Pairabi logo

असोज २१, २०८३, बुधबार                    

नेपालगन्जमा ठुलो साइकल ‘पम्प ट्रयाक’ को निर्माण सुरु

सम्वाददाता

सम्वाददाता

नेपालगन्जमा ठुलो साइकल ‘पम्प ट्रयाक’ को निर्माण सुरु
ADVERTISEMENT

नेपालगन्ज २२ मङ्सिर : नेपालगन्जमा पहिलो पटक सबैभन्दा ठुलो साइकल ‘पम्प ट्रयाक’ को निर्माण सुरु भएको छ । बाँके जिल्ला साइक्लिङ सङ्घको पहलमा नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर १ मा साइकल ‘पम्प ट्रयाक’ निर्माण शुरु भएको सङ्घका अध्यक्ष गगनसिंह थापाले बताउनुभयो । 

साइक्लिङ्ग सङ्घका अध्यक्ष थापाका अनुसार स्वीट्जरल्याण्डको भेलोसोलुशनले पम्प फर पिस परियोजना अन्तर्गत नेपालमा काठमाडौँपछि दोस्रो साइकल पम्प ट्रयाक नेपालगन्जमा निर्माण गर्न थालेको छ । 

स्वीट्जरल्याण्डको भेलोसोलुसन, हिमाली राइडर्स काठमाडौँ र बाँके जिल्ला साइक्लिङ सङ्घबिच त्रिपक्षीय सम्झौता गरी नेपालगन्जमा पम्प ट्रयाक निर्माणको परियोजना सञ्चालन गरिएको हो । 

कन्सल्टेन्सीसहित जमिन छाडेर करिब रु एक करोड ३५ लाखमा पुरा हुने सो परियोजनाको लागि एक करोड भेलोसोलुसनले खर्च गर्ने छ भने रु पाँच लाख जति जनश्रमदान बाँके जिल्ला साइक्लिङ सङ्घ र स्थानीय टोलवासी तथा उपभोक्ता समितिले गर्नेछ । पाँच लाख बजेटसँगै आवश्यक मेसिनरी सहयोग नेपालगन्ज उपमहानगरपालिका गर्ने भएको छ । 

विश्वका ३० भन्दा धेरै देशमा सञ्चालित यो परियोजना नेपालगन्जमा आउनु आफैमा गौरवको कुरा भएको जनाउँदै नेपालगन्ज–१ का वडा अध्यक्ष प्रमोद रिजालले आफ्नो वडामा रहेको फुटबल प्रशिक्षण खेल मैदान नजिकै पम्प ट्रयाक बनाउन थालिएको बताउनुभयो । 

साइक्लिङ्ग अभियन्ता रमेश मल्लको नेतृत्वमा निर्माण समिति बनाएर निर्माण प्रक्रिया सुरु भइसकेको छ भने आगामी जनवरी ८ तारिखबाट भेलोसोलुसनका इन्जिनियर तथा प्राविधिक टोली पूर्वाधार निर्माणमा जुट्ने भएको बाँके जिल्ला साइक्लिङ सङ्घले जनाएको छ ।  

पछिल्लो समय यहाँ साइक्लिङ्ग गर्नेहरुको आकर्षण बढेको छ । स्वास्थ हुनका लागि पैदल मोर्निङ वाक गर्नेहरु अहिले साईकिलमार्फत वाकिङ गरिरहेको साइक्लिङ्ग अभियन्ता प्रेम केसीले बताउनुभयो । साइक्लिङ्ग गर्नेहरुको संङ्ख्यामा बृद्धि भएपछि नेपालगन्जमा साइकिलको व्यापार समेत बृद्धि भएको साइकिल व्यवसायीहरु बताउँछन । 
––––
 
ताजा

सबै

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

लोकप्रिय

सबै

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

यो पनि

तीन करोडको लगानीमा आधुनिक ‘एम आर गुरु फिटनेस’ सञ्चालन

तीन करोडको लगानीमा आधुनिक ‘एम आर गुरु फिटनेस’ सञ्चालन

बाँकेमा करिब तीन करोडको लगानीमा अत्याधुनिक प्रविधि तथा आधुनिक फिटनेस उपकरणसहित एम…

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

कोहलपुर २४ बैशाख । बाँकेमा आगामी २६ वैशाखमा अन्तरविद्यालय स्तरीय राष्ट्रिय पौडी प्रति…

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

नेपालगन्ज :प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत पुरुष बी लेभलमा बिजन ओली…

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्ज, वैशाख १८ नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को कार्यालयले जेन जि आन्दोल…