Pairabi logo

मंसिर २७, २०८२, शुक्रबार                    

आँखा शिविरमा ५२५ जनाको आँखा जाँच

सम्वाददाता

सम्वाददाता

आँखा शिविरमा ५२५ जनाको आँखा जाँच
ADVERTISEMENT

नेपालगन्ज २२ मसिर । बाँकेको राप्तीसोनारी गाउँपालिकामा आँखाका बिरामीका लागि सञ्चालन गरिएको निःशुल्क मोतीबिन्दु छनौट तथा आँखा शिविरमा ५२५ जनाको आँखा जाँच गरिएको छ  । जाँच गर्दा ७० जनामा मोतीबिन्दु रोग देखिएको छ ।

राप्तीसोनारी गाउँपालिकाको आयोजना र तिलगङ्गा आँखा प्रतिष्ठान, तिलगङ्गा सर्जिकल आँखा केन्द्र राप्ती –५, सिसहनिया दाङको प्राविधिक सहयोगमा बुधबार सञ्चालन गरिएको निःशुल्क मोतीबिन्दु छनौट तथा आँखा शिविरमा ५२५ को आँखा जाँच गरिएको र तीमध्ये ७० जनामा मोतीबिन्दु रोग देखिएको स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले जानकारी दिनुभयो ।

बुधबार वडा ८ को पेरानी आधारभूत स्वास्थ्य सेवा केन्द्र तथा वडा ९ को महादेवपुरी स्वास्थ्य चौकीमा सञ्चालन गरिएको शिविरमा ५ सय २५ जना नागरिकको आँखा जाँच गरिएको छ । जसमध्ये ७० जनामा मोतीबिन्दु रोग पत्ता लागेको छ । 

वडा ८ पेरानी आधारभूत स्वास्थ्य केन्द्रमा २ सय ४५ जनाको आँखा जाँच गरिएको र जसमध्ये ४३ जनामा मोतीबिन्दु देखिएको स्वास्थ्य शाखाका कर्मचारी सुरेशकुमार शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार वडा ९ को महादेवपुरी स्वास्थ्य चौकीमा २ सय ८० जनाको आँखा जाँच गरिएकोमा २७ जनामा मोतीबिन्दु देखिएको छ ।

शिविरमा रोग पत्तालागि छनौट भएका मोतीबिन्दुका बिरामीलाई तिलगङ्गा सर्जिकल आँखा केन्द्र राप्ती –५, सिसहनिया दाङ लगेर निःशुल्क रूपमै त्यस्ता बिरामीको शल्यक्रिया गरी उपचार गरिने गाउँपालिकाले जनाएको छ ।

ताजा

सबै

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…

काँग्रेस बाँकेद्धारा सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज, २४ मङ्सिर :नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने प्रतिनिधिस…

लैङ्गिक हिंसाविरुद्ध १६दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया

डुडुवा (बाँके), २४ मसिंर । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको समापनमा बाँकेक…

केन्द्रीय तहका नेता एक निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने : राठौर

नेपालगन्ज । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता एउटा…

लोकप्रिय

यो पनि

अब नरैनापुर मै सुरक्षित मातृत्वको सेवा

अब नरैनापुर मै सुरक्षित मातृत्वको सेवा

बाँके, २७ कार्तिक । नेपालका धेरै दुर्गम गाउँहरूमा आज पनि स्वास्थ्य सेवा पहुँचको विषय…

बाँकेका पत्रकारहरुको निशुल्क मुटु रोग जाँच

बाँकेका पत्रकारहरुको निशुल्क मुटु रोग जाँच

नेपालगञ्ज, २१ कात्तिक । नेपाल पत्रकार महासंघ बाँकेको आयोजना, नेपाल प्रेस युनियन बाँ…

बेलासपुरमा सरसफाइ

बेलासपुरमा सरसफाइ

कार्तिक १८, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा…

बाँके जानकी गाउँपालिका अध्यक्ष खाँको स्वास्थ्यमा समास्य, लखनाउमा उपचार हुदै

बाँके जानकी गाउँपालिका अध्यक्ष खाँको स्वास्थ्यमा समास्य, लखनाउमा उपचार हुदै

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँको स्वास्थ्यमा समस्या देखिएपछि …