Pairabi logo

भदौ ११, २०८३, बिहीबार                    

कुसुम स्वास्थ्य चौकीमा ल्याब सेवा शुरु

सम्वाददाता

सम्वाददाता

कुसुम स्वास्थ्य चौकीमा ल्याब सेवा शुरु
ADVERTISEMENT

नेपालगन्ज २३ कार्तिक ।  बाँकेको राप्ती सोनारी गाउँपालिका–१ कुसुमस्थित स्वास्थ्य चौकीमा ल्याव ९प्रयोगशाला० सेवा सुरु भएको छ । बुधवार एक कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले ल्याव सेवाको उद्घाटन गर्नुभएको हो । कार्यक्रमलाई सम्वोधन गर्दै पालिका अध्यक्ष पौडेलले पालिकालाई स्वास्थ्य सेवाको पहुँचमा पुर्याउने उद्देश्यका साथ काम गरिएको बताउनुभयो ।

सबै नागरिकहरुले सहज र सरल तरिकाले सेवा प्राप्ती गरुन भन्ने पालिकाको उद्देश्य रहेको पनि उहाँले सुनाउनुभयो । सीमित स्रोत साधनलाई अधिकतम उपयोग गर्दै स्वास्थ्य सेवालाई प्रभावकारी गराउने गरी पालिकाले काम गरिरहेको उहाँको भनाइ छ ।

‘पालिकासँग निश्चित बजेट छ उहाँले भन्नुभयोे–‘थोरै बजेटबाट पनि कुसुम स्वास्थ्य चौकीमा ल्याव जडान गरेर सेवा प्रारम्भ गरेका छौं ।’ कुसुम स्वास्थ्य चौकीमा ल्याव सेवा सुरु गरिएपछि सामान्य रोगको पहिचानका लागि छिमेकी जिल्ला दाङको लमही वा बैजापुर अस्पताल, कोहलपुर र नेपालगन्ज पुग्नु पर्ने त्यसक्षेत्रका बासिन्दाको समस्या हल भएको समेत उहाँले बताउनुभयो ।

स्वास्थ्य, शिक्षा जस्ता आधारभूत सेवाहरुलाई पहुँचमैत्री र प्रभावकारी बनाउने गरी पालिका लागि परेको भन्दै उहाँले त्यसका लागि सबैको सहयोग र साथको आवश्यकता समेत औल्याउनुभयो । पालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले भुगोलका हिसावले पालिकाको पूर्वी क्षेत्रमा रहेको कुसुममा ल्याव सेवा सुरु भएपछि यसक्षेत्रका नागरिकहरुलाई ठूलो राहात मिलेको बताउनुभयो ।

स्वास्थ्य चौकीलाई स्तरीय बनाउँदै लगिएको बताउँदै उहाँले सेवा प्रवाहलाई पनि बिरामीमैत्री बनाइएको बताउनुभयो । ‘पालिकाका सबै स्वास्थ्य चौकीहरुलाई स्तरीय बनाउँदै लगिएको छ उहाँले भन्नुभयोे–‘कम्तिमा पनि नागरिकहरुले आफ्ना घरछेउबाटै सर्वसुलभ सेवा प्राप्त गरुन भन्ने उद्देश्य हाम्रो हो ।’ यसैगरी कार्यक्रममा बोल्दै नेपाल रेडक्रस जिल्ला शाखा बाँकेका सह–महामन्त्री तेज बहादुर सुवेदीले स्वास्थ्य चौकीमा ल्याव सेवा सुरु भएपछि स्थानीयबासीलाई ठूलो राहात मिलेको बताउनुभयो ।

उहाँले सामान्य खाले रोगको परीक्षणका लागि सदरमुकाम जानु पर्ने बाध्यताको अन्त्य भएको भन्दै यसलाई प्रभावकारी र गुणस्तरीय बनाउन सुझाव दिनुभयो । ‘ल्याव संचालनपछि यहाँका गरिव तथा विपन्न समुदायका मानिसहरुलाई राहात मिलेको छ उहाँले भन्नुभयोे–‘ल्याव नियमित चलोस्, विश्वसनीय रिपोर्ट प्राप्त होस् ।

छिटोछरितो होस् ।’ राप्ती सोनारी गाउँपालिका–१ का वडाअध्यक्ष यमबहादुर खड्काको सभापतित्वमा भएको कार्यक्रममा वडा नम्वर ७ का वडाअध्यक्ष रामलखन थारु, वडा नम्वर ४ का वडाअध्यक्ष मिनराज खड्का, वडा नम्वर २ का वडाअध्यक्ष ज्ञानुराज वली लगायत स्थानीय समाजसेवी, बुद्धिजीवि, शिक्षक लगायतको उपस्थिति रहेको थियो । गाउँपालिकाको रु पाँच लाखको बजेटमा कुसुम स्वास्थ्य चौकीमा ल्याव सेवा सुरु भएको हो ।

