Pairabi logo

पुस २६, २०८२, शनिबार                    

बर्दियाको ठाकुरबाबामा रोजगार मेला

डेक्स

डेक्स

बर्दियाको ठाकुरबाबामा रोजगार मेला
ADVERTISEMENT

बर्दियाको ठाकुरबाबा नगरपालिकाले बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको सहकार्यमा ठाकुरबाबा नगरपालिका–१ बारबर्दियामा संविधान दिवस तथा रोजगार मेला भव्य रुपमा सम्पन्न गरेको छ । स्थानीयस्तरमा दक्ष युवा पुस्तालाई व्यावसायिक तालिम सम्पन्न गरी स्थानीय रोजगारदातासँग समन्वय र सम्पर्क गराएर रोजगारीका अवसर सिर्जना गर्ने गरी संविधान दिवस तथा रोजगार मेलाको आयोजना गर्न सो रोजगार मेला आयोजना गरिएको थियो ।

ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्सालको अध्यक्षतामा भएको उद्घाटन सत्रमा उपमेयर बिना भट्टाराइ, जिल्ला समन्वय समितिका संयोजक ओमकार शाह तथा प्रमुख जिल्ला अधिकारी रामहरि रिजाल लगायत वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुको पनि सहभागिता रहेको थियो । 

सो अवसरमा बोल्दै मेयर लम्सालले यो मेलाले बेरोजगारहरुलाई रोजगार खोज्न अवसर प्रदान गरेकोले यस्ता कार्यक्रम निकै अहम हुने बताउनुभयो । उहाँले रोजगारदातालाई ल्याएर रोजगार दिने वातावरण समेत बनाईएकोले यो मेला अतिनै प्रभावकारी भएको बताउनुभयो । 

सो अवसरमा उद्योग वाणिज्य संघका प्रतिनिधि, इलाका प्रहरी, राष्ट्रिय निकुञ्ज, नेपाली सेना, रेडक्रसकर्मीको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा पर्यटन विकास बोर्ड, खानेपानी उपभोक्ता महासंघ, शिक्षा इकाइ प्रमुख, विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थी, स्वास्थ्य अधिकारी तथा रोजगारदाता, ठाकुरबाबा अपाङ्ग महासंघका अध्यक्ष, यातायात व्यवसायी समिति, नागरिक समाज संगठन र शाखा प्रबन्धकहरूको पनि उपस्थिति रहेको थियो ।

बर्दियाका रोजगारदाताहरु हाम्रो मध्यवती बचत तथा ऋण सहकारी, नेपाल कम्प्युटर संघ महासङ्घ, निर्माण व्यवसायी सङ्घ, लुम्बिनी प्राविधिक विद्यालय, बबई रिसोर्ट लिमिटेड, ठाकुरबाबा चेम्बर अफ कमर्स र राष्ट्रिय वाणिज्य सङ्घलगायत ११ स्थानीय सेवाप्रदायक व्यवसायीले मेलामा आफ्नो स्टल राखेका थिए । 

प्लान इन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लबको साझेदारीमा सञ्चालित पर्ल परियोजना अन्तर्गत विभिन्न तालिम सम्पन्न गरेका प्रशिक्षार्थीहरुले आफ्नो स्टल समेत राखेर आगन्तुकहरुलाई जानकारी गराएका थिए । त्यस्तै बी ग्रुपले पनि मेलामा आफ्नो स्टल राखेको थियो । स्थानीय विकासकालागि दक्ष जनशक्ति उत्पादन गरेको भन्दै ठाकुरबाबा नगरपालिकाले स्थानीय रोजगारदाता र बाँके युनेस्को क्लबलगायतका नागरिक समाजका संस्थालाई सो अवसरमा प्रशंसा पत्र प्रदान गरेको थियो । 

कार्यक्रममा विभिन्न सामुदायिक तथा आवासीय विद्यालयका विद्यालयका बालबालिकाले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरी उपस्थित दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । 

आर्थिक विकास अधिकृत कलामबहादुर विष्टले रोजगारीका अवसर प्रत्येक नागरिकको मौलिक अधिकार भएको बताउँदै स्थानीय रोजगारदातासँगको संयुक्त समन्वय र सहकार्य र सम्पर्कबाट दक्ष युवा पुस्ताका लागि रोजगारीका अवसर सिर्जना गर्न हामी सबैको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभयो । 

कार्यक्रममा सबै सम्बन्धित निकाय र सरोकारवालाहरूले स्थानीय उद्यमीलाई प्रवर्द्धन र दक्ष जनशक्तिका लागि रोजगारीका अवसरहरू उपलब्ध गराउने धारणा व्यक्त गरेका थिए ।

ताजा

सबै

डुडुवाको १९औँ गाउँसभा

डुडुवा (बाँके), २५ पुस । बाँके डुडुवा गाउँपालिकाको १९औँ गाउँसभा बसेको छ । आज शु…

जानकी गाउँपालिकाको हिंसा सम्वोधनका लागि सिफारिस प्रर्णाली निर्देशिका निमार्ण

नेपालगन्ज । बाँके जानकी गाउँपालिकाको महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्वोधनका …

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आ…

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

लोकप्रिय

सबै

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

डिजिटल हिंसामा आधारित कचहरी नाटक ‘स्वतन्त्र पाईला’ प्रर्दशन शुरु

नेपालगन्ज, २१ पुस । लैङ्गिक हिंसा सम्वन्धी कानुनी सचेतना अन्र्तगत डिजिटल हिंसामा आधार…

सार्वजनिक सरोकार समूहद्धारा अदालतको आदेश कार्यान्वयनमा जोड

बसन्त गौतम नेपालगञ्ज, २३ पुस। सार्वजनिक सरोकार कानून व्यवसायी समूहको बुधबार बसेको ब…

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आ…

यो पनि

नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

नेपालगन्ज, १५ पुसः नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच…

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

नेपालगन्ज, १५ पुसः नेपालगञ्जमा रहेका होटलले अङ्ग्रेजी नयाँ वर्ष २०२६ मा एक साताका ला…

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

नेपालगन्ज ६ पुस । सुनाखरी रेष्टुरेण्ट प्रा लि. नेपालगन्जले गुणस्तरियतासंगै ब्रान्डिङ्ग ग…

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…