Pairabi logo

असोज २६, २०८३, सोमबार                    

जनमतको ५८औं श्रृङ्खलामा ५२ जनाद्वारा रक्तदान

सम्वाददाता

सम्वाददाता

जनमतको ५८औं श्रृङ्खलामा ५२ जनाद्वारा रक्तदान
ADVERTISEMENT

पवन जायसवाल 
नेपालगन्ज । जनमत अद्र्ध साप्ताहिक पत्रिका र नेपाल स्वयम्सेवी रक्तदाता समाज बाँके जिल्ला कार्यसमितिको संयुक्त आयोजनामा गरिएको त्रैमासिक रक्तदान कार्यक्रममा ११ महिला सहित ५२ जनाले रक्तदान गरेका छन् । 

राप्तीसोनारी गाउँपालिका वार्ड नं.६ का वडाध्यक्ष लवराज खरेल, नेपाल स्वयम्सेवी रक्तदाता समाज बाँकेकी अध्यक्ष दिला शाह, ग्रेस एण्ड ग्लोबल ट्रेडिङ प्रा.लि का अध्यक्ष महादेव सिंह ठकुरी र जनमत अद्र्ध साप्ताहिकका सम्पादक पूर्णलाल चुकेले संयुक्त रुपमा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका सोम प्रकाश सापकोटा र होमराज गिरी रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी कार्यक्रम शुरु गरिएको थियो । 

सो अवसरमा “त्रैमासिक जनमत रक्तदान कार्यक्रम”मा विगत केही समयदेखि सहकार्य गर्दै अतुलनीय योगदान गरी महान अभियानमा सद्भाव प्रदर्शन गर्ने नेपालगन्ज–१८, बाँके स्थित टिभिएस मोटरसाइकल कम्पनीका अधिकृत बिक्रेता ग्रेस एण्ड ग्लोबल ट्रेडिङ प्रा.लि. लाई मानव कल्याणकारी कार्यको उच्च कदर गर्दै प्रशंसा पत्र प्रदान गरिएको छ ।

उक्त प्रशंसा पत्र प्रा.लि.का अध्यक्ष महादेव सिंह ठकुरी र प्रवन्धक रण बहादुर शाहीलाई नेपाल स्वयम्सेवी रक्तदाता समाज बाँकेकी अध्यक्ष दिला शाह, जनमत अद्र्ध साप्ताहिकका सम्पादक पूर्णलाल चुके, राप्तीसोनारी गाउँपालिका वार्ड नं.६ का वडाध्यक्ष लवराज खरेल, नेपाल स्वयम्सेवी रक्तदाता समाज राप्ती सोनारी उपशाखाकी अध्यक्ष दिव्या गुरुङले हस्तान्तरण गर्नु भएको थियो । 