उक्त ल्यावबाट पन्ध्र वटा रोगको परीक्षण हुनेछ । स्वास्थ्य चौकीको ल्याव संचालनका लागि बैजापुर अस्पतालबाट ल्यावटेक्निसियन स्मृति कुसुमियालाई खटाइएको छ । चालू आर्थिक वर्षमा पालिकाले कुसुम स्वास्थ्य चौकीमा ल्याव सेवा सुरु गरेको पहिलो हो भने हालसम्म राप्ती सोनारी गाउँपालिकाका स्वास्थ्य संस्थामा पाँच वटा ल्याव जडान गरिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार गएको वर्ष कचनापुर स्वास्थ्य चौकी, महादेवपुरी स्वास्थ्य चौकी, बैजापुर अस्पताल र बिनौना स्वास्थ्य चौकीमा पालिकाको आफ्नै लगानीमा ल्याव सेवा सुरु गरेको थियो । तिहार लगत्तै वडा नम्वर ६ मा रहेको स्वास्थ्य चौकीमा पनि ल्याव सेवा सुरु गरिने स्वास्थ्य शाखा प्रमुख केसीले बताउनुभयो ।

कुसुम स्वास्थ्य चौकीमा सिनियर अहेव अमरसिंह महतराको कमाण्डमा ९ जना कर्मचारी थिए । ल्याव टेक्निसियन पनि खटाइएपछि अव यो स्वास्थ्य चौकीमा १० जना कर्मचारी पुगेका छन् । तीन जना अहेव, तीन जना नर्सिङ स्टाफ, दुई जना कार्यालय सहयोगी यसअघि नै कार्यरत रहेका छन् । कुसुम स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर पनि संचालनमा रहेको छ ।

कुसुम स्वास्थ्य चौकीबाट, बैरिया, बर्दापुर, लौकी, चपरगौडी, बाघखोर, बासखोली, भवानीयापुर, खोकरी, भम्का, सिक्टा, गाभर लगायतका स्थानीयबासीले सेवा लिने गरेका छन् ।

ताजा

सबै

उपभोक्ता अदालतको औचित्य, अभ्यास र आगामी दिशा

बसन्त गौतम काठमाडौँ, । हामी सबै नागरिक कुनै न कुनै रूपमा उपभोक्ता हौँ । खाना, औषध…

मोहम्मद जयन्तीका अवसरमा बुधबार सार्वजनिक बिदा

काठमाण्डौ ९ भदौ । सरकारले मोहम्मद जयन्तीका अवसरमा बुधबार मुस्लिम धर्मावलम्बीहरूका लाग…

प्रेस युनियन बाँकेका नवनिर्वाचित पदाधिकारीको पदभार ग्रहण, पहिलो बैठकले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय

नेपालगन्ज । नेपाल प्रेस युनियन बाँकेले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने भएको छ ।य…

बर्दियामा पालिकास्तरीय पूर्वसहभागी युवा क्लब गठन

बर्दिया, भदौ ८ गते । बर्दियाका बिभिन्न पालिकामा पालिकास्तरीय पूर्वसहभागी युवा क्लब गठ…

लोकप्रिय

सबै

वडाध्यक्ष राज कुमार वर्माको जन्मदिवसमा रक्तदान

पवन जायसवाल नेपालगन्ज ७ भदौ । जानकी गाउँपालिका वार्ड नं.३ का वडाध्यक्षका राज कुमार …

मोहम्मद जयन्तीका अवसरमा बुधबार सार्वजनिक बिदा

काठमाण्डौ ९ भदौ । सरकारले मोहम्मद जयन्तीका अवसरमा बुधबार मुस्लिम धर्मावलम्बीहरूका लाग…

संघर्ष, मानवता र सामाजिक रूपान्तरणसँग गाँसिएको २५ वर्षे विकास यात्रा

अधिबक्ता मीना पराजुली २३ अगस्ट २००१ मेरो जीवनको एउटा साधारण मिति मात्र थिएन, त्यो म…

उपभोक्ता अदालतको औचित्य, अभ्यास र आगामी दिशा

बसन्त गौतम काठमाडौँ, । हामी सबै नागरिक कुनै न कुनै रूपमा उपभोक्ता हौँ । खाना, औषध…

यो पनि

वडाध्यक्ष राज कुमार वर्माको जन्मदिवसमा रक्तदान

वडाध्यक्ष राज कुमार वर्माको जन्मदिवसमा रक्तदान

पवन जायसवाल नेपालगन्ज ७ भदौ । जानकी गाउँपालिका वार्ड नं.३ का वडाध्यक्षका राज कुमार …

डुडुवाको एकीकृत स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा, लक्ष्य अनुसारको उपलब्धी

डुडुवाको एकीकृत स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा, लक्ष्य अनुसारको उपलब्धी

डुडुवा (बाँके) २९ साउन । डुडुवा गाउँपालिका, बाँकेमा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चाल…

बाँकेमा जनचेतनामूलक कार्यक्रम गरेर राष्ट्रिय स्तनपान सप्ताह मनाईयो

बाँकेमा जनचेतनामूलक कार्यक्रम गरेर राष्ट्रिय स्तनपान सप्ताह मनाईयो

नेपालगन्ज, साउन २५ । जीवनका लागि पोषण परियाृजना अन्तर्गत बाँके युनेस्को क्लबले जिल्ला…

नेपाल प्रहरी विशेष सुरक्षा गणद्धारा रक्तदान

नेपाल प्रहरी विशेष सुरक्षा गणद्धारा रक्तदान

पवन जायसवाल नेपालगन्ज २५ साउन । नेपाल प्रहरी बिशेष सुरक्षा गण नेपालगन्जले रक्तदान का…