Pairabi logo

भदौ ०१, २०८३, सोमबार                    

औद्योगिक क्षेत्र निर्माणमा ढिलाई

सम्वाददाता

सम्वाददाता

औद्योगिक क्षेत्र निर्माणमा ढिलाई
ADVERTISEMENT

नेपालगन्ज २ मसिंर । बाँकेमा औद्योगिक क्षेत्र र औद्योगिक ग्राम घोषणा गरेको लामो समय बिते पनि निर्माण सुरु हुन नसक्दा स्थानीयले अतिक्रमण गरेपछि निर्माणमा थप ढिलाई भइरहेको छ। 

जिल्लाको नौवस्तास्थित औद्योगिक क्षेत्र र खजुरास्थित खजुरा औद्योगिक ग्रामको निर्माण नहुँदै अतिक्रमणको चपेटामा परेका हुन्। सरकारले निर्माण गर्ने घोषणा गरे पनि नौवस्तास्थित औद्योगिक क्षेत्र र खजुरास्थित औद्योगिक ग्रामको न संरक्षण हुन सकेको छ, न त निर्माण नै अगाडि बढ्न सकेको छ। 

खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले केही राजनीतिक दलले प्रोपोगाण्डाका रुपमा झण्डा गाडेर औद्योगिक ग्रामको जग्गा कब्जा गरेको प्रचारबाजी गरे पनि त्यो सम्भव नभएको बताउनुभयो। उहाँले गाउँपालिकाले त्यहाँ निर्माण गरेर तत्काल केही उद्योग सञ्चालन गर्ने योजना बनाएको जानकारी दिनुभयो।

स्थानीयले भने जतिसक्दो चाँडो सरकारले औद्योगिक क्षेत्र निर्माण गर्नुपर्ने माग गर्दै आएका छन्। खजुरा गाउँपालिका वडा नम्बर ६ का स्थानीय समिर बेहनाले सरकारले तत्काल काम थाल्नुपर्ने बताउनुभयो। कब्जा गर्ने नियत अझै देखिएको भन्दै उहाँले काम अघि बढाउन आग्रह गर्नुभयो। 

२०७६ असोजमा खजुराको वडा नम्बर ६ मा २१ बिगाह जमिनमा औद्योगिक ग्राम बनाउने निर्णय सरकारले गरेको थियो। राजनीतिक आडमा निर्माण गरिएका करिब ५०० छाप्रा सुरक्षाकर्मीले भत्काएका थिए। तर, अतिक्रमण अझै पनि रोकिएको छैन।

नौवस्ता औद्योगिक क्षेत्रको जग्गा पनि अतिक्रमणमुक्त हुन सकेको छैन। १११ वटा उद्योग सञ्चालन गर्ने गरी बैजनाथ गाउँपालिकाको नौवस्तामा ३६५ विगाह क्षेत्रफलमा ८ अर्ब ७ करोड रुपियाँको लागतमा औद्योगिक क्षेत्र निर्माण गर्ने योजना छ। तर, काम अगाडि बढाउन खोज्दा निरन्तर अवरोध भइरहेको नेपालगन्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ।

नेपालगन्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख प्रकाश केसीले निर्माण सुरु गर्ने प्रक्रियाका लागि फिल्डमा खटिने कर्मचारीलाई स्थानीयले पटकपटक अवरोध गरिरहेको बताउनुभयो। उहाँले रिपोर्टिङ गर्न गएका, डेटा कलेक्सन गर्न गएका कर्मचारीलाई अतिक्रमण गरेकाले काम गर्न नदिँदा निर्माण अगाडि बढ्न नसकेको बताउनुभयो।  

ताजा

सबै

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

नेपालगन्ज, ३० साउनः बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी घटदै ग…

संरक्षणको अभावमा जीर्ण बन्दै कान्तिताल

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका२२ पुरैनीस्थित कान्तिताल संरक्षणको अभावमा जीर्ण ब…

बर्दियाको मधुवनमा लागुऔषध विरुद्ध सचेतना अभियान तिव्र

बर्दिया, साउन ३१ । अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसरमा फरक सन्दर्भ, साझा आकांक्षा …

डुडुवाको एकीकृत स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा, लक्ष्य अनुसारको उपलब्धी

डुडुवा (बाँके) २९ साउन । डुडुवा गाउँपालिका, बाँकेमा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चाल…

लोकप्रिय

यो पनि

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

नेपालगन्ज, १० साउन स् बाँकेमा शेयर बजारप्रति आकर्षण बढ्दै जाँदा करिब ४५ हजार लगानीकर्…

विदेशबाट फर्किएका युवाद्धारा सरकारसंग रोजगारीका लागि अनुदानको माग

विदेशबाट फर्किएका युवाद्धारा सरकारसंग रोजगारीका लागि अनुदानको माग

नेपालगन्ज, २६ असार । बैदेशिक रोजगारीबाट फर्केका युवाहरुले स्वदेशमै रोजगारी गर्न राज्…

डुडुवामा रोजगार संवाद मञ्च सञ्चालन

डुडुवामा रोजगार संवाद मञ्च सञ्चालन

डुडुवा (बाँके) २५ असार । बाँकेको डुडुवा गाउँपालिकामा रोजगारी प्रवद्र्धन, सुरक्षित व…

वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई डुडुवामा उद्यमशीलता तालिम

वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई डुडुवामा उद्यमशीलता तालिम

डुडुवा (बाँके), २४ असार । बाँकेको डुडुवा गाउँपालिकाले आन्तरिक रोजगारी प्रवद्र्धन तथ…