Pairabi logo

पुस ०४, २०८२, शुक्रबार                    

भुकम्पमा घाइतेको उद्धारका लागि डुडुवाद्धारा एम्बुलेन्सको व्यवस्था

सम्वाददाता

सम्वाददाता

भुकम्पमा घाइतेको उद्धारका लागि डुडुवाद्धारा एम्बुलेन्सको व्यवस्था
ADVERTISEMENT

नेपालगन्ज १८ कात्तिक । भुकम्प पिडितहरुको उद्धार र उपचार सेवा अहिले भईरहेको छ । जाजरकोट र रुकुम पश्चिममा भुकम्पबाट थुप्रै मानिसहरु प्रभावित भएका छन । 

बाँकेका डुडुवा गाउँपालिकाले भुकम्पमा परि घाइते भएका विरामीहरुलाई उद्धार तथा अस्पतालसम्म पुरयाउनका लागि निःशुल्क एम्बुलेन्स सेवा पठाएको छ । गाउँपालिकाले आज राती दुई जना चालकसहितको एक वटा एम्बुलेन्स जाजरकोट अस्पताल पठाएको जनाएको छ । 

जाजरकोट अस्पतालका कन्सल्ट्यान्ट फिजिसियन डा.दयाराम यादव विदामा रहेकाले एक्कासी घटेको घटनापछि उपचारका लागि अहिले जाजरकोट अस्पतालसम्म जाने व्यवस्था मिलाइएको छ । 

बाँकेको डुडुवा गाउँपालिकाले एक वटा एम्बुलेन्सको व्यवस्था गरि दुई जना चालकसहितको टोलीसंग डा यादवलाई पठाइएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । अध्यक्ष चौधरीका अनुसार भुकम्पमा परि घाइते भएकाहरुको उपचारको बेलामा सदरमुकाम जान नसकेका चिकित्सकलाई एम्बुलेन्सको व्यवस्था गरि अस्पतालसम्म पुरयाउने व्यवस्था मिलाइएको छ । 

उहाँले यहाँबाट जाने एम्बुलेन्सले जिल्लामा अन्य विरामीहरुलाई समेत अस्पतालसम्म पुरयाउनमा सहयोग गर्ने बताउनुभयो । जिल्लाका भुकम्प पिडितहरुलाई जिल्ला अस्पताल तथा अन्य जिल्लाका अस्पतालसम्म पुरयाउनका लागि एम्बुलेन्स खटाइएको अध्यक्ष चौधरीले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाको भोली आइतबार बस्ने कार्यपालिकाको बैठकले भुकम्प पिडितका लागि थप सहयोग तथा कार्यक्रमका बारेमा निर्णय गर्ने जनाइएको छ । 


 

ताजा

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

बाँके युनेस्को क्लबको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला

नेपालगन्ज,। बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्द…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

लोकप्रिय

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

यो पनि

अब नरैनापुर मै सुरक्षित मातृत्वको सेवा

अब नरैनापुर मै सुरक्षित मातृत्वको सेवा

बाँके, २७ कार्तिक । नेपालका धेरै दुर्गम गाउँहरूमा आज पनि स्वास्थ्य सेवा पहुँचको विषय…

बाँकेका पत्रकारहरुको निशुल्क मुटु रोग जाँच

बाँकेका पत्रकारहरुको निशुल्क मुटु रोग जाँच

नेपालगञ्ज, २१ कात्तिक । नेपाल पत्रकार महासंघ बाँकेको आयोजना, नेपाल प्रेस युनियन बाँ…

बेलासपुरमा सरसफाइ

बेलासपुरमा सरसफाइ

कार्तिक १८, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा…

बाँके जानकी गाउँपालिका अध्यक्ष खाँको स्वास्थ्यमा समास्य, लखनाउमा उपचार हुदै

बाँके जानकी गाउँपालिका अध्यक्ष खाँको स्वास्थ्यमा समास्य, लखनाउमा उपचार हुदै

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँको स्वास्थ्यमा समस्या देखिएपछि …