Pairabi logo

असोज २६, २०८३, सोमबार                    

“म नागरिक मेरो कर्तव्य” अभियान शुरु

सम्वाददाता

सम्वाददाता

“म नागरिक मेरो कर्तव्य” अभियान शुरु
ADVERTISEMENT

नेपालगन्ज, ८ मसिंर । नागरिक समाजको भुमिकालाई प्रभावकारी बनाउन “म नागरिक मेरो कर्तव्य” अभियान शुरु गरेको छ । मानिसले आफ्नो अधिकार मात्रै खोज्ने तर आफ्नो कर्तव्य पुरा नगर्ने बानीले उपलब्धीपूर्ण समस्या समाधान हुन नसकेको अवस्थामा यो अभियान सञ्चालन गरिएको हो । 
सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले हरेक नागरिकको कर्तव्यबोधको व्यवहारिक कार्यन्वयनका लागि अभियान थालिएको हो । यो अभियानले प्रत्येक नागरिकको कर्तव्यको पालना गराउनमा मदत पुग्ने संस्थाका अध्यक्ष अधिबक्ता विश्वजित तिवारीले बताउनुभयो । उहाँका अनुसार नेपालको संिवधान २०७२ मा ३१ वटा मौलिक हकको व्यवस्था गरेको छ ती सबै मौलिक हकको उपभोग गर्नुभन्दा अघि धारा ४८ले नागरिकको दायित्व र कर्तव्य पुर्ण रुपमा पालना गर्नु गराउन उल्लेख गरेको छ । 

यसै सन्दर्भमा संस्थाले आज शुक्रबार नेपालगन्ज बजार व्यवस्थापनमा देखिएका समस्या र समाधानको पहलका बारेमा नागरिक अन्र्तक्रिया गरिएको छ । कार्यक्रमका सहभागिहरुले नगरमा देखिएका मुख्य रुपमा इ–रिक्सा व्यवस्थापन, अव्यवस्थित माइक्रोबस सञ्चालन, अव्यवस्थित पार्किङ लगायतका समस्या उठाएका थिए । 

ति समस्यालाई समाधानका लागि स्थानीय सरकारले नीति र कानून बनाएर सरोकारवाला निकायलाई नियमन गर्नुपर्ने, यहाँ सञ्चालित इ–रिक्सालाई दर्ता प्रक्रियामा ल्याउनुपर्ने, इ–रिक्सा चालकले चालक अनुमतीपत्र लिनुपर्ने, ट्राफिक व्यवस्थापनमा कडाई गर्नुपर्ने लगायतका सुझाव सहभागीहरुले दिएका थिए । 

कार्यक्रममा प्रतिनिधी सभा सदस्य लक्ष्मी तिवारीले नेपालगन्ज बजार व्यवस्थापनका लागि नीतिगत रुपमै सुधार गर्नुपर्नेमा जोड दिदै समस्या समाधानका लागि आवश्यक पहल गर्ने बताउनुभयो । 

कार्यक्रममा नागरिक अभियन्ताहरु कृष्णप्रसाद श्रेष्ठ, डा विनोद कर्ण, श्रीराम सिग्देल, अधिबक्ता केवलसिंह थारु, बसन्त गौतम, बलबहादुर चन्द, विश्वजित तिवारी, आयुब सिद्दिकी, मीनबहादुर मल्ल, गोपाल गिरी, शेरबहादुर वली, कृष्ण मुरारी प्रसाद भट्ट, रविन्द्र ज्ञवाली, शैलेन्द्र बैश्य, माया शर्मा, ट्राफिक प्रहरी पुरुषोत्तम पौडेलले नेपालगन्ज बजार व्यवस्थापनमा देखिएका विभिन्न समस्या र समाधानका उपायलगायतका बारेमा आ–आफ्नो विचार राख्नुभएको थियो । 

बजार व्यवस्थापनमा मुख्य सरोकारवाला निकाय नेपालगन्ज उपमहानगरपालिका रहेकाले त्यस कार्यालयसंग गुरुयोजना सम्वन्धी सूचना माग गरिने भएको छ । 
 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका१९, सुर्जिगाउँ एकतानगरका ५५ वर्षीय श्याम गिरी अह…

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

कपिलवस्तु । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले संस्कार, संस्कृति र सभ्यताको…

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

नेपालगन्ज, १३ असोज । मदिरा सेवन गरि श्रीमानले आफ्नै श्रीमतीलाई कुटपिट गरि हिंसा पिड…