Pairabi logo

असोज २६, २०८३, सोमबार                    

बृहत रक्तदानमा ८० जनाद्धारा रक्तदान

डेक्स

डेक्स

बृहत रक्तदानमा ८० जनाद्धारा रक्तदान
ADVERTISEMENT

पवन जायसवाल / बर्दिया 
बर्दियाको गेरुवामा १ महिला सहित ८० जनाले पहिलो पटक आयोजित बृहत रक्तदान तथा साँस्कृतिक  कार्यक्रममा रक्तदान गरेका छन् । 

गेरुवा गाउँपालिकामा सामाजिक क्षेत्रमा सक्रिय रहेका विभिन्न २० वटा संघसंस्थाहरुको आयोजनामा “रक्तदान जीवनदान” भन्ने उद्देश्यका साथ गेरुवा गाउँपालिका वार्ड नं.–३ शान्ति बजार चौकमा आयोजित वृहत रक्तदान कार्यक्रममा गेरुवा गाउँपालिका उपाध्यक्ष तथा प्रमुख अतिथि लक्ष्मी कुमारी चौधरीले नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त संचार सेवा केन्द्र नेपालगन्जका रामभक्त लम्साललाई, नेपाल स्वयंसेवी रक्तदाता समाजका बर्दियाका अध्यक्ष तथा केन्द्रिय सदस्य प्रेम प्रसाद लम्सालले प्राविधिक होमराज गिरीलाई र बिकास पे्रमी युवा समूह गेरुवाका अध्यक्ष प्रकाश नेपालले प्राविधिक सुनिल रत्गैयालाई संयुक्त रुपमा रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरीे कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । 

प्रथम पटक आयोजित बृहत रक्तदान तथा साँस्कृतिक कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय केन्द्रिय सदस्य प्रेम प्रसाद लम्साल ६६ पटक, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार तथा वरिष्ठ रक्तदाता पवन जायसवालले ९७ पटक रक्तदान गर्नु भएको छ । 

यसरी उक्त रक्तदान कार्यक्रममा बिकास पे्रमी युवा समूह गेरुवाका अध्यक्ष प्रकाश नेपाल, सक्रिय युवा सञ्जाल गेरुवाका अध्यक्ष निश्चल न्यौपाने, सागर कुमार थारु, जीवन कुमार चौधरीे २२ औं पटक रक्तदान गर्नुभएको छ । 

यसैगरी लिसन थारु, हेलुराम थारु, दिपक थारु, रोशन पाण्डे, जनक शाही, हितेष भूल, तिलकराम थारु, भीमनाथ योगी, मेनुका रावल, राम गोपाल चौधरी, दिपेन्द्र काफ्ले, भीम बहादुर भण्डारी, जमान सिंह कडायत, दिपेष धामी, होम प्रसाद चौधरी, मकर कडायत, महेश कुमार चौधरी, भागीराम थारु, नरेन्द्र प्रसाद पौडेल, कोमल थारु, बिष्णु थारु, किरन चौधरी, करम कुमार चौधरी, रमेश बिश्वकर्मा, जनम चौधरी, हरिलाल थारु, बिकास पे्रमी युवा समूह बिदेश विभाग उपाध्यक्ष चन्द्र बहादुर रोकाया, जनक थापा, सुरज सोनहा, पंकज थारु, प्रदीप कुमार मगर, गंगन बहादुर सिंह, निर्मल चौधरी, भाजुरत्न थारु, प्रदीप थारु, हितेष शाही, हरि प्रसाद थारु, भीम बहादुर थारु, होमलाल थारु, सुरज खत्री, अमित धामी, मातृका देवकोटा, मीनराज चौधरी, महादेव बोहरा, ललित बिक, राजेश बिश्वकर्मा, जीवन तिरुवा, अजय बैद्य, सञ्जय थारु, सिर्जन कुमार चौधरी, धमेन्द्र बुढा, बिकास गुरुङ्ग, धिरेन तामाङ्ग, राजाराम भट्टराई, सोनापति चौधरी, रामबहादुर थारु, गोपीराम चौधरी, राज कुमार थारु, बिष्णु खटकटुवा, निरज कुश्मी, दमनकुमार चौधरी, सञ्जय चौधरी, सुरेशकुमार चौधरी, राजु चौधरी, धर्म भूल, अर्जुन थारु, खुम बहादुर थारु, चक्रराज तिमिल्सिेना, लक्षमण बिक, नदिन श्रवण थारु, समीर चौधरी, राजेश थारु, राजेश रावत, कमल बिश्वकर्मा लगायत १ महिला सहित ८० जनाले रक्तदान गरेका छन् । 

