Pairabi logo

पुस ०४, २०८२, शुक्रबार                    

डुडुवाको दोस्रो चरणको घर घरमा स्वास्थ्य सेवा शुरु

डेक्स

डेक्स

डुडुवाको दोस्रो चरणको घर घरमा स्वास्थ्य सेवा शुरु
ADVERTISEMENT

स्वास्थ्य सेवा प्रभावकारी बनाउन डुडुवा गाउँपालिकाले दोस्रो चरणको घर घरमा स्वास्थ्य सेवा अभियान शुरु गरेको छ । गाउँपालिकाका सम्पुर्ण नागरिकको घरमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने रणनिति अनुरुप २०७४ सालमा संचालित अभियान कोभिड–१९ का कारणले केही वर्ष प्रभावित भएपछि अहिले पुनः दोस्रो चरणको अभियानको शुरुवात गरिएको हो । 

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शुरुको वर्षदेखि स्वास्थ्य सेवालाई पहिलो प्राथमिकतामा राखेर शुरु गरेको अभियानलाई अब अझै प्रभावकारी बनाउन दोस्रो चरणको अभियान शुरु गरेको बताउनुभयो । सो अभियानको आज एक कार्यक्रमका विच शुभारम्भ गर्दै अध्यक्ष चौधरीले पालिकाका कुनैपनि नागरिकले स्वास्थ्य सेवाबाट बञ्चित हुन नपरोस भन्नका लागि जनताका घरदैलोमै स्वास्थ्यकर्मी पुगेर उपचार सेवा उपलब्ध गराएको बताउनुभयो । 

उहाँले घर घरमा स्वास्थ्य सेवासंग ज्येष्ठ नागरिकको उपचारलाई पनि प्रभावकारी बनाइएको भन्दै अब स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउन निःशुल्क प्रयोगशाला र अस्पतालको व्यवस्थापन गर्ने बताउनुभयो । 

गाउँपालिकाको वार्ड नंं १ देखि ६ वटै वडासम्म ६ वटा टोलीमार्फत २४ जना स्वास्थ्यकर्मीलगायतको टोली परिचालन गरिएको छ । टोलीले प्रत्येक घरमा पुगेर हरेक व्यक्तीलाई स्वास्थ्य कार्ड वितरण गरिरहेको पालिकाका स्वास्थ्य शाखा प्रमुख हेमन्त शर्माले बताउनुभयो । उहाँका अनुसार स्वास्थ्य कार्ड वितरणसंगै हरेक नागरिकको स्वास्थ्य परिक्षण तथा दिर्घरोगीहरुको बारेमा जानकारी लिनेछ । 

डुडुवाको जनसंख्या ४४ हजार १ सय ४४ जना व्यक्तीको स्वास्थ्य कार्ड वितरण गर्ने योजना रहेको छ । टोलीले कृषि, पशु र पञ्जीकरणसम्वन्धी सूचना संकलन, अभिलेखीकरण र आवश्यक जानकारी समेत लिइरहेको छ । 

पालिकाले यसवर्षदेखि चारवर्षे विशेष रणनितिका साथ काम गर्न शुरु गरेको पालिका अध्यक्ष चौधरीले बताउनुभयो । उहाँका अनुसार पालिकाले शुरुको वर्षदेखि विशेष योजनाका साथ शुरु गरेको कार्यलाई अब प्रभावकारी बनाइ अन्तिम रुप दिइनेछ ।

सो अभियानको गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, वडाध्यक्षहरु पटेश्वर कुर्मी, दुर्गाप्रसाद बर्मा, आमोद तिवारी, सगिर खाँले वडा अन्र्तगत विभिन्न स्थानबाट शुरुवात गर्नुभयो । 
 

ताजा

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

बाँके युनेस्को क्लबको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला

नेपालगन्ज,। बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्द…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

लोकप्रिय

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

यो पनि

अब नरैनापुर मै सुरक्षित मातृत्वको सेवा

अब नरैनापुर मै सुरक्षित मातृत्वको सेवा

बाँके, २७ कार्तिक । नेपालका धेरै दुर्गम गाउँहरूमा आज पनि स्वास्थ्य सेवा पहुँचको विषय…

बाँकेका पत्रकारहरुको निशुल्क मुटु रोग जाँच

बाँकेका पत्रकारहरुको निशुल्क मुटु रोग जाँच

नेपालगञ्ज, २१ कात्तिक । नेपाल पत्रकार महासंघ बाँकेको आयोजना, नेपाल प्रेस युनियन बाँ…

बेलासपुरमा सरसफाइ

बेलासपुरमा सरसफाइ

कार्तिक १८, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा…

बाँके जानकी गाउँपालिका अध्यक्ष खाँको स्वास्थ्यमा समास्य, लखनाउमा उपचार हुदै

बाँके जानकी गाउँपालिका अध्यक्ष खाँको स्वास्थ्यमा समास्य, लखनाउमा उपचार हुदै

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँको स्वास्थ्यमा समस्या देखिएपछि …