Pairabi logo

पुस ०८, २०८२, मंगलबार                    

लाइफलाइन जनरल हस्पिटलद्धारा निःशुल्क परामर्श

डेक्स

डेक्स

लाइफलाइन जनरल हस्पिटलद्धारा निःशुल्क परामर्श
ADVERTISEMENT

नेपालगन्ज ५ कार्तिक । नेपालगञ्जस्थित लाइफलाइन जनरल हस्पिटलले मिर्गौला पीडित बिरामी र नर्सहरुलाई लक्षित गरेर निःशुल्क परामर्श तथा अन्तरक्रिया गरेको छ । डायलाइसिस गराइरहेका बिरामीलाई हस्पिटलले आफैँ बोलाएर निःशुल्क परामर्श प्रदान गरेको अस्पताल प्रमुख डा।पारश श्रेष्ठले जानकारी दिनुभयो । 

परामर्श कार्यक्रममा डाइटिसियन कुबेर गिरीले डायलाइसिस गराइरहेका बिरामीहरुको डाइट प्लान, के खाने के नखाने, खानाको मात्रा कस्तो हुनुपर्छ लगायतका विषयमा जानकारी गराउनुभयो । उहाँले बिरामीहरुले आफुले अपनाउनुपर्ने सावधानी नअपनाउँदा समस्या हुने गरेको भन्दै अन्य समयमा जस्तै चाडपर्वमा समेत खानपान सन्तुलित गर्न बिरामीहरुलाई आग्रह गर्नुभयो । 

यस्तै कार्यक्रममा फिजिसियन डा। पारस श्रेष्ठले निमोनिया र फ्लू भ्याक्सिन लगायतका बारेमा जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘एक हिसाबले यो बिरामीको लागि पढाइ नै हो भन्दा पनि हुन्छ, मिर्गौलाका बिरामीले लामो आयुको लागि आफैँ अपनाउनुपर्ने सजगता, सावधानी, खानपिनका बारेमा पढाइएको छ, केही भ्रम र तथ्यहरुलाई हाम्रो पार्टबाट चिर्ने प्रयास गरेका छौं ।’

कार्यक्रममा उपस्थित बिरामीहरुले चिकित्सकहरुसँग विभिन्न विषयमा जानकारी लिएका थिए । बिरामीहरुका प्रश्न र जिज्ञासालाई डायटिसियन गिरी र डा। श्रेष्ठले स्पष्ट पार्नुभएको थियो । अस्पतालले दसैं तिहार लगत्तै बिरामीहरुलाई डाइट प्लान चार्टसमेत उपलब्ध गराउने जनाएको छ ।

नेपालगञ्ज र कोहलपुर क्षेत्रका मिर्गौलाको डायलाइसिस गराइरहेका २५ भन्दा बढी बिरामी कार्यक्रममा सहभागी थिए । कार्यक्रममा भेरी अस्पतालका फिजिसियन डा. संकेत रिसालले भेरी अस्पतालको डायलाइसिस सेवाको इतिहास स्मरण गर्दै बिरामीहरुलाई आत्मबल बलियो बनाउन आग्रह गर्नुभयो । उहाँले चिकित्सकले भने बमोजिम खानपानलाई व्यवस्थित गर्न र स्वास्थ्यमैत्री जीवनशैली आत्मसात् गर्न समेत बिरामीहरुलाई अनुरोध गर्नुभयो । 

पछिल्लो समय मिर्गौलाका बिरामी अस्वाभाविक रुपमा बढ्दै गएका छन् । बालबालिकादेखि युवा पुस्तासमेत मिर्गौला समस्यासँग जुधिरहेका छन् । अस्वस्थ खानपिन र बदलिँदो जीवनशैलीका कारण मिर्गौला समस्या भयावह बन्दै गएको चिकित्सकहरुको भनाइ छ ।

ताजा

सबै

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

प्रहलाद विश्वर्मा नेपालगंज ६ पुस ।। नेपाल रेडक्रस सोसाइटीको विधान संशोधनका लागि सुझ…

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

बर्दिया, पुस ६ । बर्दियाको मधुवन र गुलरिया नगरपालिकामा नवनिर्मित किशोरकिशोरीमैत्री …

युवा महिलालाई फोटो तथा भिडियोग्राफी तालिम

बर्दिया, पुस ६ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन…

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

नेपालगन्ज ६ पुस । सुनाखरी रेष्टुरेण्ट प्रा लि. नेपालगन्जले गुणस्तरियतासंगै ब्रान्डिङ्ग ग…

लोकप्रिय

यो पनि

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

प्रहलाद विश्वर्मा नेपालगंज ६ पुस ।। नेपाल रेडक्रस सोसाइटीको विधान संशोधनका लागि सुझ…

अब नरैनापुर मै सुरक्षित मातृत्वको सेवा

अब नरैनापुर मै सुरक्षित मातृत्वको सेवा

बाँके, २७ कार्तिक । नेपालका धेरै दुर्गम गाउँहरूमा आज पनि स्वास्थ्य सेवा पहुँचको विषय…

बाँकेका पत्रकारहरुको निशुल्क मुटु रोग जाँच

बाँकेका पत्रकारहरुको निशुल्क मुटु रोग जाँच

नेपालगञ्ज, २१ कात्तिक । नेपाल पत्रकार महासंघ बाँकेको आयोजना, नेपाल प्रेस युनियन बाँ…

बेलासपुरमा सरसफाइ

बेलासपुरमा सरसफाइ

कार्तिक १८, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा…