सय ८० जनाको आँखा चेकजाँच गरिएकोमा २७ जनामा मोतीबिन्दुको समस्या देखिएको छ । 

आँखाको समस्याले पीडित बनेका पालिकाका स्थानीयवासीहरुलाई घरदैलोमै सेवा प्रवाह गर्ने उद्देश्यले शिविर गरिएको राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले बताउनुभयो । 
––––
 

ताजा

सबै

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक…

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

लोकप्रिय

सबै

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक…

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

यो पनि

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

नेपालगन्ज ७ माघ । बाँकेमा हात्तीपाइले रोग पूर्ण रुपमा निवारण नभएपछि यो वर्ष बाँके ज…

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

प्रहलाद विश्वकर्मा नेपालगंज १९, पुस । नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधा…