Pairabi logo

माघ ०७, २०८२, मंगलबार                    

अवधी सांस्कृतिक प्रतिष्ठानको अध्यक्षमा रमेश चन्द्र कुमाल चयन

सम्वाददाता

सम्वाददाता

अवधी सांस्कृतिक प्रतिष्ठानको अध्यक्षमा रमेश चन्द्र कुमाल चयन
ADVERTISEMENT

नेपालगन्ज, २ मङ्सिर । अवधी सांस्कृतिक प्रतिष्ठान नेपाल नेपालगन्जको तेस्रो अधिबेशनले रमेशचन्द्र कुमालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । आज सम्पन्न अधिबेशनले कुमालको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । 

प्रतिष्ठानमा मधईसिंह सिख्ख, वीरेन्द्र यादव, कृष्णा पाठक, जहिरुल हक जीनू, चन्दा सिंह, अल्पना बैश्य, नीलम शर्मा, सतीश पाठक, नितेष विश्वकर्मा, सुशीला बैश्य सर्वसम्मत चयन हुनु भएको छ ।

सर्वसम्मत रुपमा चयन भएको समितिको बैठकले विभिन्न पदाधिकारी चयन गर्ने प्रतिष्ठानका सस्थापक विष्णुलाल कुमालले बताउनुभयो । उहाँले अवधी भाषा, साहित्य कला, संस्कृतिको क्षेत्रमा विगत एक दशक भन्दा बढी क्रियाशिल रुपमा काम गर्दै आएको बताउनुभयो । यस क्षेत्रमा संस्थाले अवधीको क्षेत्रमा काम गर्दै आएको छ । 

नवनिर्वाचित अध्यक्ष कुमालले संस्थाको गरिमालाई उच्च स्थानमा पुर्याउने प्रतिबद्धता गर्दै अवधी क्षेत्रको विकासका लागि सक्रिय रुपमा काम गर्ने बताउनुभयो । 

अधिबेशनको उदघाटन समारोहमा वरिष्ठ साहित्यकार पुर्व प्राज्ञ सनत रेग्मीले अवधी भाषा, साहित्य र कला क्षेत्रको विकासमा संस्थाले गरेको कामको चर्चा गर्दै अझै पनि अवधी क्षेत्रका लोकगित, कथा कहानीलाई संकलन गरि अभिलेखीकरण गर्नुपर्नेमा जोड दिनुभयो । 

सभामा अवधी पत्रकार संघ नेपालका अध्यक्ष राकेशकुमार मिश्रले नेपालमा अवधी भाषा र साहित्यको विकासको उपलब्धी र अवधी क्षेत्रको विकासका लागि गर्नुपर्ने कामका बारेमा आफ्नो विचार व्यक्त गर्नुभयो । 

सभामा वरिष्ठ अवधी साहित्यकार रामगोपाल गुप्ता, महेन्द्र पुस्तकालयका सदस्य कृष्ण मुरारी प्रसाद भट्ट, सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष अधिबक्ता विश्वजीत तिवारी, साहित्यकार मधईसिंह सिख्ख, सब्बीर रहीमानी लगायतले बोल्नुभएको थियो । 

त्यस अवसरमा साहित्यकारहरु मधईसिंह सिख्ख, सब्बीर रहीमानी र नितेश विश्वकर्मा विभिन्न रचनाहरु प्रस्तुत गर्नुभएको प्रतिष्ठानका वीरेन्द्र यादवले बताउनुभयो । 
 

ताजा

सबै

स्थानीय तहले लैङ्गिक हिंसा न्युनीकरण गर्न कानून बनाउनुपर्नेमा जोड

नेपालगन्ज, ५ माघः महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकरणका लागि स्थानीय तहले …

बाँकेको खजुरा र जानकीमा महिला हिंसा न्युनीकरण गर्न नीति कार्यन्वयन

नेपालगन्ज ४ माघ । बाँकेको खजुरा र जानकी गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने…

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

राष्ट्रिय सभाका उम्मेदवार बाँके र बर्दियाका मतदातासँग

नेपालगञ्ज, ३ माघः नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट राष्ट्रियसभामा …

लोकप्रिय

सबै

बाँकेको खजुरा र जानकीमा महिला हिंसा न्युनीकरण गर्न नीति कार्यन्वयन

नेपालगन्ज ४ माघ । बाँकेको खजुरा र जानकी गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने…

स्थानीय तहले लैङ्गिक हिंसा न्युनीकरण गर्न कानून बनाउनुपर्नेमा जोड

नेपालगन्ज, ५ माघः महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकरणका लागि स्थानीय तहले …

खजुरामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्बोधनका लागि कार्यविधी तयार

खजुरा (बाँके) १ माघ । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हि…

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …

यो पनि

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

नेपालगञ्ज, ३० पुसः बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक मकर स्नान महोत्सवक…

नेपालको कलालाई संरक्षण सम्बद्र्धन गर्नुपर्नेमा जोड

नेपालको कलालाई संरक्षण सम्बद्र्धन गर्नुपर्नेमा जोड

नेपालगन्ज २ मङ्गसिर । उच्च अदालत नेपालगन्ज इजलासका वरिष्ठतम न्यायधिस बामदेव ज्ञवालीले …

नेपालगन्जमा दुई दिने इस्लामिक कला प्रर्दशनी

नेपालगन्जमा दुई दिने इस्लामिक कला प्रर्दशनी

नेपालगन्ज, १ मसिंर । अन्तर्राष्ट्रिय इस्लामिक कला दिवस २०२५को अवसरमा नेपालगन्जमा दुई द…

‘बर्फानी बाबा’ मन्दिर पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै

‘बर्फानी बाबा’ मन्दिर पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै

नेपालगञ्ज, २३ कात्तिक स् बाँके राप्तीसोनारी४ स्थित चुरे पहाडमा रहेको बर्फानी बाबा मन्द…