Pairabi logo

माघ १९, २०८२, आइतबार                    

मतगणना विवादः साझा प्रजातान्त्रिक समूह आन्दोलनमा

डेक्स

डेक्स

मतगणना विवादः साझा प्रजातान्त्रिक समूह आन्दोलनमा
ADVERTISEMENT

साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूह बाँकेले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । नेपालगन्जमा आज पत्रकार सम्मेलन गरेर साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले भदौ २ गते सम्पन्न निर्वाचनमा महासचिव पदको पुनः मतगणना गर्न दबाब दिने उद्देश्यले चरणबद्ध आन्दोलनको घोषणा गरेको हो । 


साझा प्रजातान्त्रिक उद्योगी व्यवसाय समूहका संयोजक संजयकुमार थापाले निर्वाचन आयुक्त टिकाजंग सिंहले एकपक्षीय ढंगले महासचिव पदको नतिजा सार्वजनिक गर्नु खेदजनक र आपत्तिजनक रहेको बताउनुभयो । 

थापाले पुनस्गणना गर्ने आफ्नै सार्वजनिक प्रतिबद्धताबाट पछि हटेर आयुक्त सिंहले विधि(विधान र निर्वाचन प्रक्रियाको हुर्मत लिन खोजेको भन्दै रोष प्रकट गर्नुभयो । उहाँले पुनः मतगणना नहुँदासम्म सशक्त ढंगले अघि बढाइने बताउनुभयो। साझा प्रजातान्त्रिक समूहबाट महासचिव पदका उम्मेदवार टंकप्रसाद शर्माले मतगणनामा चित्त नबुझेको भन्दै मतगणना नसकिँदै निर्वाचन कार्यालयमा पुनः मतगणनाको माग गर्दै निवेदन दिएका थिए । 

निवेदनलाई वेवास्ता गर्दै सम्पूर्ण मतपत्र गणना नगरी समावेशी समूहबाट महासचिव पदका उम्मेदवार भिम रानाभाटलाई ६ मतको विजयी भएको घोषणा गरिएको थियो । त्यस पश्चात साझा प्रजातान्त्रिक समूहले दबाब बढाउँदै निर्वाचन कार्यलयमा तालबन्दी गरेपछि शर्माको निवेदनलाई आधार बनाउँदै निर्वाचन आयुक्त सिंहले पुनस् मतगणना हुने सार्वजनिक बक्तब्य निकाल्नुभयो तर फेरि भोलिपल्ट उहाँले आफू अस्पताल भर्ना भएको ब्यहोरासहितको बक्तब्य निकाल्दै तीन दिन मतगणना स्थगित गरेको जानकारी गराउनुभयो । 

संयोजक थापाले तीन दिन पश्चात फेरि आफ्नै प्रतिबद्धताबाट पछि हट्दै आयुक्त सिंहले पुनस् मतगणना नगर्ने निर्णय गर्नु खेदजनक रहेको बताउनुभयो। थापाले अधिकतम लचकता देखाउँदा देखाउँदै निरंकुशरुपमा गरिएको निर्णय आफूहरुलाई कुनै पनि हालतमा मान्य नहुने बताउनुभयो । 

पुनः मतगणनाले कसैको अहित नगर्ने भन्दै उनले पुनः मतगणनाले मतदाताको सम्मान नै हुने बताउनुभयो । माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने उद्घोष गरेको साझा प्रजातान्त्रिक समूहले नेपालगन्ज उद्योग बाणिज्य संघमा समेत तालाबन्दी गरेको छ ।

ताजा

सबै

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक…

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

लोकप्रिय

सबै

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक…

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

यो पनि

नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

नेपालगन्ज, १५ पुसः नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच…

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

नेपालगन्ज, १५ पुसः नेपालगञ्जमा रहेका होटलले अङ्ग्रेजी नयाँ वर्ष २०२६ मा एक साताका ला…

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

नेपालगन्ज ६ पुस । सुनाखरी रेष्टुरेण्ट प्रा लि. नेपालगन्जले गुणस्तरियतासंगै ब्रान्डिङ्ग ग…

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…