Pairabi logo

असोज २६, २०८३, सोमबार                    

श्री १००८ हडियाबावा मेला शुरु

सम्वाददाता

सम्वाददाता

श्री १००८ हडियाबावा मेला शुरु
ADVERTISEMENT

नेपालगन्ज, १३ मंसिर – नेपालगन्ज–६ फुल्टेक्रास्थित श्री १००८ हडिया बाबा आश्रममा धार्मिक मेला शुरु भएको छ । प्रत्येक वर्ष झै यस वर्ष पनि धार्मिक पर्यटकीय स्थल श्री १००८ हडिया बाबा आश्रममा धार्मिक मेलाको पहिलो दिन विधिवत कन्यापुजन, रुद्री पूजन लगायत धार्मिक अनुष्ठान गरिएको श्री १००८ हडिया बाबा आश्रम मेला समितिका अध्यक्ष नन्दलाल बैश्यले बताउनुभयो । 

हडिया बाबाको ऐतिहासिक महत्वका बारेमा उहाँले जानकारी गराउदै अध्यक्ष बैश्यले आफ्ना पिताले बाबासंगको सम्वन्ध लगायतका बारेमा स्मरणमय कुरा सुनाउनुभएको थियो । अध्यक्ष वैश्यका अनुसार हडिया बाबाको महिमाले देश तथा विदेशका साधु सन्तहरु मेलामा आउने गर्दछन । 

धार्मिक पर्यटकीय स्थल श्री १००८ हडिया बाबा आश्रममा मेला शूरु भएको मेला आयोजक समितिका अध्यक्ष बृजेशबहादुर सिंहले जानकारी गराउनु भयो । धार्मिक पर्यटकीय स्थल हडिया बाबा आश्रममा प्रत्येक वर्ष ७ सयदेखि १ हजारसम्म साधु, सन्त, महत्माहरुको सहभागिता हुने गर्दछ । 

प्रत्येक वर्ष राप्ती नहानका दिनदेखि शुरु हुने मेलामा धार्मिक नाटक मञ्चन हुनुका साथै भक्तजनहरुलाई दैनिक भण्डारा, प्रसाद ग्रहण, कन्य पूजन, रुद्री पुजालगायतका कार्यहरु हुनुका साथै सहभागी साधुसन्तहरुलाई उपहार स्वरुप दक्षिण, कम्बल आदि वितरण गरिने परम्परा रहि आएको छ । 

पाँचदिने मेलामा श्री रामलीला नाटक मञ्चन, राम जनम, मिरा लिला, हरिश चन्द्र नाटक, वर्षाने की लठ मार होली, धनुष यज्ञको आयोजना गरि मेलाको समापन गरिने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

नेपालगन्ज, ६ असोज । नेपालीको महान चाड दसैँ नजिकिँदै जाँदा नेपालगञ्जका मूर्तिकारलाई…

गुरु पूर्णिमा : अवधी समुदायमा भौंरी पर्व

गुरु पूर्णिमा : अवधी समुदायमा भौंरी पर्व

नेपालगन्ज, १३ साउन । आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आज मधेशी समुदायले भौंर…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …