Pairabi logo

असोज २६, २०८३, सोमबार                    

डुडुवाको दोस्रो चरणको घर घरमा स्वास्थ्य सेवा शुरु

डेक्स

डेक्स

डुडुवाको दोस्रो चरणको घर घरमा स्वास्थ्य सेवा शुरु
ADVERTISEMENT

स्वास्थ्य सेवा प्रभावकारी बनाउन डुडुवा गाउँपालिकाले दोस्रो चरणको घर घरमा स्वास्थ्य सेवा अभियान शुरु गरेको छ । गाउँपालिकाका सम्पुर्ण नागरिकको घरमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने रणनिति अनुरुप २०७४ सालमा संचालित अभियान कोभिड–१९ का कारणले केही वर्ष प्रभावित भएपछि अहिले पुनः दोस्रो चरणको अभियानको शुरुवात गरिएको हो । 

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शुरुको वर्षदेखि स्वास्थ्य सेवालाई पहिलो प्राथमिकतामा राखेर शुरु गरेको अभियानलाई अब अझै प्रभावकारी बनाउन दोस्रो चरणको अभियान शुरु गरेको बताउनुभयो । सो अभियानको आज एक कार्यक्रमका विच शुभारम्भ गर्दै अध्यक्ष चौधरीले पालिकाका कुनैपनि नागरिकले स्वास्थ्य सेवाबाट बञ्चित हुन नपरोस भन्नका लागि जनताका घरदैलोमै स्वास्थ्यकर्मी पुगेर उपचार सेवा उपलब्ध गराएको बताउनुभयो । 

उहाँले घर घरमा स्वास्थ्य सेवासंग ज्येष्ठ नागरिकको उपचारलाई पनि प्रभावकारी बनाइएको भन्दै अब स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउन निःशुल्क प्रयोगशाला र अस्पतालको व्यवस्थापन गर्ने बताउनुभयो । 

गाउँपालिकाको वार्ड नंं १ देखि ६ वटै वडासम्म ६ वटा टोलीमार्फत २४ जना स्वास्थ्यकर्मीलगायतको टोली परिचालन गरिएको छ । टोलीले प्रत्येक घरमा पुगेर हरेक व्यक्तीलाई स्वास्थ्य कार्ड वितरण गरिरहेको पालिकाका स्वास्थ्य शाखा प्रमुख हेमन्त शर्माले बताउनुभयो । उहाँका अनुसार स्वास्थ्य कार्ड वितरणसंगै हरेक नागरिकको स्वास्थ्य परिक्षण तथा दिर्घरोगीहरुको बारेमा जानकारी लिनेछ । 

डुडुवाको जनसंख्या ४४ हजार १ सय ४४ जना व्यक्तीको स्वास्थ्य कार्ड वितरण गर्ने योजना रहेको छ । टोलीले कृषि, पशु र पञ्जीकरणसम्वन्धी सूचना संकलन, अभिलेखीकरण र आवश्यक जानकारी समेत लिइरहेको छ । 

पालिकाले यसवर्षदेखि चारवर्षे विशेष रणनितिका साथ काम गर्न शुरु गरेको पालिका अध्यक्ष चौधरीले बताउनुभयो । उहाँका अनुसार पालिकाले शुरुको वर्षदेखि विशेष योजनाका साथ शुरु गरेको कार्यलाई अब प्रभावकारी बनाइ अन्तिम रुप दिइनेछ ।

सो अभियानको गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, वडाध्यक्षहरु पटेश्वर कुर्मी, दुर्गाप्रसाद बर्मा, आमोद तिवारी, सगिर खाँले वडा अन्र्तगत विभिन्न स्थानबाट शुरुवात गर्नुभयो । 
 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…