Pairabi logo

भदौ ३१, २०८२, मंगलबार                    

हात्तीपाइलेको आम औषधि सेवनदर बढाउन व्यवहार परिवर्तनमा जोड

डेक्स

डेक्स

हात्तीपाइलेको आम औषधि सेवनदर बढाउन व्यवहार परिवर्तनमा जोड
ADVERTISEMENT

नेपालगञ्ज उपमहानगरपालिकाको मुख्य बजार क्षेत्र हो, वडा नम्बर ३ । यहाँको सबैभन्दा पुरानो बजार क्षेत्र समेटिएको वडा नम्बर ३ मा मधेशी र मुस्लिम समुदायको बसोबास छ । सरकारले हात्तीपाइले रोग विरुद्धको औषधि निरन्तर खुवाउँदै उन्मूलनको लक्ष्य लिए पनि औषधि सेवनदर अत्यन्त न्यून छ ।

सन् २०२१ मा २३ प्रतिशत कभरेज रहेकोमा २०२२ मा घटेर २२ प्रतिशतमा झर्यो । कभरेज बढ्नुको साटो घटेपछि सरोकारवाला चिन्तित भए । औषधि सेवनदर बढाउन जिल्ला तथा उपमहानगरपालिकाका स्वास्थ्य अधिकारीहरुसंगको परामर्श र छलफलका आधारमा आम औषधि सेवनको न्यून कभरेज भएको वडा नम्बर ३ लाई लैंगिक समानता तथा सामाजिक समावेशीकरण (लैससास) एकिकृत व्यवहार परिवर्तन प्रायोगिक (पाइलट) क्रियाकलापका लागि छनौट गरियो ।

पाइलट क्रियाकलापको मुख्य लक्ष्य आम औषधि सेवन सम्बन्धि सचेतीकरण गर्ने, समुदायको संलग्नता बढाउने र औषधि सेवन गराउनु थियो । त्यसका लागि दक्ष व्यवहार परिवर्तन समूह गठन गरी समुदायमा परिचालन गरिएको थियो । व्यवहार परिवर्तन समूहले आम औषधि सेवन कार्यक्रम सञ्चालन हुनु पूर्व सचेतना फैलाउने, घरदैलो गर्दै औषधि वितरण गर्ने, क्रमिक भेटघाट गरी आम औषधि सेवनका लागि प्रभावित गर्ने लगायतका कार्यहरु गरेको लैससासकी शोभा लामाले बताउनुभयो ।

पाइलट क्रियाकलापका मुख्य सिकाईहरुका बारेमा जानकारी गराउन आज नेपालगञ्जमा आयोजित कार्यशालामा लामाले औषधिप्रतिको गलत धारणा र बुझाई मुख्य समस्या भएको बताउनुभयो । समाजका अगुवाहरुले औषधिबारे अफबाह फैलाउने गरेको पाइएको छ ।

पाइलट क्रियाकलापपछि हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रमलाई प्रभावकारी बनाउन औषधि सेवनमा सहभागिता न्यून भएका सहरी क्षेत्रलाई दृष्टिगत गरी हात्तीपाइले र आम औषधि सेवनलाई सुदृढीकरण गर्न सहरी क्षेत्र अनुकूल स्थानीय आम औषधि सेवन रणनीति तयार गर्नुपर्ने, आम औषधि सेवन भन्दा अगाडि वा वितरणको दौरानलाई लक्षित गरी सूचना, शिक्षा र संवाद सामग्रीहरु सुधार गर्नुपर्ने र निर्दिष्ट सामाजिक परिचालनलाई समुदायमा सुदृढीकरण गर्नुपर्ने निष्कर्ष निकालिएको लामाले बताउनुभयो ।

पाइलट क्रियाकलापका दौरान न्यून औषधि सेवन भएका टोलहरुमा २९१ घरधुरी मध्ये २४१ अर्थात ८२ प्रतिशत बजार क्षेत्रकै मानिसले औषधि सेवन नगरेको पाइएको छ । मधेशी र मुस्लिम समुदायको बसोबास रहेका अन्य वडाहरुमा पनि निकै कम कभरेज छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले स्वागत मन्तब्यसंगै कार्यशालाको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । लैससासकी लामाले लैससास व्यवहार परिवर्तन प्रायोगिक (पाइलट) र औम औषधि सेवनमा सामाजिक परिचालनका महत्वपूर्ण सिकाई र सुझाबहरुबारे प्रस्तुतिकरण गर्नुभएको थियो ।

