Pairabi logo

पुस १३, २०८२, आइतबार                    

नेपालगन्जमा ठुलो साइकल ‘पम्प ट्रयाक’ को निर्माण सुरु

सम्वाददाता

सम्वाददाता

नेपालगन्जमा ठुलो साइकल ‘पम्प ट्रयाक’ को निर्माण सुरु
ADVERTISEMENT

नेपालगन्ज २२ मङ्सिर : नेपालगन्जमा पहिलो पटक सबैभन्दा ठुलो साइकल ‘पम्प ट्रयाक’ को निर्माण सुरु भएको छ । बाँके जिल्ला साइक्लिङ सङ्घको पहलमा नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर १ मा साइकल ‘पम्प ट्रयाक’ निर्माण शुरु भएको सङ्घका अध्यक्ष गगनसिंह थापाले बताउनुभयो । 

साइक्लिङ्ग सङ्घका अध्यक्ष थापाका अनुसार स्वीट्जरल्याण्डको भेलोसोलुशनले पम्प फर पिस परियोजना अन्तर्गत नेपालमा काठमाडौँपछि दोस्रो साइकल पम्प ट्रयाक नेपालगन्जमा निर्माण गर्न थालेको छ । 

स्वीट्जरल्याण्डको भेलोसोलुसन, हिमाली राइडर्स काठमाडौँ र बाँके जिल्ला साइक्लिङ सङ्घबिच त्रिपक्षीय सम्झौता गरी नेपालगन्जमा पम्प ट्रयाक निर्माणको परियोजना सञ्चालन गरिएको हो । 

कन्सल्टेन्सीसहित जमिन छाडेर करिब रु एक करोड ३५ लाखमा पुरा हुने सो परियोजनाको लागि एक करोड भेलोसोलुसनले खर्च गर्ने छ भने रु पाँच लाख जति जनश्रमदान बाँके जिल्ला साइक्लिङ सङ्घ र स्थानीय टोलवासी तथा उपभोक्ता समितिले गर्नेछ । पाँच लाख बजेटसँगै आवश्यक मेसिनरी सहयोग नेपालगन्ज उपमहानगरपालिका गर्ने भएको छ । 

विश्वका ३० भन्दा धेरै देशमा सञ्चालित यो परियोजना नेपालगन्जमा आउनु आफैमा गौरवको कुरा भएको जनाउँदै नेपालगन्ज–१ का वडा अध्यक्ष प्रमोद रिजालले आफ्नो वडामा रहेको फुटबल प्रशिक्षण खेल मैदान नजिकै पम्प ट्रयाक बनाउन थालिएको बताउनुभयो । 

साइक्लिङ्ग अभियन्ता रमेश मल्लको नेतृत्वमा निर्माण समिति बनाएर निर्माण प्रक्रिया सुरु भइसकेको छ भने आगामी जनवरी ८ तारिखबाट भेलोसोलुसनका इन्जिनियर तथा प्राविधिक टोली पूर्वाधार निर्माणमा जुट्ने भएको बाँके जिल्ला साइक्लिङ सङ्घले जनाएको छ ।  

पछिल्लो समय यहाँ साइक्लिङ्ग गर्नेहरुको आकर्षण बढेको छ । स्वास्थ हुनका लागि पैदल मोर्निङ वाक गर्नेहरु अहिले साईकिलमार्फत वाकिङ गरिरहेको साइक्लिङ्ग अभियन्ता प्रेम केसीले बताउनुभयो । साइक्लिङ्ग गर्नेहरुको संङ्ख्यामा बृद्धि भएपछि नेपालगन्जमा साइकिलको व्यापार समेत बृद्धि भएको साइकिल व्यवसायीहरु बताउँछन । 
––––
 

ताजा

सबै

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

प्रहलाद विश्वर्मा नेपालगंज ६ पुस ।। नेपाल रेडक्रस सोसाइटीको विधान संशोधनका लागि सुझ…

लोकप्रिय

सबै

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

यो पनि

यु–१४ फुटबलमा ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा प्रवेश

यु–१४ फुटबलमा ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा प्रवेश

नेपालगन्ज, २२ कात्तिक । जेन्जी आन्दोलनका कारण रोकिएको यु१४ फुटबल प्रतियोगिता नेपालगन्…

नेपालगञ्जमा पौडी प्रशिक्षण

नेपालगञ्जमा पौडी प्रशिक्षण

नेपालगञ्ज, १२ कात्तिकः नेपालगञ्ज स्वीमिङ क्लबले नेपालगञ्ज नेसनल स्वीमिङ च्याम्पियनसीपको …

शनिबार देखि नेपालगन्जमा यु–१४ छात्र–छात्रा फुटबल हुँदैं

शनिबार देखि नेपालगन्जमा यु–१४ छात्र–छात्रा फुटबल हुँदैं

नेपालगन्ज । शनिबारदेखि नेपालगन्ज रंगशालामा नेपालगन्ज यु१४ छात्रछात्रा अन्तर विद्यालय फ…

एपीएफ क्लबद्धारा लुम्बिनी कप महिला फुटबल उपाधी

एपीएफ क्लबद्धारा लुम्बिनी कप महिला फुटबल उपाधी

विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबले लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटब…