Pairabi logo

माघ ०७, २०८२, मंगलबार                    

श्री १००८ हडियाबावा मेला शुरु

सम्वाददाता

सम्वाददाता

श्री १००८ हडियाबावा मेला शुरु
ADVERTISEMENT

नेपालगन्ज, १३ मंसिर – नेपालगन्ज–६ फुल्टेक्रास्थित श्री १००८ हडिया बाबा आश्रममा धार्मिक मेला शुरु भएको छ । प्रत्येक वर्ष झै यस वर्ष पनि धार्मिक पर्यटकीय स्थल श्री १००८ हडिया बाबा आश्रममा धार्मिक मेलाको पहिलो दिन विधिवत कन्यापुजन, रुद्री पूजन लगायत धार्मिक अनुष्ठान गरिएको श्री १००८ हडिया बाबा आश्रम मेला समितिका अध्यक्ष नन्दलाल बैश्यले बताउनुभयो । 

हडिया बाबाको ऐतिहासिक महत्वका बारेमा उहाँले जानकारी गराउदै अध्यक्ष बैश्यले आफ्ना पिताले बाबासंगको सम्वन्ध लगायतका बारेमा स्मरणमय कुरा सुनाउनुभएको थियो । अध्यक्ष वैश्यका अनुसार हडिया बाबाको महिमाले देश तथा विदेशका साधु सन्तहरु मेलामा आउने गर्दछन । 

धार्मिक पर्यटकीय स्थल श्री १००८ हडिया बाबा आश्रममा मेला शूरु भएको मेला आयोजक समितिका अध्यक्ष बृजेशबहादुर सिंहले जानकारी गराउनु भयो । धार्मिक पर्यटकीय स्थल हडिया बाबा आश्रममा प्रत्येक वर्ष ७ सयदेखि १ हजारसम्म साधु, सन्त, महत्माहरुको सहभागिता हुने गर्दछ । 

प्रत्येक वर्ष राप्ती नहानका दिनदेखि शुरु हुने मेलामा धार्मिक नाटक मञ्चन हुनुका साथै भक्तजनहरुलाई दैनिक भण्डारा, प्रसाद ग्रहण, कन्य पूजन, रुद्री पुजालगायतका कार्यहरु हुनुका साथै सहभागी साधुसन्तहरुलाई उपहार स्वरुप दक्षिण, कम्बल आदि वितरण गरिने परम्परा रहि आएको छ । 

पाँचदिने मेलामा श्री रामलीला नाटक मञ्चन, राम जनम, मिरा लिला, हरिश चन्द्र नाटक, वर्षाने की लठ मार होली, धनुष यज्ञको आयोजना गरि मेलाको समापन गरिने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । 

ताजा

सबै

स्थानीय तहले लैङ्गिक हिंसा न्युनीकरण गर्न कानून बनाउनुपर्नेमा जोड

नेपालगन्ज, ५ माघः महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकरणका लागि स्थानीय तहले …

बाँकेको खजुरा र जानकीमा महिला हिंसा न्युनीकरण गर्न नीति कार्यन्वयन

नेपालगन्ज ४ माघ । बाँकेको खजुरा र जानकी गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने…

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

राष्ट्रिय सभाका उम्मेदवार बाँके र बर्दियाका मतदातासँग

नेपालगञ्ज, ३ माघः नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट राष्ट्रियसभामा …

लोकप्रिय

सबै

बाँकेको खजुरा र जानकीमा महिला हिंसा न्युनीकरण गर्न नीति कार्यन्वयन

नेपालगन्ज ४ माघ । बाँकेको खजुरा र जानकी गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने…

स्थानीय तहले लैङ्गिक हिंसा न्युनीकरण गर्न कानून बनाउनुपर्नेमा जोड

नेपालगन्ज, ५ माघः महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकरणका लागि स्थानीय तहले …

खजुरामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्बोधनका लागि कार्यविधी तयार

खजुरा (बाँके) १ माघ । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हि…

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …

यो पनि

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

नेपालगञ्ज, ३० पुसः बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक मकर स्नान महोत्सवक…

नेपालको कलालाई संरक्षण सम्बद्र्धन गर्नुपर्नेमा जोड

नेपालको कलालाई संरक्षण सम्बद्र्धन गर्नुपर्नेमा जोड

नेपालगन्ज २ मङ्गसिर । उच्च अदालत नेपालगन्ज इजलासका वरिष्ठतम न्यायधिस बामदेव ज्ञवालीले …

नेपालगन्जमा दुई दिने इस्लामिक कला प्रर्दशनी

नेपालगन्जमा दुई दिने इस्लामिक कला प्रर्दशनी

नेपालगन्ज, १ मसिंर । अन्तर्राष्ट्रिय इस्लामिक कला दिवस २०२५को अवसरमा नेपालगन्जमा दुई द…

‘बर्फानी बाबा’ मन्दिर पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै

‘बर्फानी बाबा’ मन्दिर पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै

नेपालगञ्ज, २३ कात्तिक स् बाँके राप्तीसोनारी४ स्थित चुरे पहाडमा रहेको बर्फानी बाबा मन्द…