भावी कार्यदिशाबारे समूहगत छलफल गरिएको कार्यशालामा नगर प्रमुख प्रशान्त विष्ट, प्रबक्ता प्रमोद रिजाल, वडा नम्बर ३ का वडा अध्यक्ष मो. अयुब सिद्दिकी, निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्खबहादुर थापा लगायतको सहभागिता थियो । 

कार्यशालामा सहजीकरण हात्तीपाइले फोकलपर्सन विनोद विकले गर्नुभएको थियो । हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रम २०७९ फागुन ११ गतेदेखि फागुन २१ गतेसम्म सञ्चालन गरिएको थियो । 

ताजा

सबै

नेपालगन्जमा लुटपाट गरिएका सामग्री फिर्ता हुँदै

नेपालगन्ज, ३० भदौ :बाँकेका केही सरकारी कार्यालयबाट लुटपाट गरेको सामान फिर्ता हुन थ…

पिआइएल समुह नेपालगन्जद्धारा निःशुल्क कानुनी परामर्श सेवा शुरु

नेपालगन्ज २० भदौ । नेपालगन्जका कानून व्यवसायीले निःशुल्क अनलाईन कानूनी परामर्श सेवा …

अस्थायी रुपमा सेवा दिँदै नेपालगञ्जका क्षतिग्रस्त कार्यालय

नेपालगञ्ज, २९ भदौः आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएका यहाँका कार्यालयमध्ये केहीले अस्थ…

डुडुवा कार्यालयमा तोडफोड्, लेखा शाखाका सम्पुर्ण कागजात जलाइयो

डुडुवा (बाँके) २५, भदौ । डुडुवा गाउँपालिका कार्यालयमा एक समुहले आक्रमण गरि लेखा श…

लोकप्रिय

सबै

पिआइएल समुह नेपालगन्जद्धारा निःशुल्क कानुनी परामर्श सेवा शुरु

नेपालगन्ज २० भदौ । नेपालगन्जका कानून व्यवसायीले निःशुल्क अनलाईन कानूनी परामर्श सेवा …

अस्थायी रुपमा सेवा दिँदै नेपालगञ्जका क्षतिग्रस्त कार्यालय

नेपालगञ्ज, २९ भदौः आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएका यहाँका कार्यालयमध्ये केहीले अस्थ…

नेपालगन्जमा लुटपाट गरिएका सामग्री फिर्ता हुँदै

नेपालगन्ज, ३० भदौ :बाँकेका केही सरकारी कार्यालयबाट लुटपाट गरेको सामान फिर्ता हुन थ…

यो पनि

बाँके जानकी गाउँपालिका अध्यक्ष खाँको स्वास्थ्यमा समास्य, लखनाउमा उपचार हुदै

बाँके जानकी गाउँपालिका अध्यक्ष खाँको स्वास्थ्यमा समास्य, लखनाउमा उपचार हुदै

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँको स्वास्थ्यमा समस्या देखिएपछि …

भेरी अस्पतालमा निःशुल्क डाइलायसिस सेवा

भेरी अस्पतालमा निःशुल्क डाइलायसिस सेवा

नेपालगञ्ज । भेरी अस्पतालमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीले निःशुल्…

बाँके सिटी हस्पिटलको बार्षिकोत्सवमा रक्तदान

बाँके सिटी हस्पिटलको बार्षिकोत्सवमा रक्तदान

बाँके सिटी हस्पिटल प्रा.लि.को प्रथम बार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । उक्त अवस…

विद्यालयमै स्वास्थ्य परीक्षणः जानकी र नरैनापुरमा ११ हजार बालबालिका लाभान्वित हुने

विद्यालयमै स्वास्थ्य परीक्षणः जानकी र नरैनापुरमा ११ हजार बालबालिका लाभान्वित हुने

नेपालगन्ज । विद्यालय, मदरसा र गुरुकुलका बालबालिकाको स्वास्थ्य तथा पोषण अवस्था प्रारम्भि…