Pairabi logo

पुस ०४, २०८२, शुक्रबार                    

रास्वपाले भुकम्पपिडित तीन सय परिवारलाई खाद्यान्न सामाग्री पठायो

सम्वाददाता

सम्वाददाता

रास्वपाले भुकम्पपिडित तीन सय परिवारलाई खाद्यान्न सामाग्री पठायो
ADVERTISEMENT

नेपालगन्ज १९ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीले भुकम्पपिडित तीन सय परिवारलाई खाद्यान्न पठाएको छ । जाजरकोट र रुकुमपश्चिमका पिडित परिवारहरुलाई खाद्यान्न स्वरुप राहत सामाग्री उपलब्ध गराएको छ ।

१० किलो चामल, २ किलो दाल, १ लिटर तेल, १ किलो नून र साबुनसहितको सामाग्री तयार गरि तीन सय परिवारलाई राहत प्याकेज बनाएर नेपालगंजबाट जाजरकोट पठाएको पार्टीका नेता प्रतिनिधि सभा सदस्य लक्ष्मी तिवारीले बताउनुभयो ।

घाइतेको उपचार बारे जानकारी 
यसैगरि प्रतिनिधी सभा सदस्य लक्ष्मी तिवारीले भेरी अस्पतालमा पुगेर घाइतेहरुको उपचार र स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । सांसद तिवारीले घाइतेहरूसँग भेटेर उनीहरूको उपचारबारे जानकारी लिनुहुँदै चिकित्सकहरूसँग पनि उपचारका बारेमा जिज्ञासा राख्नुभयो ।

सो अवसरमा कुरा गर्दै सांसद वितरीले भूकम्पपीडितको उपचार, राहत र पुनर्स्थापनाका लागि आवश्यक व्यवस्थापनमा जोड दिनुभयो । 

त्यसअवसरमा अस्पतालका सूचना अधिकारी डा. संकेत रिसालले अस्पतालमा घाइतेहरुको उपचारको अवस्था सेवा प्रवाह लगायतका विषयमा जानकारी गराउनुभएको थियो । 

सांसद तिवारीले घाइतेहरुको स्वास्थ्य लाभको कामना गर्दै कुनै समस्या आएमा तत्काल सम्पर्क गर्न आफ्नो मोबाइल नं. समेत दिनुभयो । 


 

ताजा

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

बाँके युनेस्को क्लबको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला

नेपालगन्ज,। बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्द…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

लोकप्रिय

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

यो पनि

अब नरैनापुर मै सुरक्षित मातृत्वको सेवा

अब नरैनापुर मै सुरक्षित मातृत्वको सेवा

बाँके, २७ कार्तिक । नेपालका धेरै दुर्गम गाउँहरूमा आज पनि स्वास्थ्य सेवा पहुँचको विषय…

बाँकेका पत्रकारहरुको निशुल्क मुटु रोग जाँच

बाँकेका पत्रकारहरुको निशुल्क मुटु रोग जाँच

नेपालगञ्ज, २१ कात्तिक । नेपाल पत्रकार महासंघ बाँकेको आयोजना, नेपाल प्रेस युनियन बाँ…

बेलासपुरमा सरसफाइ

बेलासपुरमा सरसफाइ

कार्तिक १८, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा…

बाँके जानकी गाउँपालिका अध्यक्ष खाँको स्वास्थ्यमा समास्य, लखनाउमा उपचार हुदै

बाँके जानकी गाउँपालिका अध्यक्ष खाँको स्वास्थ्यमा समास्य, लखनाउमा उपचार हुदै

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँको स्वास्थ्यमा समस्या देखिएपछि …