Pairabi logo

पुस ०४, २०८२, शुक्रबार                    

मधेशी समुदायमा भैया दुईजमा भुर्की पुजन

सम्वाददाता

सम्वाददाता

मधेशी समुदायमा भैया दुईजमा भुर्की पुजन
ADVERTISEMENT

नेपालगन्ज २९ कात्तिक : पश्चिम नेपालका मधेशी समुदायमा तिहारको मुख्य दिन आज यम द्धितीय अर्थात् भैया दुईजमा भुर्की पुजन गरि आ–आफनो दाजु भाईलाई टिका लगाई चिउरा, भुर्की र मिठाई खुवाएका छन । 

घरको आंङ्नमा गाईको गोबरले लिपपोत गरि भाईको चित्र कोरेर, नदी तलाउ, पर्बत, बाघ, भालु, सर्प, बन जगंलको चित्र बनाएर जंगलमा पाईने कुश लगायत बिभिन्न कांडाहरु राखी त्यसमाथी सिलौटा राखेर पुजा गर्ने चलन छ । 

उक्त सिलौटामा चामलको पिठोले नदी बनाएर त्यसमा धर्म भाईको मुर्ति बनाएर पुजा गरिन्छ । गाउँ टोलका सम्पुर्ण महिलाहरु एकजुट भई सामुहिक रुपमा भुर्की पुजन गर्दछन । त्यस क्रममा भाईबहिनीको सुख, समृद्धि र शान्तीका लागि बिभिन्न कथा, कहानी सुनाउने गरिएको अगुवा महिला रेखादेवी शर्माले बताउनुभयो । 

भुर्की पुजनका क्रममा दिदी बहिनीहरुले विहानैदेखि ब्रत बसेर आ—आफनो दाजु भाईको सुख, शान्ति, उन्नती, सुस्वास्थ्य, प्रगति लगायतको कामना गर्ने प्रचलन रहेको वरिष्ठ अवधी साहित्यकार विष्णुलाल कुमालले बताउनुभयो । 

आज पुजा गरिएको चिउरा भुर्की टाढा रहेका आफना दाजु भाईहरुलाई कात्तिक पुर्णिमासम्म खुवाउने प्रचलन छ । आज भाइटिकाको मुख्य साइतमा भुर्की पुजनको कार्य गरिएको छ । 

दाजु भाईको सुख, शान्ति, उन्नती, र दिर्घायुका लागि भुर्की पुजा गरि टिका लगाएको नेपालगन्ज–६ का रागिनी साहुले बताउनुभयो । 
–––


 

ताजा

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

बाँके युनेस्को क्लबको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला

नेपालगन्ज,। बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्द…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

लोकप्रिय

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

यो पनि

नेपालको कलालाई संरक्षण सम्बद्र्धन गर्नुपर्नेमा जोड

नेपालको कलालाई संरक्षण सम्बद्र्धन गर्नुपर्नेमा जोड

नेपालगन्ज २ मङ्गसिर । उच्च अदालत नेपालगन्ज इजलासका वरिष्ठतम न्यायधिस बामदेव ज्ञवालीले …

नेपालगन्जमा दुई दिने इस्लामिक कला प्रर्दशनी

नेपालगन्जमा दुई दिने इस्लामिक कला प्रर्दशनी

नेपालगन्ज, १ मसिंर । अन्तर्राष्ट्रिय इस्लामिक कला दिवस २०२५को अवसरमा नेपालगन्जमा दुई द…

‘बर्फानी बाबा’ मन्दिर पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै

‘बर्फानी बाबा’ मन्दिर पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै

नेपालगञ्ज, २३ कात्तिक स् बाँके राप्तीसोनारी४ स्थित चुरे पहाडमा रहेको बर्फानी बाबा मन्द…

राप्ती नदी सिधनिया घाटमा पुर्णमासी मेला सुरु

राप्ती नदी सिधनिया घाटमा पुर्णमासी मेला सुरु

नेपालगन्ज १७ कात्तिक । बाँकेको राप्ती नदी सिधनिया घाटमा तीन दिने पुर्णमासी मेला शुर…