Pairabi logo

असोज २६, २०८३, सोमबार                    

लाइफलाइन जनरल हस्पिटलद्धारा निःशुल्क परामर्श

डेक्स

डेक्स

लाइफलाइन जनरल हस्पिटलद्धारा निःशुल्क परामर्श
ADVERTISEMENT

नेपालगन्ज ५ कार्तिक । नेपालगञ्जस्थित लाइफलाइन जनरल हस्पिटलले मिर्गौला पीडित बिरामी र नर्सहरुलाई लक्षित गरेर निःशुल्क परामर्श तथा अन्तरक्रिया गरेको छ । डायलाइसिस गराइरहेका बिरामीलाई हस्पिटलले आफैँ बोलाएर निःशुल्क परामर्श प्रदान गरेको अस्पताल प्रमुख डा।पारश श्रेष्ठले जानकारी दिनुभयो । 

परामर्श कार्यक्रममा डाइटिसियन कुबेर गिरीले डायलाइसिस गराइरहेका बिरामीहरुको डाइट प्लान, के खाने के नखाने, खानाको मात्रा कस्तो हुनुपर्छ लगायतका विषयमा जानकारी गराउनुभयो । उहाँले बिरामीहरुले आफुले अपनाउनुपर्ने सावधानी नअपनाउँदा समस्या हुने गरेको भन्दै अन्य समयमा जस्तै चाडपर्वमा समेत खानपान सन्तुलित गर्न बिरामीहरुलाई आग्रह गर्नुभयो । 

यस्तै कार्यक्रममा फिजिसियन डा। पारस श्रेष्ठले निमोनिया र फ्लू भ्याक्सिन लगायतका बारेमा जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘एक हिसाबले यो बिरामीको लागि पढाइ नै हो भन्दा पनि हुन्छ, मिर्गौलाका बिरामीले लामो आयुको लागि आफैँ अपनाउनुपर्ने सजगता, सावधानी, खानपिनका बारेमा पढाइएको छ, केही भ्रम र तथ्यहरुलाई हाम्रो पार्टबाट चिर्ने प्रयास गरेका छौं ।’

कार्यक्रममा उपस्थित बिरामीहरुले चिकित्सकहरुसँग विभिन्न विषयमा जानकारी लिएका थिए । बिरामीहरुका प्रश्न र जिज्ञासालाई डायटिसियन गिरी र डा। श्रेष्ठले स्पष्ट पार्नुभएको थियो । अस्पतालले दसैं तिहार लगत्तै बिरामीहरुलाई डाइट प्लान चार्टसमेत उपलब्ध गराउने जनाएको छ ।

नेपालगञ्ज र कोहलपुर क्षेत्रका मिर्गौलाको डायलाइसिस गराइरहेका २५ भन्दा बढी बिरामी कार्यक्रममा सहभागी थिए । कार्यक्रममा भेरी अस्पतालका फिजिसियन डा. संकेत रिसालले भेरी अस्पतालको डायलाइसिस सेवाको इतिहास स्मरण गर्दै बिरामीहरुलाई आत्मबल बलियो बनाउन आग्रह गर्नुभयो । उहाँले चिकित्सकले भने बमोजिम खानपानलाई व्यवस्थित गर्न र स्वास्थ्यमैत्री जीवनशैली आत्मसात् गर्न समेत बिरामीहरुलाई अनुरोध गर्नुभयो । 

पछिल्लो समय मिर्गौलाका बिरामी अस्वाभाविक रुपमा बढ्दै गएका छन् । बालबालिकादेखि युवा पुस्तासमेत मिर्गौला समस्यासँग जुधिरहेका छन् । अस्वस्थ खानपिन र बदलिँदो जीवनशैलीका कारण मिर्गौला समस्या भयावह बन्दै गएको चिकित्सकहरुको भनाइ छ ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…