Pairabi logo

पुस ०४, २०८२, शुक्रबार                    

कोहलपुर गोल्ड कपमा गोर्खा व्वाईज विजयी

सम्वाददाता

सम्वाददाता

कोहलपुर गोल्ड कपमा गोर्खा व्वाईज विजयी
ADVERTISEMENT

कोहलपुर १७ कार्तिक । ‘मुख्यमन्त्री कोहलपुर गोल्ड कप २०८०’ प्रतियोगिता विहिबार भएको खेलमा सुदरपश्चिम—११ धनगढीलाई गोर्खा व्वाईज स्पोर्ट क्लब बुटवलले १—० ले पराजित गर्दै विजयी भएको छ । 

बाँकेको कोहलपुर—२ तेह विगाहमा बुधबारदेखि निरन्तरसञ्चालन भएकोे प्रतियोगितामा सुदरपश्चिम ११ धनगढीलाई गोर्खा व्वाईज स्पोर्ट क्लब बुटवलले १—० ले पराजित गर्दै विजयी भएको हो । खेल सुरु भएको पाँच मिनेटमा दुई पटक कर्नर पाएको गोर्खा व्वाइजले खेल सुरु भएको ४५ औं मिनेटमा जर्सी नम्बर ७ का खेलाडी शक्ति राईले गोल हानेका थिए । दिउसो ३ः २० बजेबाट सुरु भएको खेलमा सुदुरपश्चिम ११ लाई गोर्खा व्वाइजले निकै दवाव दिइरहेको थियो भने उक्त क्लबका जर्सी नम्बर १४ का सहदेव केसीले म्यान अफ द म्याच घोषित समेत भएको खेल संयोजक राम बहादुर मल्ले जानकारी दिनुभएको छ । 

आज (शुक्रबार) सेमिफाइनलका लागि चर्च व्वाईज यूनाईटेड र गोर्खा व्वाईज खेल हुने खेल संयोजक मल्लले जानकारी दिनुभएको छ । उहाँका अनुसार खेल ३ बजेबाट सुरु हुने जानकारी दिनुभएको छ । प्रतियोगितामा अफ्रिकन देश क्यामरुनको एभिनियर एफसिसहित नेपालका चर्च व्वाइज यूनाइटेड काठमाडौँ, गोर्खा व्वाइज स्पोर्टस क्लब बुटवल, सुदूरपश्चिम ११, स्पोर्ट्स क्लब धनगढी, त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौँ, कोहलपुर रेसिङ साहारा क्लब कोहलपुर, वि.एफ.सी. चितवन क्लब चितवन, र दुधौली स्पोर्ट्स क्लब सिन्धुली गरी आठ टोलीको सहभागिता रहेको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई ८ लाख रुपैया र दोस्रो पुरस्कार ४ लाखसहित ट्रफी प्रदान गरिने रेसिङ्ग साहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीले जानकारी दिनुभएको छ । उहाँका अनुसार फुटबल अवलोकनका लागि अस्थायी प्यारापिट र पर्खाल निर्माण गरिएको छ । खेल अवलोकन गर्ने दर्शकका लागि आयोजकले यसपटक भने टिकट ब्यवस्था गरिएको छ ।

प्रतियोगिता कात्तिक २२ गतेसम्म सञ्चालन हुनेछ । बिहिबार ८ सय ५० बढि दर्शकले फुटबल प्रतियोगिता अवलोकन गरेका थिए । 

ताजा

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

बाँके युनेस्को क्लबको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला

नेपालगन्ज,। बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्द…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

लोकप्रिय

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

यो पनि

यु–१४ फुटबलमा ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा प्रवेश

यु–१४ फुटबलमा ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा प्रवेश

नेपालगन्ज, २२ कात्तिक । जेन्जी आन्दोलनका कारण रोकिएको यु१४ फुटबल प्रतियोगिता नेपालगन्…

नेपालगञ्जमा पौडी प्रशिक्षण

नेपालगञ्जमा पौडी प्रशिक्षण

नेपालगञ्ज, १२ कात्तिकः नेपालगञ्ज स्वीमिङ क्लबले नेपालगञ्ज नेसनल स्वीमिङ च्याम्पियनसीपको …

शनिबार देखि नेपालगन्जमा यु–१४ छात्र–छात्रा फुटबल हुँदैं

शनिबार देखि नेपालगन्जमा यु–१४ छात्र–छात्रा फुटबल हुँदैं

नेपालगन्ज । शनिबारदेखि नेपालगन्ज रंगशालामा नेपालगन्ज यु१४ छात्रछात्रा अन्तर विद्यालय फ…

एपीएफ क्लबद्धारा लुम्बिनी कप महिला फुटबल उपाधी

एपीएफ क्लबद्धारा लुम्बिनी कप महिला फुटबल उपाधी

विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबले लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटब…