Pairabi logo

असोज २६, २०८३, सोमबार                    

मधेशी समुदायमा भैया दुईजमा भुर्की पुजन

सम्वाददाता

सम्वाददाता

मधेशी समुदायमा भैया दुईजमा भुर्की पुजन
ADVERTISEMENT

नेपालगन्ज २९ कात्तिक : पश्चिम नेपालका मधेशी समुदायमा तिहारको मुख्य दिन आज यम द्धितीय अर्थात् भैया दुईजमा भुर्की पुजन गरि आ–आफनो दाजु भाईलाई टिका लगाई चिउरा, भुर्की र मिठाई खुवाएका छन । 

घरको आंङ्नमा गाईको गोबरले लिपपोत गरि भाईको चित्र कोरेर, नदी तलाउ, पर्बत, बाघ, भालु, सर्प, बन जगंलको चित्र बनाएर जंगलमा पाईने कुश लगायत बिभिन्न कांडाहरु राखी त्यसमाथी सिलौटा राखेर पुजा गर्ने चलन छ । 

उक्त सिलौटामा चामलको पिठोले नदी बनाएर त्यसमा धर्म भाईको मुर्ति बनाएर पुजा गरिन्छ । गाउँ टोलका सम्पुर्ण महिलाहरु एकजुट भई सामुहिक रुपमा भुर्की पुजन गर्दछन । त्यस क्रममा भाईबहिनीको सुख, समृद्धि र शान्तीका लागि बिभिन्न कथा, कहानी सुनाउने गरिएको अगुवा महिला रेखादेवी शर्माले बताउनुभयो । 

भुर्की पुजनका क्रममा दिदी बहिनीहरुले विहानैदेखि ब्रत बसेर आ—आफनो दाजु भाईको सुख, शान्ति, उन्नती, सुस्वास्थ्य, प्रगति लगायतको कामना गर्ने प्रचलन रहेको वरिष्ठ अवधी साहित्यकार विष्णुलाल कुमालले बताउनुभयो । 

आज पुजा गरिएको चिउरा भुर्की टाढा रहेका आफना दाजु भाईहरुलाई कात्तिक पुर्णिमासम्म खुवाउने प्रचलन छ । आज भाइटिकाको मुख्य साइतमा भुर्की पुजनको कार्य गरिएको छ । 

दाजु भाईको सुख, शान्ति, उन्नती, र दिर्घायुका लागि भुर्की पुजा गरि टिका लगाएको नेपालगन्ज–६ का रागिनी साहुले बताउनुभयो । 
–––


 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

नेपालगन्ज, ६ असोज । नेपालीको महान चाड दसैँ नजिकिँदै जाँदा नेपालगञ्जका मूर्तिकारलाई…

गुरु पूर्णिमा : अवधी समुदायमा भौंरी पर्व

गुरु पूर्णिमा : अवधी समुदायमा भौंरी पर्व

नेपालगन्ज, १३ साउन । आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आज मधेशी समुदायले भौंर…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …