Pairabi logo

कात्तिक ०७, २०८२, बिहीबार                    

निःशुल्क स्वास्थ्य जाँच शिविर

सम्वाददाता

सम्वाददाता

निःशुल्क स्वास्थ्य जाँच शिविर
ADVERTISEMENT

नेपालगन्ज ९ मङ्सिर स् बाँकेको राप्तीसोनारी गाउँपालिका वडा–९ ढकेरीमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा ढकेरीमा छ सय १७ जनाले स्वास्थ्य जाँच गराएका छन् । राप्तीसोनारी गाउँपालिकाको आयोजना, एचसिआरसी अस्पतालको सहयोग र बाँके राष्ट्रिय निकुञ्जमा तैनाथ नेपाली सेनाको अर्जुनबाण गणको समन्वयमा सञ्चालित शिविरमा आज उनीहरुले स्वास्थ्य परीक्षण गराएका हुन् । 

श्री नंं ४ बाहिनी अड्डा इमामनगर ब्यारेकका बाहिनीपति सहायक रथी प्रकाश थापाद्वारा अनुगमन गरिएको उक्त शिविरमा ओभरीस्थित अर्जुनबाण गणका गणपति एवं नेपाली सेनाका प्रधानसेनानी अशोक खड्काले सहरी क्षेत्रको अस्पताल र चिकित्सकसँग सहज पहुँच नभएका स्थानीयलाई लक्षित गरी स्वास्थ्य शिविर सञ्चालन गरिएको बताउनुभयो ।

“सहरसम्म पुगेर, महँगो अस्पतालमा पैसा खर्च गरेर, सामान्य स्वास्थ्य जाँच गराउनका लागि सबैले नसकिरहेको अवस्थामा हामीले यो शिविर गाउँपालिकासँग समन्वय गरेर सञ्चालन गरेका हौँ”, गणपति खड्काले बताउनुभयो । उहाँले एकदिने शिविरमा स्वास्थ्य जाँच गराउन पाएकामा यहाँका स्थानीय बिरामी खुसी भएको बताउनुभयो । 

मध्यवर्ती क्षेत्रका स्थानीय र सेनाबीचको सम्बन्ध विस्तारका लागि उक्त स्वास्थ्य शिविर सञ्चालन गरिएको राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त पौडेलले बताउनुभयो । मेडिकल कलेजका अन्य डाक्टरसँगै सेनाका विशषज्ञ डाक्टरद्वारा स्थानीयको स्वस्थ्य जाँच गराउँदा त्यसको विश्वसनीयता बढ्ने भएकाले सेनासँग समन्वय गरिएको उहाँको भनाइ छ । 

गाउँपालिका स्वास्थ्य शाखा सिअहेब अधिकृत सुरेशकुमार शर्माले सबैभन्दा बढी नाक, कान र घाँटी र स्त्रीरोगसम्बन्धी स्वास्थ्य परीक्षण गरिएको बताउनुभयो । नाक, कान र घाँटीका दुई सय ६० र स्त्रीरोगसम्बन्धी एक सय १२ जनाको स्वास्थ्य जाँच गरिएको थियो । त्यसैगरी दुई सय ५० जनाले सामान्य स्वास्थ्य जाँच गराएका छन् भने हाडजोर्नी तथा नशाका दुई सय ४८ जनाले स्वास्थ्य परीक्षण गराएका थिए । त्यसैगरी मुटुरोगसम्बन्धी ८०, छालारोगसम्बन्धी ६२, रगत जाँच ३२ र मुटुको धड्कन ९इसिजी० ४५ जनाले स्वास्थ्य जाँच गराएका छन् । 

शिविरमा कोहलपुर मेडिकल कलेज, नेपालगञ्ज मेडिकल कलेज र आर्मी अस्पताल नेपालगञ्ज र राप्तीसोनारी गाउँपालिकाका एक चिकित्सक गरी नौ चिकित्सक सेवा दिनुभएको एचसिआरसी अस्पताल नेपालगञ्ज बाँकेका रमेश सिटौलाले बताउनुभयो । उहाँका अनुसार एक जना बिरामीको एकैपटक तीनदेखि चारवटासम्म स्वास्थ्य जाँच गरिएको थियो । 

