Pairabi logo

माघ १९, २०८२, आइतबार                    

पचास बिगहामा ग्रिन सिटी निर्माण सुरु

डेक्स

डेक्स

पचास बिगहामा ग्रिन सिटी निर्माण सुरु
ADVERTISEMENT

स्वच्छ वातावरणसँगै चारैतिर हरियाली देखिनेगरी नेपालगन्जमा एक हजार घरधुरीको ‘नेपालगन्ज ग्रिन सिटी’ को निर्माण सुरु गरिएको छ । कालिका हाउजिङ प्रालिले नेपालगन्ज–६ स्थित हडियाबाबारोडमा ५० बिघाह जग्गामा सो ग्रिन सिटी निर्माण सुरु गरेको हो ।

कालिका हाउजिङ प्रालिद्वारा निर्माणाधीन सो ग्रिन सिटीका प्रमुख रासिद कुरैसीले नेपालगन्ज १३ र १४ मा ५० बिघा क्षेत्रफलमा निर्माण गर्नेगरी हाल २५ बिघामा निर्माण सुरु गरिएको बताउनुभयो । बढ्दो शहरीकरणलाई मध्यनजर गर्दै सहरभन्दा अलग एकान्त तथा मनोरम वातावरणसहितको ग्रिन सिटी निर्माण हुन थालेको जनाउँदै कुल पाँच अर्ब लगानीमा सो सिटी निर्माण भइरहेको उहाँले बताउनुभयो । 

प्रमुख कुरैसीका अनुसार एक हजार घरधुरी रहेको सो हरियो सहरमा बैङ्क र ठुला अस्पतालसँगै वातावरणमैत्री उद्योग र कलकारखाना पनि सञ्चालन गरिनेछन् । त्यसका लागि काठमाडौं र भारतीय अस्पताललाई लगानी गर्न अनुरोध गरिएको छ । उक्त ग्रिन सिटीभित्र व्यावसायिक मार्केट पनि हुनेछ ।

कालीका हाउजिङ प्रालिले सो सिटी पश्चिमनेपाल कै आधुनिक र व्यवस्थित तथा उत्कृष्ट सुविधा सम्पन्न सिटी हुने दाबी गरेको छ । प्रालिका अनुसार प्रत्येक घरधुरीलाई घरआङ्गनका बिरुवा रोप्न प्रोत्साहन गरिनेछ । स्वच्छ हरियालीसहित परिदृश्यको लागि ३५ प्रतिशतभन्दा बढी भूमि छुट्याई हरियाली सहरलाई प्रोत्साहन गरिएको छ । मौसम अनुकूल हावापानीलाई सामना गर्न साइड प्लानिङ पनि गरिएको छ ।’

कम्पनीले कुशल योजनासहित पूर्वाधार लागतलाई न्यूनतम बनाइ साइड प्लानिङ गरिएको जनाएको छ । शान्त, स्वच्छ तथा हरियाली वातावरणमा अवस्थित रहेको सो सिटीमा घडेरी र घर किनमेल समेत भईरहेको छ । 

ग्रिन सिटी परियोजनाका निर्देशक इरसाद राईले नेपालकै नमुना बस्ती बनाइने सो सिटीमा आफ्नै कम्पाउण्डभित्र स्कुल, कलेज, हस्पिटल, व्यावसायिक योजना हुनेछन् । उहाँले ग्रिन सिटीभित्रै बसोबास गर्ने जनशक्तिलाई लक्षित गरी रोजगार दिने उद्देश्यले विभिन्न वातावरणमैत्री उद्योग तथा कलकारखाना खोलिने योजना रहेको बताउनुभयो । 
–––

ताजा

सबै

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक…

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

लोकप्रिय

सबै

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक…

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

यो पनि

नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

नेपालगन्ज, १५ पुसः नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच…

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

नेपालगन्ज, १५ पुसः नेपालगञ्जमा रहेका होटलले अङ्ग्रेजी नयाँ वर्ष २०२६ मा एक साताका ला…

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

नेपालगन्ज ६ पुस । सुनाखरी रेष्टुरेण्ट प्रा लि. नेपालगन्जले गुणस्तरियतासंगै ब्रान्डिङ्ग ग…

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…