सक्रिय युवा सञ्जाल गेरुवाका अध्यक्ष निश्चल न्यौपानेद्वारा सञ्चालित, बिकास पे्रमी युवा समूह गेरुवाका अध्यक्ष प्रकाश नेपालको अध्यक्षतमा सम्पन्न साँस्कृतिक कार्यक्रममा  गेरुवा गाउँपालिका अध्यक्ष जमान सिंह केसी, उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी, पालिकाका वडाध्यक्षहरुको सक्रिय सहभागितामा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको नृत्य तथा गीत प्रस्तुती रहेको थियो ।

 बर्दिया जिल्लाका चर्चित कलाकार विभिन्न भाषामा फिल्म बनाएका खगेन्द्र नेपालको हुडके नाँच, लोक तथा दोहरी गायिका चन्दा पोखरेल, नरेन्द्र सोनहा, राजेश बिश्वकर्मा, गेरुवा जनकनगरका सामुदायिक होमस्टेका कलाकारहरुले थारु समुदायका लाठी नृत्य, तामाङ्ग समुदायका नृत्य यसरी विभिन्न किसिमका नृत्य तथा गीत प्रस्तुतीका साथ दर्शकहरुलाई मनोरञ्न गराएका थिए । 

नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार तथा वरिष्ठ रक्तदाता पवन जायसवालले ९७ औं पटक रक्तदान गरेकोमा उक्त कार्यक्रममा गेरुवा गाउँपालिका अध्यक्ष जमान सिंह केसी, उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले संयुक्त रुपमा प्रमाण–पत्र प्रदान गर्नु भएको थियो । भने नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त संचार सेवा केन्द्र नेपालगन्जका रामभक्त लम्साललाई प्राविधिक सहयोग गरेकोले प्रमाण–पत्र प्रदान गरिएको थियो । 

सो कार्यक्रम गेरुवा गाउँपालिकाको सहकार्यमा, बिकास पे्रमी युवा समूह गेरुवा, सक्रिय युवा समाज, राइजिङ्ग नेपाल युथ क्लब, आईस बर्दिया, सचेत युवा समाज, बाल युवा क्लब दक्षिणपुर, कालिका युवा समाज गेरुवा, बिश्व हिन्दू युवा संघ, कविला युवा क्लब मनाउ, नेरेसो, जुनकिरी युवा क्लब पशुपति नगर, नेपाल स्वयंसेवी रक्तदाता समाज गेरुवा नगर समिति, गेरुवा यूथ युनाइटेड, भीएफजी, गेरुवा युवा क्लब मनाउ, सर्जिनशील युवा समाज लगायत २० वटा संघ संस्थाको आयोजना, एभान्जिला इन्टरप्राइजेज, स्वस्तिका टडर्स राजापुर, भेरी मालिका पोलिक्लिनिक प्रालि शान्तिपुर, भट्टराई राइस मिल, यूनिक नेपाल, भलङग्री सामुदायिक वन उपभोक्ता समूह, शान्तिबजार बजार व्यवस्थापन समिति गेरुवा, मिडिया पार्टनर गेरुवा अपडेट, रशमी इन्टरप्राइजेज लगायत प्रायोजकमा रहेका थिए ।

प्राविधिकमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त संचार सेवा केन्द्रका रामभक्त लम्साल, होमराज गिरी, महेश राना क्षेत्री, सुनिल रत्गैया, महेश चौधरी, केशर सिंह डाँगी, बीरेन्द्र योगीले प्राविधिकमा सहयोग गरेका थिए ।

नेपाल स्वयंसेवी रक्तदाता समाज गेरुवा नगर समिति तथा बिकास पे्रमी युवा समाज गेरुवा की सचिव लङकेश्वरी खत्री, लगायत विभिन्न संघसंस्थाका पदाधिकारी, स्थानीय, साजसेवी, बुद्धिजिवीहरुको सहभागिता रहेको थियो ।

उक्त रक्तदान कार्यक्रममा ८० जना मध्येमा ४० जना थारु समुदायका स्वंयसेवी रक्तदाताहरुले रक्तदान गरेका छन् । 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…