Pairabi logo

असोज २६, २०८३, सोमबार                    

नेपालगन्ज मेडिकल कलेजमा अब न्यूरोसाइन्स सेवा

डेक्स

डेक्स

नेपालगन्ज मेडिकल कलेजमा अब न्यूरोसाइन्स सेवा
ADVERTISEMENT

नेपालगन्ज २० असोज । नेपालगन्ज मेडिकल कलेजले न्यूरोसाइन्स सेवा प्रवाह गर्ने भएको छ । न्यूरोका बिरामीका लागि स्तरीय सेवा प्रवाह गर्नेक्रममा अन्नपूर्ण न्यूरो अस्पतालसंगको सहकार्यमा न्यूरोसाइन्स सेवा प्रवाह गर्ने भएको हो । ओपिडी वार्ड र सघन कक्षमा अबदेखि अन्नपूर्ण न्यूरो अस्पतालका विशेषज्ञले सेवा दिनेछन् ।

योसंगै मेडिकल कलेज शिक्षण अस्पतालको न्यूरो सेवा स्तरीय हुनेछ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल र अन्नपूर्ण न्यूरोलोजिकल तथा अलाइड साइन्स काठमाडौं बीच १८ बुँदे सहमतिसंगै अस्पतालको न्यूरो सेवा स्तरीय हुने भएको छ । यो सहमतिसंगै पश्चिम नेपालका बिरामीहरुलाई न्यूरोसाइन्सको क्षेत्रमा उच्च स्तरीय सेवा प्रवाह हुन बिश्वास लिइएको छ। नेपालगन्ज मेडिकल कलेज र कोहलपुर मेडिकल कलेजमा न्यूरो अस्पतालबाट तीन जना सियिनर न्यूरो विशेषज्ञ र २ जना रेसीडेन्ट खटाइने सहमति भएको नेपालगन्ज मेडिकल कलेज नेपालगन्जका सह(निर्देशक डा नितेशकुमार कनोडियाले जानकारी दिनुभयो ।

यसरी खटाइएक न्यूरो टिमलाई नेपालगन्ज मेडिकल कलेजले हरेक महिना आपसि सहमति अनुसार महिनावारी तलब दिने र अन्नपूर्ण अस्पतालबाट खटिएका न्यूरोसर्जनले प्राईभेटमा प्रयाक्टिस गर्न भने पाउने छैनन् । नेपालगन्ज मेडिकल कलेजमा उपचार सम्भव नभएका न्यूरो सम्बन्धि विरामीलाई अन्नपूर्ण न्यूरो अस्पतालमा पठाउने व्यवस्था गरिने पनि सहमति भएको छ ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालकातर्फबाट प्रबन्ध संचालक डा। सुरेश कुमार कानोडिया र अन्नपूर्ण न्यूरोलोजिकल तथा अलाइड साइन्सकातर्फबाट अध्यक्ष डा। बसन्त पन्तले हस्ताक्षर गर्नुभएको सहमतिमा अन्नपूर्ण न्यूरो अस्पतालले प्राबिधिक हाराहारीमा सेवा बिस्तार गरिनेछ ।

सहमती पत्रको पुर्ण पाठ 

1. NGMC को Department of Neuroscience ANIAS को प्राविधिक सहयोग र सुझाव मा संयुक्त रुपले संचालन हुने छ । यसरी पश्चिम नेपालका बिरामीहरुलाई Neuroscience को क्षेत्रमा उच्च स्तरीय सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ।

2.  Nepalgunj Medical College को कोहलपुर नेपालगंज दुइटै ठाउको Neuroscience Dept ANIAS / NGMC को संयुक्त संचालनमा रहने छन । यसरी संचालनमा आएको Neuroscience Department को ओ.पि.डि. वार्ड, सघन कक्ष साथै प्रेस्किप्सन आदिमा ANIAS संगको सहकार्य रहेको LOGO रहनु पर्ने छ ।

3. यस सहमति अनुसार ANIAS बाट खटिएका न्युरोसर्जनले प्राईभेट प्रैक्टिस गर्न पाउने छैनन ।

4. NGMC मा ANIAS को तर्फबाट ३ जना सियिनर न्युरो विशेषज्ञ र २ जना रेसीडेन्ट खटाइने छ । यसरि खटाइएको न्युरो टिमलाई NGMC ले हरेक महिना आपसि सहमति अनुसार महिनावारी तलब दिनेछ ।