शिविरमा नेपाली सेनाका तर्फबाट हाडजोर्नीका डा अमिररत्न शाक्य, सामान्य स्वास्थ्य जाँचका डा सुरेश कायस्थ र नाक, कान घाँटीको डा कविर बाँस्तोलाले बिरामीको स्वास्थ्य जाँच गर्नुभएको थियो भने कोहलपुर मेडिकल कलेजबाट छालारोग विशेषज्ञ डा कमलजङ्ग शाही, मुटुरोग डा विपीन आर्चायले बिरामीको स्वास्थ्य जाँच गर्नुभएको थियो ।

महिलाको स्वास्थ्य जाँचका लागि महिला प्रसूति निःसन्तान विशषज्ञ डा मञ्जु विसी शाह, छालारोग डा आरके झाले स्वास्थ्य जाँच गर्नुभएको थियो । स्वास्थ्य शिविरमा निःशुल्क औषधि वितरण गरिएको छ ।

ताजा

सबै

यमद्धितीयमा मधेशी महिलाद्धारा “भुर्की पुजन”

बाँके, ६ कात्तिक :पश्चिम नेपालका मधेशी समुदायमा तिहारको मुख्य दिन भोली विहीबार यम …

सहयोगका पर्खाइमा कलाकार निर्मोही

नेपालगन्ज,५ कात्तिक । तीन दशकदेखि पश्चिम नेपालमा स्रोतालाई मन्त्रमुग्ध पार्ने रेडियोकर्म…

पुष्पखेती घट्दै गएपछि नेपालगञ्जमा फूलको अभाव

नेपालगन्ज । भारतबाट आउने अवैध प्लास्टिकजन्य फूलमाला र अन्य फूलका कारण बाँकेमा पुष्प व्…

कात्तिक ६ गते ११ः३९ बजे भाइटीकाको उत्तम साइत

काठमाडौँ, २८ असोजः नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम स…

लोकप्रिय

सबै

पुष्पखेती घट्दै गएपछि नेपालगञ्जमा फूलको अभाव

नेपालगन्ज । भारतबाट आउने अवैध प्लास्टिकजन्य फूलमाला र अन्य फूलका कारण बाँकेमा पुष्प व्…

यमद्धितीयमा मधेशी महिलाद्धारा “भुर्की पुजन”

बाँके, ६ कात्तिक :पश्चिम नेपालका मधेशी समुदायमा तिहारको मुख्य दिन भोली विहीबार यम …

सहयोगका पर्खाइमा कलाकार निर्मोही

नेपालगन्ज,५ कात्तिक । तीन दशकदेखि पश्चिम नेपालमा स्रोतालाई मन्त्रमुग्ध पार्ने रेडियोकर्म…

यो पनि

बाँके जानकी गाउँपालिका अध्यक्ष खाँको स्वास्थ्यमा समास्य, लखनाउमा उपचार हुदै

बाँके जानकी गाउँपालिका अध्यक्ष खाँको स्वास्थ्यमा समास्य, लखनाउमा उपचार हुदै

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँको स्वास्थ्यमा समस्या देखिएपछि …

भेरी अस्पतालमा निःशुल्क डाइलायसिस सेवा

भेरी अस्पतालमा निःशुल्क डाइलायसिस सेवा

नेपालगञ्ज । भेरी अस्पतालमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीले निःशुल्…

बाँके सिटी हस्पिटलको बार्षिकोत्सवमा रक्तदान

बाँके सिटी हस्पिटलको बार्षिकोत्सवमा रक्तदान

बाँके सिटी हस्पिटल प्रा.लि.को प्रथम बार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । उक्त अवस…

विद्यालयमै स्वास्थ्य परीक्षणः जानकी र नरैनापुरमा ११ हजार बालबालिका लाभान्वित हुने

विद्यालयमै स्वास्थ्य परीक्षणः जानकी र नरैनापुरमा ११ हजार बालबालिका लाभान्वित हुने

नेपालगन्ज । विद्यालय, मदरसा र गुरुकुलका बालबालिकाको स्वास्थ्य तथा पोषण अवस्था प्रारम्भि…