Pairabi logo

भदौ ३१, २०८१, सोमबार                    

नेपालगन्ज म्याराथनको नवौ संस्करण शुरु

सम्वाददाता

सम्वाददाता

नेपालगन्ज म्याराथनको नवौ संस्करण शुरु
ADVERTISEMENT

नेपालगन्ज ९ मङ्सिर : नवौ धारा नेपालगञ्ज म्याराथन २०८० अहिले शुरु भएको छ । अन्तराष्ट्रिय मान्यता प्राप्त नेपालगञ्ज म्याराथनको नेपालगञ्जका मेयर प्रशान्त विष्ट, महानायक राजेश हमाललगायतले आज विहान आयोजित एक समारोहका विच शुरुवात गर्नुभयो । 

रु दुई लाख राशीको म्याराथनमा विभागीय टीमका खेलाडीको बर्चस्व रहेको छ । हाफ म्याराथनमा गोल्डेन गर्ल सन्तोषी श्रेष्ठ, पुष्पा भण्डारीलगायतले भाग लिनुभएको छ । 

हाफ म्याराथनको विजेताले रु ७५ हजार पुरस्कार पाउने छन् । क्रियटिभ ह्याण्डसले आयोजना गरेको म्याराथनमा १० र ५ किलोमिटर, कर्पोरेट, वाकाथनलागायत राखिएको छ । 

विस्तृत शान्ति सम्झौताको सम्झनामा हुँदै आएको ‘नेपालगञ्ज म्याराथन’ १४ विधामा प्रतिस्पर्धा हुने नेपालगञ्ज म्याराथनका संस्थापक अध्यक्ष टिएस ठकुरीले बताउनुभयो । उहाँका अनुसार “एशोसियशन अफ इन्टरनेशनल म्याराथन एण्ड डिस्टेन्स रेश (एम्स)बाट मान्यता प्राप्त म्याराथनलाई अझ भब्य बनाउन चार विधा थपेर १४ पु¥याइएको छ”, उहाँले भन्नुभयो, “स्कुल स्तरियअन्तर्गत कक्षा ६ देखि ८ तथा ९ देखि १२ कक्षासम्मका लागि जिल्ला बाह्य र जिल्लाका गरी अलग अलग प्रतिस्पर्धा राखिएको छ ।”

स्कुलस्तरीय दौडमा बाँके र बाह्य जिल्लालाई छुट्याइएको छ । बाँके जिल्लाको हकमा कक्षा ६ देखि ८ तथा ९ देखि १२ कक्षासम्मको अलगअलग पाँच किलोमिटर छुट्याइएको उहाँले बताउनुभयो । 
–––

ताजा

सबै

१११औँ बीपी जन्मजयन्तीः बाँकेमा बिचार गोष्ठी र माल्यार्पण

नेपालगन्ज २४ भदौ । नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका पहिलो जननिर्व…

बाँकेका एक सय पाँच कैदीबन्दी स्वअध्ययन गर्दै

नेपालगञ्ज २४ भदौः नेपालगन्जस्थित जिल्ला कारागारमा बन्दी जीवन बिताइरहेका कैदीबन्दी तथा…

विपदबाट जोगाउन खरको छाना हटाएर जस्तापाता

नेपालगन्ज, २४ भदौः राप्तीसोनारी गाउँपालिका१ खासकुस्माका गाउँबस्तीमा खरको छाना हटाएर…

बाँकेका धार्मिक पर्यटकीयस्थल पूर्वाधारविहीन

नेपालगन्ज, २४ भदौ : बाँकेको ग्रामीण क्षेत्रमा रहेका धार्मिक पर्यटकीयस्थल पूर्वाधारविहीन…

लोकप्रिय

सबै

यो पनि

नेपालगन्ज रङ्गशालामा निर्माण गरिएको ‘सेन्थेटिक ट्रयाक’ को छानबिन गरिदै

नेपालगन्ज रङ्गशालामा निर्माण गरिएको ‘सेन्थेटिक ट्रयाक’ को छानबिन गरिदै

नेपालगन्ज, ५ भदौ: नेपालगन्ज रङ्गशालामा निर्माण गरिएको सेन्थेटिक ट्रयाक मा क्रयाक भएको …

दशौं राष्ट्रिय खेलकुद समयमै संचालन हुनेछ : मन्त्री चौधरी

दशौं राष्ट्रिय खेलकुद समयमै संचालन हुनेछ : मन्त्री चौधरी

नेपालगन्ज, ५ भदौ ः युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले दशौं राष्ट्रिय खेलकुद प्रत…

बाँके ‘ए’ डिभिजन लिगमा मिलन र कोहलपुरको जित

बाँके ‘ए’ डिभिजन लिगमा मिलन र कोहलपुरको जित

कोहलपुर, ८ असार । मिलन युवा स्पोर्टस क्लब र कोहलपुर रेसिङ सहारा क्लबले बाँके जिल्ला …

नकआउट फुटबलमा एफसी संघारी र न्यु दर्पण सेमिफाइनलमा प्रवेश

नकआउट फुटबलमा एफसी संघारी र न्यु दर्पण सेमिफाइनलमा प्रवेश

कोहलपुर, २० जेठ । एफसी संघारी नेपालगन्ज र न्यु दर्पण युवा स्पोर्ट्स क्लब खजुरा बाँके ज…