5. (ANIAS NGMC बिच भएको थप सम्झौता पत्र बमोजिमको रकम NGMC ले ANIAS लाई उपलब्ध गराउने छ । सो रकमबाट ANIAS ले आफ्नो टिमलाई प्रत्येक ३ महिनाको अन्तरालमा भत्ता प्रदान गर्ने छ र बचेको रकम Social works CME / गोष्ठी Staff Training मा खर्च गरिने छ ।

6. ANIAS ले NGMC का PG resident, Doctor र अन्य staff हरुलाई Neurosurgical सम्बन्धी आवश्यक Training को अबसर प्रदान गर्ने छ।

7. NGMC मा न्युरो सर्जिकल सेवा सम्बन्धि जुनसुकै शैक्षिक कार्यक्रम, सेमिनार, गोष्ठि, Publication लगायतका शैक्षिक क्रियाकलापहरु दुवै पक्षद्वारा संयुक्त रुपमा गरिने छ । 

 8. ANIAS बाट NGMC अस्पतालमा नियुक्त भएका न्युरो सर्जन तथा मिजिटिश न्यूरो सर्जनहरुलाई आवश्यक शैक्षिक उपाधि प्रदान गर्ने आवश्यक प्रबन्ध मिलाउन NGMC ले कार्य अगाडि बढाउने छ ।

9. न्यूरो सेवालाई आवश्यक पर्ने मेडिकल अफिसर, नर्स तथा प्यारा मेडिकल तथा अन्य आवश्यक जनशक्ति तलब तथा अन्य सुविधाहरु NGMC ले उपलब्ध गराउने छ ।

10. न्युरो सर्जिकल सेवाका लागि चाहिने उपकरण तथा अन्य भौतिक पूर्वाधारका सामाग्रीहरु NGMC ले उपलब्ध गराउने र ANIAS को सिफारिसमा उपकरणहरु समय सापेक्ष रुपमा स्तरोन्नती गर्दै लैजान छ ।

11. ANIAS बाट NGMC मा खटिएका न्युरो सर्जन कुनै कारण विदामा बस्नुपरेमा वा न्युरोसंग सम्बन्धित कार्यका लागी ANIAS बाट काजमा खटिएका डाक्टरहरूका लागि आवास तथा अवातजावतका लागी टिकटको व्यवस्था र उचित Daily Allowance NGMC ले गर्ने छ ।

12. ANIAS लाई कुनै पनि आर्थिक भार नपर्ने गरि NGMC मा न्युरो साइन्सको विकासमा सहयोग र सहकार्य हुनेछ ।

13 न्युरो बिरामीहरु संग सम्बन्धित सबैको ओ.पि.डि. आई. पि.डि. अप्रेसन, डिस्चार्ज तथा उपचारमा रहेका बिरामीहरुको फोटो सहितको डाटावेस मा राख्ने व्यवस्था NGMC से मिलाउने छ । यसरी राखिएको Database रेकर्ड मा ANIAS र NGMC को संयुक्त अधिकार रहने छ ।

14 NGMC मा उपचार गरिएका बिरामी प्रतिको दायित्व NGMC र उपचारमा संलग्न चिकित्सकको हुने छ । यसमा ANIAS को कुनै प्रकारको दायित्व रहने छैन ।

15 संयुक्त प्रयासबाट शैक्षिक प्राज्ञिक तथा अनुसन्धानात्मक कार्यहरु एक आपसमा समन्वय गरी संचालन गरिने छ । यस्ता कार्यक्रमहरुका लागि न्यूरो विभागसँग सम्बन्धित सम्पूर्ण डाटा तथा रेकर्डहरु अवलोकन, अध्ययन गर्न NGMC ने ANIAS लाई उपलब्ध तथा सहयोग गर्ने छ । यसका साथै ANIAS बाट गएको Neuro Expert द्वारा गरिएको हरेक क्रियाकलापको आर्थिक विवरण पनि NGMC से उपलब्ध गर्ने छ ।

16 NGMC मा उपचार सम्भव नभएका न्यरो सम्बन्धि विरामीलाई ANIAS मा पठाउने व्यवस्था गरिने छ।

17 यस सहमतिमा थपघट तथा संशोधन गर्नु पर्ने भएमा दुवै पक्षको आपसी सहमतिमा थपघट तथा संशोधन गर्न सकिने छ ।

18. कुनै पक्षले यो सम्झौता भंग गर्न चाहेमा ३ महिना अगावै लिखित सूचना दिएर मात्र सम्झौता रद्द गर्न पाईने छ ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…