जनमतको रजत वर्ष–२०६३ देखि “रक्तदान जीवनदान” को उद्देश्यका साथ नियमित रुपमा सञ्चालित “त्रैमासिक रक्तदान कार्यक्रम”को ५८ औं श्रृङ्खलामा रक्तदान गर्नेहरुमा राप्तीसोनारी गाउँपालिका वार्ड नं.६ का वडाध्यक्ष लवराज खरेल, नेपाल स्वसम्सेवी रक्तदाता समाज राप्ती सोनारीकी उपाध्यक्ष अमृता केसी, अन्नपूर्ण पोष्ट दैनिकका प्रदेश प्रमुख तथा मेरो खुशी डट कमका सम्पादक शंकर प्रसाद खनाल, लक्ष्मण कुमर बैश्य, निरजमान श्रेष्ठ, मनिस कुमार जायसवाल, असफाक संघर्ष जसगढ, राम कुमार बढही, भगवती चलाउने, सञ्जय बढही, अनिश अधिकारी, सौरभ उपाध्याय, धर्मेन्द्र कुमार वर्मा, गोविन्द ठाकुर, प्रदीप वर्मा (राकेश), लक्ष्मण प्रसाद चमार, सावित्री गुरुङ्ग, धर्मेन्द्र सिंह, मनिषा परियार, अञ्जली बोहरा, नेपालगन्ज मेडिकल कलेजका डा. देवेन्द्र कुमार यादव, डा.महिमा शाह, डा. भिष्मा भट्ट, डा. रिजवान शेष, सुभाष कटुवाल, जनक बहादुर थापा, ज्योति क्षेत्री, दिनेश कुमार वर्मा, मोहितराम कुर्मी (वर्मा), प्रशान्त तिवारी नेरेसो प्राविधिक, महेश राना क्षेत्री, निशा गुरुङ्ग, सुष्मा घिमिरे, अमित अग्रवाल, कुलदीप कुर्मी(वर्मा), मोनू राई, दिनेश प्रसाद तमोली, अनिल सुनार, हरिओम जैसी, चेत बहादुर रोका, पाँचु रैदास, पवनकुमार बैश्य, गौतम प्रसाद पौडेल, दिपक यादव, इन्द्रा क्षेत्री, दलित महिला संघ (फेडो) की लेखापाल प्रतिभा गुर्ताल, मोहित बाबु शर्मा, दिपक थारु, तोरण बहादुर डाँगी, खुशीराम चौहान, शिव कुमार थारु, लगायत ५२ जनाले रक्तदान गरेका छन् । 

सो कार्यक्रममा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मीको नेतृत्वमा सोम प्रसाद सापकोटा, होमराज गिरी, प्रशान्त तिवारी, केशर सिंह डाँगीले बीरेन्द्र योगीले प्राविधिकमा र अन्यमा निखिल जायसवालले रक्तदान कार्यक्रममा सहयोग गर्नु भएको थियो । 

वि.सं. २०६३ साल वैशाखदेखि निरन्तर रुपमा आयोजना गरिंदै आएको त्रैमासिक रक्तदान कार्यक्रममा ५८औं श्रृङ्खलासम्म करीब तीन हजार पिन्ट भन्दा बढी  स्वयम्सेवी रक्तदाताहरुले रक्तदान गरिसकेका छन् । 

स्वाथ्य विज्ञानका अनुसार नियमित रक्तदान गर्ने पुरुषहरुमा हुनसक्ने आइरन ओभर लोड कम हुने र हृदयाघात हुने सम्भावना ८८ प्रतिशत कम हुन्छ । आइरन बढी हुने भएकोले नियमित रक्तदान गर्ने पुरुषहरुमा मधुमेह र क्यान्सर रोग हुने सम्भावना कम हुन्छ । त्यसैगरि रक्तदान गरेपछि शरीरमा नयाँ रक्त कोशिकाहरु बन्ने हुँदा रक्त प्रणाली पुनर्ताजगी हुन्छ र रक्तदान गरे जति रगतको मात्रा ४ साता भित्र तयार हुने हुँदा हरेक तीन महिनाको फरकमा रक्तदान गर्दा शारीरिक रुपमा पनि स्फुर्ती आउने गर्छ ।

सो कार्यक्रममा नेपाल स्वयम्सेवी रक्तदाता समाज बाँके अध्यक्ष दिला शाह र सल्लाहकार पूर्णलाल चुके र प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले टि सर्ट प्रदान गर्नुभएको थियो ।

सो कार्यक्रममा कार्यक्रम संयोजक पवन जायसवाल, नेपाल स्वयम्सेवी रक्तदाता समाज बाँकेका कोषाध्यक्ष मन मोहन वर्मा, नेपाल स्वयम्सेवी रक्तदाता समाज राप्ती सोनारीकी अध्यक्ष दिव्या गुरुङ्ग, दैनिक नेपालगन्जका सम्पादक झलक गैरे, टिभिएस मोटरसाइकल कम्पनीका इन्जीनीयर महेश केसी लगायतको सहभागिता रहेको थियो ।     

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…