Pairabi logo

असोज २६, २०८३, सोमबार                    

राप्तीसोनारीमा ९६ जनाद्धारा रक्तदान

सम्वाददाता

सम्वाददाता

राप्तीसोनारीमा ९६ जनाद्धारा रक्तदान
ADVERTISEMENT

पवन जायसवाल 
नेपालगन्ज ११ कार्तिक । बाँकेको राप्तीसोनारी वार्ड नंं. ६ मा भएको बृहत रक्तदानमा ९६ जनाले रक्तदान गरेका छन् । ६ नं. वडा कार्यालयको सहयोगमा नेपाल स्वयंसेवी रक्तदाता समाज राप्तीसोनारीको आयोजनामा “रक्तदान जीवनदान” भन्ने उद्देश्यका साथ वृहत रक्तदान कार्यक्रममा विभिन्न व्यक्तित्वले रक्तदान गरेका थिए । 

नेपाल स्वयंसेवी रक्तदाता समाज राप्ती सोनारी अध्यक्ष दिव्या गुरुङ्गको अध्यक्षता, राप्तीसोनारी गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि तप्त पौडेल, नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय अध्यक्ष प्रेम सागर कर्माचार्यले नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त संचार सेवा केन्द्र नेपालगन्जका प्राविधिक प्राविधिक होमराज गिरीलाई र महेश राना क्षेत्रीलाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।

कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय अध्यक्ष प्रेमसागर कर्माचार्यले १ सय ७६ औं पटक र केन्द्रिय सदस्य प्रवास शाक्यले ८० औं पटक र बाँके जिल्ला अध्यक्ष दिला शाहले २६ औं पटक रक्तदान गर्नु भयो । 

यसरी रक्तदान कार्यक्रममा कृष्ण प्रसाद खत्री, सन्तोष थारु, मनोज हरिजन, अरुण कुमार यादव, राम प्रताप मौर्य, राम शंकर थारु, नेपाल स्वयंसेवी रक्तदाता समाज राप्ती सोनारीका अध्यक्ष दिव्य गुरुङ्ग, समाजका सचिव सुकराम थारु, हरि प्रसाद थारु, निम बहादुर बुढाथोकी, गिर बहादुर जिएम, प्रेम बहादुर थारु, मनोज कुमार मौर्य, राम प्रसाद थारु, गणेश बहादुर मगर, चन्द्र बीर चौधरी, राम कुमार थारु, जग बहादुर चौधरी, महेश थापा, लोक बहादुर घर्ती, गोपीलाल थारु, विनोद थारु, नारायण गुरुङ्ग, हिकमत पुन, शिव बहादुर राना, रितेष रावल, दिनेश कुमार थारु, राज कुमार पुन, गहेन्द्र थारु, टेक बहादुर घर्ती, अर्जुन थार, सीताराम थारु, प्रकाश शर्मा, कृष्ण कुमार पुन, बिष्णु पुन रहनुभएको छ ।

यसैगरि सितल थारु, दिनेश थारु, श्रवण सिंह, राजु परियार, मान बहादुर बिक, आकाश परियार, उमेश पुनमगर, सूर्य बहादुर, प्रदीप परियार, डम्बर बिष्ट, सुमन रानामगर, प्रमिला चलाउने, युवराज ऐरी, लोक बहादुर पुनमगर, किशोर थापा, सुरज रेउले, बिशाल थारु, रबिन्द्र थारु, प्रेम बहादुर थारु, बीर बहादुर थारु, पे्रम कुमार चौधरी, भवानी तामाङ्ग, बिनायक राज खनाल, अर्जुमान थारु, सरपुन बुढामगर, गणेश थारु, सुस्मिता थारु, अनिल घतीृमगर, कृष्ण बहादुर ओली, बिक्रम सुनार, सन्तोष थारु, प्रतिमा खरेल, मुकुन्द पाण्डे, सन्तोष थारु, देवीराम घर्ती, प्रेम बहादुर थापा, दीपक थापा, सुरेश थारु, रघु बुढामगर, मनिष तामाङ्ग, अविशेष ओली, नारायण सिंह राजबंशी,  अर्जुन पुन, जिम्बु राना, पूरन रोका, हरि प्रसाद थारु, राम बहादुर थारु, लक्ष्मी थारु, मदन सिंह थारु लगायत ९६ जनाले रक्तदान गर्नुभएको थियो । 

प्रमुख अतिथि पालिका अध्यक्ष तप्त पौडेलले गाउँपालिका तर्फबाट रक्तदान कार्यक्रमका लागी सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । बाँकेका सल्लाहकार पूर्णलाल चुके, राप्ती सोनारी गाउँपालिका वार्ड नं.६ का वडाध्यक्ष लबराज खरेलले वडा कार्यायलले रक्तदान कार्यक्रममा सहगोग गरी रहेको र अझ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त संचार सेवा केन्द्रका होमराज गिरी, महेश राना क्षेत्री, सुनिल रत्गैया, पुनम राना, सञ्जय बढही, बीरेन्द्र योगीले प्राविधिकमा सहयोग गरेका गर्नुभएको थियो । 

सो कार्यक्रममा राप्तीसोनारी गाउँपालिका अध्यक्ष पौडेलले समाजका केन्द्रिय अध्यक्ष प्रेमसागर कर्माचार्यलाई दोसल्ला ओढाएर स्वागत गर्नुभएको थियो ।


 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…