Pairabi logo

कात्तिक ०१, २०८३, शनिबार                    

काँग्रेसद्धारा पालिका तथा वडा सभापतिलाई प्रशिक्षण

डेक्स

डेक्स

काँग्रेसद्धारा पालिका तथा वडा सभापतिलाई प्रशिक्षण
ADVERTISEMENT

नेपालगन्ज, ६ असोज । नेपाली काँग्रेस बाँकेले आफना कार्यक्रताहरुलाई दक्ष र थप जागरुक बनाउन प्रशिक्षण दिन थालेको छ । पालिका तथा वडा सभापतिहरुका लागि एकदिने प्रशिक्षण कार्यक्रम आज शनिबार नेपालगन्जमा गरिएको छ । 

काँग्रेस बाँके प्रशिक्षण शाखाद्धारा आयोजित प्रशिक्षणमा बाँकेका ८ वटै पालिकाका सभापतिहरु, ८१ वटा वडाका सभापतिहरुलाई प्रशिक्षण दिइएको प्रशिक्षण शाखाका सचिव उमा थापा मगरले बताउनुभयो । 

प्रशिक्षण कार्यक्रमको शुभारम्भ गर्दै नेपाली काँग्रेस लुम्विनी प्रदेश उपसभापति एवम् प्रशिक्षण विभागका प्रमुख भुवन प्रसाद श्रेष्ठले कार्यकर्ताहरुको वैचारिक धार चम्काउनका लागि पार्टी प्रशिक्षण आवश्यक भएको बताउनुभयो । उहाँले पार्टीको प्रशिक्षण विभागले, प्रदेशभरिका पार्टीको विभिन्न संरचना माताहतका कार्यक्रताहरुलाई प्रशिक्षण गरि दक्ष कार्यक्रता तयार गर्ने भन्दै संगठनको सिद्धान्त, विचार नीतिका बारेमा हरेक कार्यक्रतालाई जानकारी हुनुपर्नेमा जोड दिनुभयो । 

काँग्रेस बाँके सभापति नारायण प्रसाद गौडेलले पार्टी प्रशिक्षण कार्यक्रमलाई जिल्ला व्यापी रुपमा विस्तार गर्ने भन्दै अहिले वडा र गाउँपालिका नेतृत्व तहबाट प्रशिक्षण कार्यक्रम शुरु गरिएको बताउनुभयो । उहाँले पार्टीको आधारभुत जानकारीसंगै स्थानीय वडास्तरमा सम्वन्ध विस्तार, समन्वयकारी भुमिका लगायतका बारेमा प्रशिक्षण गर्न जरुरी रहेको बताउनुभयो । 

काँग्रेस बाँके उपसभापति एवम् जिल्ला प्रशिक्षण विभाग प्रमुख गोपाल प्रसाद अधिकारीले दक्ष कार्यकर्ता र जागरुकता प्रदान गर्न प्रशिक्षण आवश्यक भएको भन्दै जिल्लास्तरका सबै कार्यक्रताहरुलाई प्याकेजमा प्रशिक्षण दिने योजना रहेको बताउनुभयो ।

उहाँका अनुसार पार्टीका विभिन्न संरचनामा नेतृत्व गरिरहेका पदाधिकारीलाई प्रशिक्षित गरि विभिन्न निकायसंगको समन्वयकारी भुमिकालाई अझ बढी प्रभावकारी बनाउने बताउनुभयो । 

संगठनको सिद्धान्त, संरचना, पालिका तथा वडा सभापतिहरुको काम कर्तव्य अधिकार, कार्यक्रताको व्यवहार तथा आचरण, पार्टीको संचालन, प्रक्रिया, योजना निमार्ण, बैठक सञ्चालन, सभा समारोहमा गरिने भाषण, तथा भुमिका लगायतका विषयमा प्रशिक्षण दिइएको छ । 

प्रशिक्षण कार्यक्रममा प्रमुख प्रशिक्षक तीर्थ पौडेल, प्रशिक्षण विभागका प्रमुख भुवन प्रसाद श्रेष्ठ, प्राध्यापक अशोक श्रेष्ठ, वरिष्ठ पत्रकार हेमन्त कर्माचार्य, पत्रकार राकेश कुमार मिश्र, अधिवक्ता कपिल देव शर्मा, नेपाल तरुण दलका पुर्व महासचिव हुर्मत न्यौपाने, प्रशिक्षण शाखा सचिव उमा थापामगर, कांग्रेस बाँकेका प्रवक्ता डिल्ली गिरीले सहजीकरण गर्नुभएको थियो । 


–––
 

ताजा

सबै

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

काठमाडौँ कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु …

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

नेपालगन्ज १ साउनः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तम…