Pairabi logo

असोज २१, २०८३, बुधबार                    

बर्दियाको ठाकुरबाबामा रोजगार मेला

डेक्स

डेक्स

बर्दियाको ठाकुरबाबामा रोजगार मेला
ADVERTISEMENT

बर्दियाको ठाकुरबाबा नगरपालिकाले बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको सहकार्यमा ठाकुरबाबा नगरपालिका–१ बारबर्दियामा संविधान दिवस तथा रोजगार मेला भव्य रुपमा सम्पन्न गरेको छ । स्थानीयस्तरमा दक्ष युवा पुस्तालाई व्यावसायिक तालिम सम्पन्न गरी स्थानीय रोजगारदातासँग समन्वय र सम्पर्क गराएर रोजगारीका अवसर सिर्जना गर्ने गरी संविधान दिवस तथा रोजगार मेलाको आयोजना गर्न सो रोजगार मेला आयोजना गरिएको थियो ।

ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्सालको अध्यक्षतामा भएको उद्घाटन सत्रमा उपमेयर बिना भट्टाराइ, जिल्ला समन्वय समितिका संयोजक ओमकार शाह तथा प्रमुख जिल्ला अधिकारी रामहरि रिजाल लगायत वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुको पनि सहभागिता रहेको थियो । 

सो अवसरमा बोल्दै मेयर लम्सालले यो मेलाले बेरोजगारहरुलाई रोजगार खोज्न अवसर प्रदान गरेकोले यस्ता कार्यक्रम निकै अहम हुने बताउनुभयो । उहाँले रोजगारदातालाई ल्याएर रोजगार दिने वातावरण समेत बनाईएकोले यो मेला अतिनै प्रभावकारी भएको बताउनुभयो । 

सो अवसरमा उद्योग वाणिज्य संघका प्रतिनिधि, इलाका प्रहरी, राष्ट्रिय निकुञ्ज, नेपाली सेना, रेडक्रसकर्मीको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा पर्यटन विकास बोर्ड, खानेपानी उपभोक्ता महासंघ, शिक्षा इकाइ प्रमुख, विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थी, स्वास्थ्य अधिकारी तथा रोजगारदाता, ठाकुरबाबा अपाङ्ग महासंघका अध्यक्ष, यातायात व्यवसायी समिति, नागरिक समाज संगठन र शाखा प्रबन्धकहरूको पनि उपस्थिति रहेको थियो ।

बर्दियाका रोजगारदाताहरु हाम्रो मध्यवती बचत तथा ऋण सहकारी, नेपाल कम्प्युटर संघ महासङ्घ, निर्माण व्यवसायी सङ्घ, लुम्बिनी प्राविधिक विद्यालय, बबई रिसोर्ट लिमिटेड, ठाकुरबाबा चेम्बर अफ कमर्स र राष्ट्रिय वाणिज्य सङ्घलगायत ११ स्थानीय सेवाप्रदायक व्यवसायीले मेलामा आफ्नो स्टल राखेका थिए । 

प्लान इन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लबको साझेदारीमा सञ्चालित पर्ल परियोजना अन्तर्गत विभिन्न तालिम सम्पन्न गरेका प्रशिक्षार्थीहरुले आफ्नो स्टल समेत राखेर आगन्तुकहरुलाई जानकारी गराएका थिए । त्यस्तै बी ग्रुपले पनि मेलामा आफ्नो स्टल राखेको थियो । स्थानीय विकासकालागि दक्ष जनशक्ति उत्पादन गरेको भन्दै ठाकुरबाबा नगरपालिकाले स्थानीय रोजगारदाता र बाँके युनेस्को क्लबलगायतका नागरिक समाजका संस्थालाई सो अवसरमा प्रशंसा पत्र प्रदान गरेको थियो । 

कार्यक्रममा विभिन्न सामुदायिक तथा आवासीय विद्यालयका विद्यालयका बालबालिकाले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरी उपस्थित दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । 

आर्थिक विकास अधिकृत कलामबहादुर विष्टले रोजगारीका अवसर प्रत्येक नागरिकको मौलिक अधिकार भएको बताउँदै स्थानीय रोजगारदातासँगको संयुक्त समन्वय र सहकार्य र सम्पर्कबाट दक्ष युवा पुस्ताका लागि रोजगारीका अवसर सिर्जना गर्न हामी सबैको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभयो । 

कार्यक्रममा सबै सम्बन्धित निकाय र सरोकारवालाहरूले स्थानीय उद्यमीलाई प्रवर्द्धन र दक्ष जनशक्तिका लागि रोजगारीका अवसरहरू उपलब्ध गराउने धारणा व्यक्त गरेका थिए ।

ताजा

सबै

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

लोकप्रिय

सबै

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

यो पनि

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

बर्दिया, ५ असोजः वीरबहादुर चौधरी दुर्घटनामा परी पूर्ण अपाङ्गता भएपछि बढैयाताल गाउँप…

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

नेपालगञ्ज भदौ २५ । नेपालगञ्जमा रहेको सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण …

भोटेकोशी बाढीपिडितको राहतका लागि सुनाखरीद्धारा ५१ हजार सहयोग

भोटेकोशी बाढीपिडितको राहतका लागि सुनाखरीद्धारा ५१ हजार सहयोग

नेपालगन्ज १६ भदौ । भोटेकोशी नदीमा आएको बाढीबाट पिडित भएकाहरुको राहतका लागि सुनाख…