Pairabi logo

असोज २६, २०८३, सोमबार                    

हात्तीपाइलेको आम औषधि सेवनदर बढाउन व्यवहार परिवर्तनमा जोड

डेक्स

डेक्स

हात्तीपाइलेको आम औषधि सेवनदर बढाउन व्यवहार परिवर्तनमा जोड
ADVERTISEMENT

नेपालगञ्ज उपमहानगरपालिकाको मुख्य बजार क्षेत्र हो, वडा नम्बर ३ । यहाँको सबैभन्दा पुरानो बजार क्षेत्र समेटिएको वडा नम्बर ३ मा मधेशी र मुस्लिम समुदायको बसोबास छ । सरकारले हात्तीपाइले रोग विरुद्धको औषधि निरन्तर खुवाउँदै उन्मूलनको लक्ष्य लिए पनि औषधि सेवनदर अत्यन्त न्यून छ ।

सन् २०२१ मा २३ प्रतिशत कभरेज रहेकोमा २०२२ मा घटेर २२ प्रतिशतमा झर्यो । कभरेज बढ्नुको साटो घटेपछि सरोकारवाला चिन्तित भए । औषधि सेवनदर बढाउन जिल्ला तथा उपमहानगरपालिकाका स्वास्थ्य अधिकारीहरुसंगको परामर्श र छलफलका आधारमा आम औषधि सेवनको न्यून कभरेज भएको वडा नम्बर ३ लाई लैंगिक समानता तथा सामाजिक समावेशीकरण (लैससास) एकिकृत व्यवहार परिवर्तन प्रायोगिक (पाइलट) क्रियाकलापका लागि छनौट गरियो ।

पाइलट क्रियाकलापको मुख्य लक्ष्य आम औषधि सेवन सम्बन्धि सचेतीकरण गर्ने, समुदायको संलग्नता बढाउने र औषधि सेवन गराउनु थियो । त्यसका लागि दक्ष व्यवहार परिवर्तन समूह गठन गरी समुदायमा परिचालन गरिएको थियो । व्यवहार परिवर्तन समूहले आम औषधि सेवन कार्यक्रम सञ्चालन हुनु पूर्व सचेतना फैलाउने, घरदैलो गर्दै औषधि वितरण गर्ने, क्रमिक भेटघाट गरी आम औषधि सेवनका लागि प्रभावित गर्ने लगायतका कार्यहरु गरेको लैससासकी शोभा लामाले बताउनुभयो ।

पाइलट क्रियाकलापका मुख्य सिकाईहरुका बारेमा जानकारी गराउन आज नेपालगञ्जमा आयोजित कार्यशालामा लामाले औषधिप्रतिको गलत धारणा र बुझाई मुख्य समस्या भएको बताउनुभयो । समाजका अगुवाहरुले औषधिबारे अफबाह फैलाउने गरेको पाइएको छ ।

पाइलट क्रियाकलापपछि हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रमलाई प्रभावकारी बनाउन औषधि सेवनमा सहभागिता न्यून भएका सहरी क्षेत्रलाई दृष्टिगत गरी हात्तीपाइले र आम औषधि सेवनलाई सुदृढीकरण गर्न सहरी क्षेत्र अनुकूल स्थानीय आम औषधि सेवन रणनीति तयार गर्नुपर्ने, आम औषधि सेवन भन्दा अगाडि वा वितरणको दौरानलाई लक्षित गरी सूचना, शिक्षा र संवाद सामग्रीहरु सुधार गर्नुपर्ने र निर्दिष्ट सामाजिक परिचालनलाई समुदायमा सुदृढीकरण गर्नुपर्ने निष्कर्ष निकालिएको लामाले बताउनुभयो ।

पाइलट क्रियाकलापका दौरान न्यून औषधि सेवन भएका टोलहरुमा २९१ घरधुरी मध्ये २४१ अर्थात ८२ प्रतिशत बजार क्षेत्रकै मानिसले औषधि सेवन नगरेको पाइएको छ । मधेशी र मुस्लिम समुदायको बसोबास रहेका अन्य वडाहरुमा पनि निकै कम कभरेज छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले स्वागत मन्तब्यसंगै कार्यशालाको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । लैससासकी लामाले लैससास व्यवहार परिवर्तन प्रायोगिक (पाइलट) र औम औषधि सेवनमा सामाजिक परिचालनका महत्वपूर्ण सिकाई र सुझाबहरुबारे प्रस्तुतिकरण गर्नुभएको थियो ।

भावी कार्यदिशाबारे समूहगत छलफल गरिएको कार्यशालामा नगर प्रमुख प्रशान्त विष्ट, प्रबक्ता प्रमोद रिजाल, वडा नम्बर ३ का वडा अध्यक्ष मो. अयुब सिद्दिकी, निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्खबहादुर थापा लगायतको सहभागिता थियो । 

कार्यशालामा सहजीकरण हात्तीपाइले फोकलपर्सन विनोद विकले गर्नुभएको थियो । हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रम २०७९ फागुन ११ गतेदेखि फागुन २१ गतेसम्म सञ्चालन गरिएको थियो । 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…