Pairabi logo

पुस ०८, २०८२, मंगलबार                    

भुकम्प घाइते घर फर्किए

सम्वाददाता

सम्वाददाता

भुकम्प घाइते घर फर्किए
ADVERTISEMENT

नेपालगन्ज, २८ कात्तिक । जाजरकोट र रुकुमपश्चिममा गएको भूकम्पमा परी घाइते भई नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागि ल्याइएका सबै बिरामी निको भएर घर फर्किएका छन । 

भूकम्पमा परी घाइते भएर उपचारका लागि भेरीमा आएका बिरामीलाई उपचार सेवामा सहज होस् भनेर उहाँहरुको मात्र उपचारका लागि अस्पतालभित्र छुट्टै ‘डिजास्टर वार्ड’ (विपत) तयार पारिएको थियो । बिरामी निको भएर डिस्चार्ज हुँदै घर फर्किएपछि उक्त वार्ड खाली गराइएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँका अनुसार अब बाँकी उपचाररत ६ जना मात्र भूकम्पका घाइतेहरु रहेको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य भएका कारण अस्पतालको पेइङ्ग वार्डमा राखेर उपचार भईरहेको छ । 

६ जना बाहेक सबै डिस्चार्ज भएका छन । जाजरकोटका विमलकुमार कार्की भूकम्पका कारण घाइते भई उपचारका लागि ल्याइनुभएका पहिलो बिरामी रहनुभएको थियो । घाइते कार्कीलाई कात्तिक १८ गते विहान साढे ७ बजे उपचारका लागि भेरी अस्पतालको इमर्जेन्सी वार्डमा ल्याइएको फोकल पर्सन श्रेष्ठले बताउनुभयो । 

भूकम्पमा परी घाइते भई भेरीमा उपचार गर्न ल्याइएका जम्मा ५८ जना रहेका थिए । त्यसमा ४८ जना उपचार गरेर घर फर्किएका छन । ६ जना अझै उपचाररत रहेका छन । यसैगरि ३ जनालाई काठमाण्डौ रेफर गरिएको, १ जना बाटोमा ल्याउदै गर्दा मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताउनुभयो । 

उहाँका अनुसार डिस्चार्ज भएर घर फर्किएका बिरामीलाई घरसम्म पुग्न एमडीएम फ्रान्सले निःशुल्क गाडीको व्यवस्था गरिदिएको छ । जिल्ला आपतकालीन सञ्चालन केन्द्रले १–१ सेट त्रिपाल, २–२ वटा कम्बल र १–१ कार्टुन मिनरल वाटर प्रदान गरिएको फोकल पर्सन श्रेष्ठले जानकारी दिनुभयो । 
¬¬¬¬–––
 
ताजा

सबै

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

प्रहलाद विश्वर्मा नेपालगंज ६ पुस ।। नेपाल रेडक्रस सोसाइटीको विधान संशोधनका लागि सुझ…

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

बर्दिया, पुस ६ । बर्दियाको मधुवन र गुलरिया नगरपालिकामा नवनिर्मित किशोरकिशोरीमैत्री …

युवा महिलालाई फोटो तथा भिडियोग्राफी तालिम

बर्दिया, पुस ६ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन…

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

नेपालगन्ज ६ पुस । सुनाखरी रेष्टुरेण्ट प्रा लि. नेपालगन्जले गुणस्तरियतासंगै ब्रान्डिङ्ग ग…

लोकप्रिय

यो पनि

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

प्रहलाद विश्वर्मा नेपालगंज ६ पुस ।। नेपाल रेडक्रस सोसाइटीको विधान संशोधनका लागि सुझ…

अब नरैनापुर मै सुरक्षित मातृत्वको सेवा

अब नरैनापुर मै सुरक्षित मातृत्वको सेवा

बाँके, २७ कार्तिक । नेपालका धेरै दुर्गम गाउँहरूमा आज पनि स्वास्थ्य सेवा पहुँचको विषय…

बाँकेका पत्रकारहरुको निशुल्क मुटु रोग जाँच

बाँकेका पत्रकारहरुको निशुल्क मुटु रोग जाँच

नेपालगञ्ज, २१ कात्तिक । नेपाल पत्रकार महासंघ बाँकेको आयोजना, नेपाल प्रेस युनियन बाँ…

बेलासपुरमा सरसफाइ

बेलासपुरमा सरसफाइ

कार्तिक १८, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा…