Pairabi logo

मंसिर २२, २०८२, आइतबार                    

नरैनापुरमा क्याम्पस स्थापना गर्न माग

डेक्स

डेक्स

नरैनापुरमा क्याम्पस स्थापना गर्न माग
ADVERTISEMENT

बाँकेको विकट मानिने नरैनापुरमा क्याम्पस स्थापनाका लागि स्थानीय युवा खटिएका छन् । उच्च शिक्षा अध्ययनका लागि सदरमुकाम नेपालगन्ज पुग्नुपर्ने बाध्यताको अन्त्य गर्न ती क्षेत्रका युवा आवश्यक स्रोत र पूर्वाधारको खोजीमा लागिपरेका छन् ।

विशेष गरेर नरैनापुर गाउँपालिकामा क्याम्पस नहुँदा यहाँका छात्रालाई उच्च शिक्षा अध्ययन गर्न समस्या हुँदै आएको जनाइएको छ ।  सदरमुकाम नेपालगन्जबाट ४४ किलोमिटर दक्षिणपूर्व भारतीय सीमासँग जोडिएको नरैनापुरमा कक्षा १२ सम्म पढाइ हुने माध्यमिक विद्यालय सञ्चालन भए पनि अहिलेसम्म स्नातक तह अध्ययन गर्न राप्ती सोनारी गाउँपालिका वा नेपालगन्ज पुग्नुपर्ने बाध्यता रहेको स्थानीय युवा विनय दीक्षितले बताउनुभयो ।

गाउँपालिकामा क्याम्पस नहुँदा १२ कक्षा पास गरेपछि नरैनापुरका अधिकांश छात्राले पढाइ छाड्ने गरेका छन् । आफ्नै गाउँमा स्नातक तहको पढाइ हुने क्याम्पस सञ्चालन भए उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको चाहना पूरा हुने र शिक्षामा नरैनापुरको अवस्था सुधार हुँदै जाने दीक्षितको भनाइ छ ।

मधेसी र मुस्लिम समुदायको बाहुल्यता रहेको नरैनापुर शिक्षाको क्षेत्रमा पछाडि परेको छ । यहाँका अधिकांश अभिभावकले छोरीलाई पढाइका लागि अझै पनि घर छाडेर बाहिर पठाउन हिच्किचाउने गरेका कारण उच्च शिक्षा अध्ययन गर्ने छात्राको सङ्ख्या न्यून रहेको स्थानीय युवा सकीर खानले बताउनुभयो ।

गाउँपालिकामै क्याम्पस सञ्चालनका लागि गाउँपालिका कार्यालयलगायत सरोकारवाला निकायसँग आवश्यक समन्वय गर्दै तयारी गरिएको क्याम्पस स्थापना समितिका संयोजक सोहनलाल यादवले बताउनुभयो ।

“गाउँपालिकामा बहुमुखी क्याम्पसको आवश्यकता ठानेर स्थानीय युवा वुद्धिजीवीको अगुवाइमा प्रस्तावित सन्तानेश्वर बहुमुखी क्याम्पस स्थापनाका लागि तयारी गरिएको छ”, उहाँले भन्नुभयो, “क्याम्पस स्थापनार्थ नरैनापुर गाउँपालिकाको समन्वय तथा सहकार्यमा यस क्षेत्रका सङ्घीय सांसद सूर्य ढकाल, प्रदेशसभा सदस्य कृष्णा केसी, गाउँपालिका अध्यक्षलगायतका जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिसँग भेला र छलफल सम्पन्न भएको छ ।”

गाउँपालिका अध्यक्ष इस्तेयाक अहमद साहले नरैनापुरमा क्याम्पस सञ्चालन गर्ने आफ्नो मनैदेखिको इच्छामा युवाले अग्रसरता देखाउँदा खुसी लागेकोे उल्लेख गर्दै गाउँपालिकाबाट पर्याप्त बजेट छुट्याइने प्रतिबद्धता जनाउनुभयो ।

बाँके क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सूर्य ढकालले नरैनापुरमा युवा वर्गबाट स्वःस्फुर्तरूपमा क्याम्पस स्थापनाका लागि पहल गरिनु सकारात्मक भएको जनाउँदै आफूले सक्दो सहयोग गर्ने बताउनुभयो । नरैनापुर गाउँपालिकामा बहुमुखी क्याम्पस स्थापनाका लागि गाउँपालिका कार्यालय र क्याम्पस स्थापना समितिले नेपालगन्ज उपमहानगरपालिकालगायत अन्य स्थानीय तहसँग समेत आवश्यक समन्वय गरेको संयोजक यादवले बताउनुभयो ।  

ताजा

सबै

तोकिएकै मितिमा निर्वाचन गरी मुलुकलाई निकास दिनुपर्छ : सहमहामन्त्री राठौर

बर्दिया । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिँह राठौरले तोकिएकै मितिमा निर्वाचन ग…

लैङ्गिक हिंसाविरुद्ध कानुनको कार्यान्वयन नहुदा पिडितले न्याय पाएनन

नेपालगन्ज, १८ मसिंर । लैङ्गिक हिंसाविरुद्ध अहिले थुप्रै कानुनहरु भएपनि त्यसको प्रभावक…

कार्यस्थलमा समेत महिला असुरक्षित

नेपालगन्ज १७ मसिंर ।कार्यस्थलमा महिलामाथी विभिन्न किसिमका हिंसाहरु हुने गरेको एक का…

ग्रामिण समुदायका महिला अझै हिंसा पिडित

नेपालगन्ज १६ मसिंर । अभिभावकमा सचेतनाको अभावले ग्रामिण समुदायका महिलाहरु अझै पनि …

लोकप्रिय

सबै

लैङ्गिक हिंसाविरुद्ध कानुनको कार्यान्वयन नहुदा पिडितले न्याय पाएनन

नेपालगन्ज, १८ मसिंर । लैङ्गिक हिंसाविरुद्ध अहिले थुप्रै कानुनहरु भएपनि त्यसको प्रभावक…

कार्यस्थलमा समेत महिला असुरक्षित

नेपालगन्ज १७ मसिंर ।कार्यस्थलमा महिलामाथी विभिन्न किसिमका हिंसाहरु हुने गरेको एक का…

तोकिएकै मितिमा निर्वाचन गरी मुलुकलाई निकास दिनुपर्छ : सहमहामन्त्री राठौर

बर्दिया । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिँह राठौरले तोकिएकै मितिमा निर्वाचन ग…

यो पनि

बाँसगढीमा लैगिंक हिंसाविरुद्ध सचेतनामुलक कार्यक्रम

बाँसगढीमा लैगिंक हिंसाविरुद्ध सचेतनामुलक कार्यक्रम

बासगढी (बर्दिया)। बाँके युनेस्को क्लबले बर्दियाको बाँसगढीमा १६ दिने लैङ्गिक हिंसा वि…

मधुवनमा पाँच दिने व्यवसायिक सीप तथा सूक्ष्म उद्यम विकास तालिम

मधुवनमा पाँच दिने व्यवसायिक सीप तथा सूक्ष्म उद्यम विकास तालिम

नेपालगन्ज, ११ मंसिर। बाँके युनेस्को क्लबले मधुवन१, बर्दियामा सञ्चालन गरेको पाँचदिने …

डुडुवाका शैक्षिक संस्थामा सार्वजनिक विदा

डुडुवाका शैक्षिक संस्थामा सार्वजनिक विदा

मुस्लिम धर्मालम्बीहरुको पर्व मोहम्मद डे को अवसरमा डुडुवा गाउँपालिकाले सार्वजनिक विदाद…

छात्रा प्रोत्साहन कार्यक्रम अन्र्तगत डुडुवाद्धारा साइकिल वितरण

छात्रा प्रोत्साहन कार्यक्रम अन्र्तगत डुडुवाद्धारा साइकिल वितरण

डुडुवा (बाँके) ६ असार । डुडुवा गाउँपालिकाले छात्रा प्रोत्साहन कार्यक्रम अन्र्तगत एसइई …