Pairabi logo

पुस १३, २०८२, आइतबार                    

नेपालगन्जमा क्रिकेट मैदानको अभाव

सम्वाददाता

सम्वाददाता

नेपालगन्जमा क्रिकेट मैदानको अभाव
ADVERTISEMENT

पश्चिम क्षेत्रकै प्रमुख केन्द्रको रुपमा रहेको नेपालगन्जमा खेल गतिबिधि बिस्तारै ओरालो लाग्दै गएको छ । बिशेष गरि क्रिकेट खेलको लागि मैदान नहँुदा औपचारिक खेलको कुरा छोडौ खेलाडीहरुलाई अभ्यास गर्ने ठाउँको अभाव रहेको छ । 

नेपालगन्जमा क्रिकेट मैदानको अभावमा खेल गतिबिधि न्युन हुने गरेको छ । क्रिकेट मैदान कै अभावमा खेलाडीहरु राम्रोसंग खेल अभ्यास गर्न सकेका छैनन्, भने ठुला तथा साना औपचारिक खेल समेत हुन नसकेको खेलाडीहरुको गुनासो छ । 

नेपालगन्जमा क्रिकेटका लागि खेल मैदान नहुँदा खेल खेल्न तथा अभ्यास गर्न समस्या रहेको बाँके क्रिकेट टिमका क्याप्टेन सिद्धान्त राज शाहीले बताउनुभयो । 

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–६ फुल्टेक्रा तालमा क्रिकेट स्टेडियम बनाउने स्थानीय सरकारको योजना रहेको छ । तर तालमा स्थानियको अवरोधका कारण अदालतमा मुद्धा समेत परेको थियो । 

केही समय अगाडी अदालतले उक्त मुद्धाको सुनवाई गर्दै सो स्थानमा क्रिकेट स्टेडियम लगायत्को संरचना बनाउनका लागि केन्द्रिय सरकारसंग अनुमति लिनु पर्ने निर्णय भए पनि प्रक्रिया भने अगाडी बढ्न नसकेको नेपालगन्जका मेयर प्रशान्त बिष्टले बताउनुभयो । 

मेयर विष्टका अनुसार एघारा बिगहा क्षेत्रफल रहेको फुल्टेक्रा तालको चार बिगहा पाँच कट्ठा, १८ धुरमा क्रिकेट स्टेडियम, तीन कट्ठामा वडा कार्यालय, तीन बिगहामा मुस्लिम समुदायको कर्वाला, दुई बिगहा तीन कट्ठा १० धुरमा हिन्दुहरुको मिर्छुवा पुजन, १९ कट्ठा १५ धुरमा पाकिङ्ग र १५ कट्ठामा आवात जावत्का लागि बाटो निर्माण हुने सर्बदलिय सहमति भएको छ । 

उक्त तालको जग्गा संरक्षण गर्नका लागि वरीपरि तारवार भएको छ । निर्धरित संरचना बनाउनका लागि सबै सरोकारवाला निकायसंग समन्वय गरेर निर्माण गर्न योजना रहेको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ । 

नेपालगन्जमा क्रिकेट मैदान नहुँदा मंगलप्रसाद माध्यमिक बिद्यालयको मैदानलाई खेलाडीहरुले प्रयोग गर्दै आए पनि उक्त मैदानमा क्रिकेट खेल्दा बिद्यार्थीहरुको पठनपाठनमा प्रत्यक्ष रुपमा असर पर्ने भएकाले उक्त मैदानमा खेल खेल्न अवरोध हुदै आएको छ । 

उक्त समस्या समाधनका लागि खेलाडीहरुसंग छलफल भैरहेको र केही समयमा टोली बनाएर केन्द्रिय सरकारसंग पहल गर्न जाने मेयर विष्टले बताउनुभयो । 

खेलक्षेत्रलाई माथि उकास्न सरोकारवाला निकायले स्थानीयहरुसंग समान्वय गरी क्रिकेट स्टेडियम निर्माणका लागि केन्द्रिय सरकारसंग यथाशिघ्र पहल गर्नु पर्ने जरुरी छ । अनि मात्रै नेपालगन्जमा क्रिकेट खेलले गतिलिने राष्ट्रिय बोडीविल्डर शुरेस श्रेष्ठले बताउनुभयो । 

 

ताजा

सबै

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

प्रहलाद विश्वर्मा नेपालगंज ६ पुस ।। नेपाल रेडक्रस सोसाइटीको विधान संशोधनका लागि सुझ…

लोकप्रिय

सबै

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

यो पनि

यु–१४ फुटबलमा ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा प्रवेश

यु–१४ फुटबलमा ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा प्रवेश

नेपालगन्ज, २२ कात्तिक । जेन्जी आन्दोलनका कारण रोकिएको यु१४ फुटबल प्रतियोगिता नेपालगन्…

नेपालगञ्जमा पौडी प्रशिक्षण

नेपालगञ्जमा पौडी प्रशिक्षण

नेपालगञ्ज, १२ कात्तिकः नेपालगञ्ज स्वीमिङ क्लबले नेपालगञ्ज नेसनल स्वीमिङ च्याम्पियनसीपको …

शनिबार देखि नेपालगन्जमा यु–१४ छात्र–छात्रा फुटबल हुँदैं

शनिबार देखि नेपालगन्जमा यु–१४ छात्र–छात्रा फुटबल हुँदैं

नेपालगन्ज । शनिबारदेखि नेपालगन्ज रंगशालामा नेपालगन्ज यु१४ छात्रछात्रा अन्तर विद्यालय फ…

एपीएफ क्लबद्धारा लुम्बिनी कप महिला फुटबल उपाधी

एपीएफ क्लबद्धारा लुम्बिनी कप महिला फुटबल उपाधी

विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबले लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटब…