Pairabi logo

असोज २६, २०८३, सोमबार                    

भुकम्पमा घाइतेको उपचारका लागि बाँकेमा पुर्व तयारी

सम्वाददाता

सम्वाददाता

भुकम्पमा घाइतेको उपचारका लागि बाँकेमा पुर्व तयारी
ADVERTISEMENT

बाँके १८ कात्तिक : पश्चिमको जाजरकोट केन्द्र बिन्दु भएर गएराती गएको भुकम्पमा गम्भीर घाइतेहरुलाई थप उपचारका लागि नेपालगन्ज ल्याउने तयारी भएको छ । 

भुकम्प जाने वित्तिकै जाजरकोट र रुकुम पश्चिममा मानविय क्षतिसंगै केही मानिसहरु घाइते भएकाले प्रारम्भिक उपचारपछि नेपालगन्ज ल्याउने तयारी भएको स्थानीय प्रशासनले जनाएको छ । 

भुकम्पमा परि गम्भीर घाईतेहरुको उपचारका लागि यहाँको भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज, कोहलपुर शिक्षण अस्पतालमा आवश्यक पुर्व तयारी तथा व्यवस्थापन गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताउनुभयो । 

उहाँका अनुसार भेरी अस्पताल, सैनिक अस्पताल, प्रहरी अस्पतालमा एक सय बढी बेड तयारी अवस्थामा रहेको र प्रयाप्त चिकित्सक, नर्सिङ्ग स्टाप र स्वास्थ्यकर्मी समेत तयारी अवस्थामा राखिएको छ । घाइते तथा घाइते आफन्तका लागि सहजताका लागि स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठलाई समेत खटिइएको प्रजिअ पाखेरेलले बताउनुभयो । 

हेलिकप्टरबाट आउने बिरामीका लागि राँझा विमानस्थल र नेपाली सेनाको हेलिप्याडमा दुई÷दुई वटा एम्बुलेन्स तैनाथ गरिएको छ प्रजिअ पोखरेलले बताउनुभयो । उहाँका अनुसार रगतको मौज्दात र अपुग अवस्थामा फ्रेस रगत आपुर्तिका लागि रक्तदाता सुरक्षाकर्मीको व्यवस्था मिलाईएको छ ।

भुकम्पमा परि गम्भीर घाइते जाजरकोट भेरी नगरपालिका वार्ड नं. ३ खलंगाका ४८ वर्षिय विमलकुमार कार्कीको उपचारको लागि राती भेरी अस्पतालमा पहिलो विरामीको रुपमा उपचार शुरु भएको अस्पतालले जनाएको छ । 


–––

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…