Pairabi logo

पुस ०९, २०८२, बुधबार                    

औद्योगिक क्षेत्र निर्माणमा ढिलाई

सम्वाददाता

सम्वाददाता

औद्योगिक क्षेत्र निर्माणमा ढिलाई
ADVERTISEMENT

नेपालगन्ज २ मसिंर । बाँकेमा औद्योगिक क्षेत्र र औद्योगिक ग्राम घोषणा गरेको लामो समय बिते पनि निर्माण सुरु हुन नसक्दा स्थानीयले अतिक्रमण गरेपछि निर्माणमा थप ढिलाई भइरहेको छ। 

जिल्लाको नौवस्तास्थित औद्योगिक क्षेत्र र खजुरास्थित खजुरा औद्योगिक ग्रामको निर्माण नहुँदै अतिक्रमणको चपेटामा परेका हुन्। सरकारले निर्माण गर्ने घोषणा गरे पनि नौवस्तास्थित औद्योगिक क्षेत्र र खजुरास्थित औद्योगिक ग्रामको न संरक्षण हुन सकेको छ, न त निर्माण नै अगाडि बढ्न सकेको छ। 

खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले केही राजनीतिक दलले प्रोपोगाण्डाका रुपमा झण्डा गाडेर औद्योगिक ग्रामको जग्गा कब्जा गरेको प्रचारबाजी गरे पनि त्यो सम्भव नभएको बताउनुभयो। उहाँले गाउँपालिकाले त्यहाँ निर्माण गरेर तत्काल केही उद्योग सञ्चालन गर्ने योजना बनाएको जानकारी दिनुभयो।

स्थानीयले भने जतिसक्दो चाँडो सरकारले औद्योगिक क्षेत्र निर्माण गर्नुपर्ने माग गर्दै आएका छन्। खजुरा गाउँपालिका वडा नम्बर ६ का स्थानीय समिर बेहनाले सरकारले तत्काल काम थाल्नुपर्ने बताउनुभयो। कब्जा गर्ने नियत अझै देखिएको भन्दै उहाँले काम अघि बढाउन आग्रह गर्नुभयो। 

२०७६ असोजमा खजुराको वडा नम्बर ६ मा २१ बिगाह जमिनमा औद्योगिक ग्राम बनाउने निर्णय सरकारले गरेको थियो। राजनीतिक आडमा निर्माण गरिएका करिब ५०० छाप्रा सुरक्षाकर्मीले भत्काएका थिए। तर, अतिक्रमण अझै पनि रोकिएको छैन।

नौवस्ता औद्योगिक क्षेत्रको जग्गा पनि अतिक्रमणमुक्त हुन सकेको छैन। १११ वटा उद्योग सञ्चालन गर्ने गरी बैजनाथ गाउँपालिकाको नौवस्तामा ३६५ विगाह क्षेत्रफलमा ८ अर्ब ७ करोड रुपियाँको लागतमा औद्योगिक क्षेत्र निर्माण गर्ने योजना छ। तर, काम अगाडि बढाउन खोज्दा निरन्तर अवरोध भइरहेको नेपालगन्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ।

नेपालगन्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख प्रकाश केसीले निर्माण सुरु गर्ने प्रक्रियाका लागि फिल्डमा खटिने कर्मचारीलाई स्थानीयले पटकपटक अवरोध गरिरहेको बताउनुभयो। उहाँले रिपोर्टिङ गर्न गएका, डेटा कलेक्सन गर्न गएका कर्मचारीलाई अतिक्रमण गरेकाले काम गर्न नदिँदा निर्माण अगाडि बढ्न नसकेको बताउनुभयो।  

ताजा

सबै

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

प्रहलाद विश्वर्मा नेपालगंज ६ पुस ।। नेपाल रेडक्रस सोसाइटीको विधान संशोधनका लागि सुझ…

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

बर्दिया, पुस ६ । बर्दियाको मधुवन र गुलरिया नगरपालिकामा नवनिर्मित किशोरकिशोरीमैत्री …

युवा महिलालाई फोटो तथा भिडियोग्राफी तालिम

बर्दिया, पुस ६ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन…

लोकप्रिय

सबै

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

नेपालगन्ज ६ पुस । सुनाखरी रेष्टुरेण्ट प्रा लि. नेपालगन्जले गुणस्तरियतासंगै ब्रान्डिङ्ग ग…

यो पनि

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

नेपालगन्ज ६ पुस । सुनाखरी रेष्टुरेण्ट प्रा लि. नेपालगन्जले गुणस्तरियतासंगै ब्रान्डिङ्ग ग…

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…

नेपालगन्जमा प्राइमोको शेयर कारोवार सुरु

नेपालगन्जमा प्राइमोको शेयर कारोवार सुरु

नेपालगन्ज । धितोपत्र बोर्डको दलाल (ब्रोकर)कार्यालयको सङ्ख्या नेपालगन्जमा तीन पुगेको छ ।…

“साइडवेज बजार” नयाँ उचाँइमा पुग्ने सुरुवाती अवस्था हो

“साइडवेज बजार” नयाँ उचाँइमा पुग्ने सुरुवाती अवस्था हो

नेपालगन्ज पश्चिम नेपालका लागि आर्थिक हबका रुपमा परिचित रहेको छ । यससँगै पछिल्लो समय…