Pairabi logo

असोज २१, २०८३, बुधबार                    

कोहलपुर गोल्ड कपमा गोर्खा व्वाईज विजयी

सम्वाददाता

सम्वाददाता

कोहलपुर गोल्ड कपमा गोर्खा व्वाईज विजयी
ADVERTISEMENT

कोहलपुर १७ कार्तिक । ‘मुख्यमन्त्री कोहलपुर गोल्ड कप २०८०’ प्रतियोगिता विहिबार भएको खेलमा सुदरपश्चिम—११ धनगढीलाई गोर्खा व्वाईज स्पोर्ट क्लब बुटवलले १—० ले पराजित गर्दै विजयी भएको छ । 

बाँकेको कोहलपुर—२ तेह विगाहमा बुधबारदेखि निरन्तरसञ्चालन भएकोे प्रतियोगितामा सुदरपश्चिम ११ धनगढीलाई गोर्खा व्वाईज स्पोर्ट क्लब बुटवलले १—० ले पराजित गर्दै विजयी भएको हो । खेल सुरु भएको पाँच मिनेटमा दुई पटक कर्नर पाएको गोर्खा व्वाइजले खेल सुरु भएको ४५ औं मिनेटमा जर्सी नम्बर ७ का खेलाडी शक्ति राईले गोल हानेका थिए । दिउसो ३ः २० बजेबाट सुरु भएको खेलमा सुदुरपश्चिम ११ लाई गोर्खा व्वाइजले निकै दवाव दिइरहेको थियो भने उक्त क्लबका जर्सी नम्बर १४ का सहदेव केसीले म्यान अफ द म्याच घोषित समेत भएको खेल संयोजक राम बहादुर मल्ले जानकारी दिनुभएको छ । 

आज (शुक्रबार) सेमिफाइनलका लागि चर्च व्वाईज यूनाईटेड र गोर्खा व्वाईज खेल हुने खेल संयोजक मल्लले जानकारी दिनुभएको छ । उहाँका अनुसार खेल ३ बजेबाट सुरु हुने जानकारी दिनुभएको छ । प्रतियोगितामा अफ्रिकन देश क्यामरुनको एभिनियर एफसिसहित नेपालका चर्च व्वाइज यूनाइटेड काठमाडौँ, गोर्खा व्वाइज स्पोर्टस क्लब बुटवल, सुदूरपश्चिम ११, स्पोर्ट्स क्लब धनगढी, त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौँ, कोहलपुर रेसिङ साहारा क्लब कोहलपुर, वि.एफ.सी. चितवन क्लब चितवन, र दुधौली स्पोर्ट्स क्लब सिन्धुली गरी आठ टोलीको सहभागिता रहेको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई ८ लाख रुपैया र दोस्रो पुरस्कार ४ लाखसहित ट्रफी प्रदान गरिने रेसिङ्ग साहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीले जानकारी दिनुभएको छ । उहाँका अनुसार फुटबल अवलोकनका लागि अस्थायी प्यारापिट र पर्खाल निर्माण गरिएको छ । खेल अवलोकन गर्ने दर्शकका लागि आयोजकले यसपटक भने टिकट ब्यवस्था गरिएको छ ।

प्रतियोगिता कात्तिक २२ गतेसम्म सञ्चालन हुनेछ । बिहिबार ८ सय ५० बढि दर्शकले फुटबल प्रतियोगिता अवलोकन गरेका थिए । 

ताजा

सबै

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

लोकप्रिय

सबै

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

यो पनि

तीन करोडको लगानीमा आधुनिक ‘एम आर गुरु फिटनेस’ सञ्चालन

तीन करोडको लगानीमा आधुनिक ‘एम आर गुरु फिटनेस’ सञ्चालन

बाँकेमा करिब तीन करोडको लगानीमा अत्याधुनिक प्रविधि तथा आधुनिक फिटनेस उपकरणसहित एम…

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

कोहलपुर २४ बैशाख । बाँकेमा आगामी २६ वैशाखमा अन्तरविद्यालय स्तरीय राष्ट्रिय पौडी प्रति…

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

नेपालगन्ज :प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत पुरुष बी लेभलमा बिजन ओली…

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्ज, वैशाख १८ नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को कार्यालयले जेन जि आन्दोल…