Pairabi logo

पुस ०४, २०८२, शुक्रबार                    

भुकम्पमा घाइतेको उपचारका लागि बाँकेमा पुर्व तयारी

सम्वाददाता

सम्वाददाता

भुकम्पमा घाइतेको उपचारका लागि बाँकेमा पुर्व तयारी
ADVERTISEMENT

बाँके १८ कात्तिक : पश्चिमको जाजरकोट केन्द्र बिन्दु भएर गएराती गएको भुकम्पमा गम्भीर घाइतेहरुलाई थप उपचारका लागि नेपालगन्ज ल्याउने तयारी भएको छ । 

भुकम्प जाने वित्तिकै जाजरकोट र रुकुम पश्चिममा मानविय क्षतिसंगै केही मानिसहरु घाइते भएकाले प्रारम्भिक उपचारपछि नेपालगन्ज ल्याउने तयारी भएको स्थानीय प्रशासनले जनाएको छ । 

भुकम्पमा परि गम्भीर घाईतेहरुको उपचारका लागि यहाँको भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज, कोहलपुर शिक्षण अस्पतालमा आवश्यक पुर्व तयारी तथा व्यवस्थापन गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताउनुभयो । 

उहाँका अनुसार भेरी अस्पताल, सैनिक अस्पताल, प्रहरी अस्पतालमा एक सय बढी बेड तयारी अवस्थामा रहेको र प्रयाप्त चिकित्सक, नर्सिङ्ग स्टाप र स्वास्थ्यकर्मी समेत तयारी अवस्थामा राखिएको छ । घाइते तथा घाइते आफन्तका लागि सहजताका लागि स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठलाई समेत खटिइएको प्रजिअ पाखेरेलले बताउनुभयो । 

हेलिकप्टरबाट आउने बिरामीका लागि राँझा विमानस्थल र नेपाली सेनाको हेलिप्याडमा दुई÷दुई वटा एम्बुलेन्स तैनाथ गरिएको छ प्रजिअ पोखरेलले बताउनुभयो । उहाँका अनुसार रगतको मौज्दात र अपुग अवस्थामा फ्रेस रगत आपुर्तिका लागि रक्तदाता सुरक्षाकर्मीको व्यवस्था मिलाईएको छ ।

भुकम्पमा परि गम्भीर घाइते जाजरकोट भेरी नगरपालिका वार्ड नं. ३ खलंगाका ४८ वर्षिय विमलकुमार कार्कीको उपचारको लागि राती भेरी अस्पतालमा पहिलो विरामीको रुपमा उपचार शुरु भएको अस्पतालले जनाएको छ । 


–––

ताजा

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

बाँके युनेस्को क्लबको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला

नेपालगन्ज,। बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्द…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

लोकप्रिय

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

यो पनि

अब नरैनापुर मै सुरक्षित मातृत्वको सेवा

अब नरैनापुर मै सुरक्षित मातृत्वको सेवा

बाँके, २७ कार्तिक । नेपालका धेरै दुर्गम गाउँहरूमा आज पनि स्वास्थ्य सेवा पहुँचको विषय…

बाँकेका पत्रकारहरुको निशुल्क मुटु रोग जाँच

बाँकेका पत्रकारहरुको निशुल्क मुटु रोग जाँच

नेपालगञ्ज, २१ कात्तिक । नेपाल पत्रकार महासंघ बाँकेको आयोजना, नेपाल प्रेस युनियन बाँ…

बेलासपुरमा सरसफाइ

बेलासपुरमा सरसफाइ

कार्तिक १८, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा…

बाँके जानकी गाउँपालिका अध्यक्ष खाँको स्वास्थ्यमा समास्य, लखनाउमा उपचार हुदै

बाँके जानकी गाउँपालिका अध्यक्ष खाँको स्वास्थ्यमा समास्य, लखनाउमा उपचार हुदै

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँको स्वास्थ्यमा समस्या देखिएपछि …