Pairabi logo

असोज २६, २०८३, सोमबार                    

भुकम्प घाइते घर फर्किए

सम्वाददाता

सम्वाददाता

भुकम्प घाइते घर फर्किए
ADVERTISEMENT

नेपालगन्ज, २८ कात्तिक । जाजरकोट र रुकुमपश्चिममा गएको भूकम्पमा परी घाइते भई नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागि ल्याइएका सबै बिरामी निको भएर घर फर्किएका छन । 

भूकम्पमा परी घाइते भएर उपचारका लागि भेरीमा आएका बिरामीलाई उपचार सेवामा सहज होस् भनेर उहाँहरुको मात्र उपचारका लागि अस्पतालभित्र छुट्टै ‘डिजास्टर वार्ड’ (विपत) तयार पारिएको थियो । बिरामी निको भएर डिस्चार्ज हुँदै घर फर्किएपछि उक्त वार्ड खाली गराइएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँका अनुसार अब बाँकी उपचाररत ६ जना मात्र भूकम्पका घाइतेहरु रहेको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य भएका कारण अस्पतालको पेइङ्ग वार्डमा राखेर उपचार भईरहेको छ । 

६ जना बाहेक सबै डिस्चार्ज भएका छन । जाजरकोटका विमलकुमार कार्की भूकम्पका कारण घाइते भई उपचारका लागि ल्याइनुभएका पहिलो बिरामी रहनुभएको थियो । घाइते कार्कीलाई कात्तिक १८ गते विहान साढे ७ बजे उपचारका लागि भेरी अस्पतालको इमर्जेन्सी वार्डमा ल्याइएको फोकल पर्सन श्रेष्ठले बताउनुभयो । 

भूकम्पमा परी घाइते भई भेरीमा उपचार गर्न ल्याइएका जम्मा ५८ जना रहेका थिए । त्यसमा ४८ जना उपचार गरेर घर फर्किएका छन । ६ जना अझै उपचाररत रहेका छन । यसैगरि ३ जनालाई काठमाण्डौ रेफर गरिएको, १ जना बाटोमा ल्याउदै गर्दा मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताउनुभयो । 

उहाँका अनुसार डिस्चार्ज भएर घर फर्किएका बिरामीलाई घरसम्म पुग्न एमडीएम फ्रान्सले निःशुल्क गाडीको व्यवस्था गरिदिएको छ । जिल्ला आपतकालीन सञ्चालन केन्द्रले १–१ सेट त्रिपाल, २–२ वटा कम्बल र १–१ कार्टुन मिनरल वाटर प्रदान गरिएको फोकल पर्सन श्रेष्ठले जानकारी दिनुभयो । 
¬¬¬¬–––
 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…