Pairabi logo

पुस ०८, २०८२, मंगलबार                    

नरैनापुर मलेरियाको उच्च जोखिममा

सम्वाददाता

सम्वाददाता

नरैनापुर मलेरियाको उच्च जोखिममा
ADVERTISEMENT

नेपालगन्ज १४ कात्तिक । बाँकेको नरैनापुर गाउँपालिका मलेरियाको उच्च जोखिममा रहेको छ । सिमा क्षेत्रसंग जोडिएको पालिकाका स्थानीयहरु भारतमा आउजाउ बढी हुनेभएकोले मलेरियाको उच्च जोखिममा परेको हो । 

गाउँपालिकाका अनुसार भारतमा मलेरिया लागेका व्यक्ति सिधै नरैनापुरमा आउने भएकाले पनि मलेरियाको उच्च जोखिममा नरैनापुरलाई राखिएको छ । गत आर्थिक वर्षमा त्यहाँ १०२ जनामा मलेरिया पुष्टि भएको थियो ।

नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार साहले गत आर्थिक वर्षमा चार हजार ३८४ जनाको मलेरिया जाँच गर्दा १०२ जनामा मलेरिया पुष्टि भएकाले जोखिम बाँकी नै रहेको पुष्टि भएको बताउनुभयो । 

स्वास्थ्य शाखा प्रमुख साहका अनुसार अघिल्लो आव २०७÷०७९ मा दुई हजार ६७५ जनाको औलो जाँच गर्दा ८९ र आव २०७७÷०७८ मा एक हजार ५५८ जनाको जाँच गर्दा ३५ जनामा मलेरिया पुष्टि भएको थियो । मलेरियाका कारण कसैको मृत्यु नभएको पनि स्वास्थ्य शाखाले जनाएको छ । 

नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद साहले खुला सिमाना र निर्बाध ओहोरदोहोरका कारण गाउँपालिका मलेरियाको उच्च जोखिममा परेकाले सतर्कता अपनाएर जोखिम घटाउने प्रयास भइरहेको बताउनुभयो । 

उहाँले गत केही वर्ष यता गाउँपालिकामा हरेक वर्ष लगातार मलेरियाका बिरामी भेटिने गरेकाले चेकजाँच बढाउनुका साथै जनचेतना वृद्धि गर्ने कार्य पनि गरिरहेको बताउनुभयो । 

भारतबाट फर्किनेबाट मलेरिया पनि भित्रिने आशङ्का रहेकाले नेपालगन्जको मुख्य जमुनाहा नाकामा पनि निरन्तर मलेरिया जाँच भइरहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । 

सो कार्यालयका अनुसार कोरोना परीक्षणका लागि नाकामा स्थापना गरिएको हेल्थडेस्कले कोरोनासँगै मलेरिया पनि नियमित परीक्षण गर्दैआएको छ । भारतबाट फर्किनेमा फाटफुट मलेरिया देखिनेगरेको जमुनाहा नाकास्थित हेल्थ डेस्कले जनाएको छ ।
 
ताजा

सबै

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

प्रहलाद विश्वर्मा नेपालगंज ६ पुस ।। नेपाल रेडक्रस सोसाइटीको विधान संशोधनका लागि सुझ…

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

बर्दिया, पुस ६ । बर्दियाको मधुवन र गुलरिया नगरपालिकामा नवनिर्मित किशोरकिशोरीमैत्री …

युवा महिलालाई फोटो तथा भिडियोग्राफी तालिम

बर्दिया, पुस ६ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन…

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

नेपालगन्ज ६ पुस । सुनाखरी रेष्टुरेण्ट प्रा लि. नेपालगन्जले गुणस्तरियतासंगै ब्रान्डिङ्ग ग…

लोकप्रिय

यो पनि

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

प्रहलाद विश्वर्मा नेपालगंज ६ पुस ।। नेपाल रेडक्रस सोसाइटीको विधान संशोधनका लागि सुझ…

अब नरैनापुर मै सुरक्षित मातृत्वको सेवा

अब नरैनापुर मै सुरक्षित मातृत्वको सेवा

बाँके, २७ कार्तिक । नेपालका धेरै दुर्गम गाउँहरूमा आज पनि स्वास्थ्य सेवा पहुँचको विषय…

बाँकेका पत्रकारहरुको निशुल्क मुटु रोग जाँच

बाँकेका पत्रकारहरुको निशुल्क मुटु रोग जाँच

नेपालगञ्ज, २१ कात्तिक । नेपाल पत्रकार महासंघ बाँकेको आयोजना, नेपाल प्रेस युनियन बाँ…

बेलासपुरमा सरसफाइ

बेलासपुरमा सरसफाइ

कार्तिक १८, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा…