Pairabi logo

माघ १७, २०८२, शुक्रबार                    

सूचनाको हक कार्यान्वयनमा जोड

डेक्स

डेक्स

सूचनाको हक कार्यान्वयनमा जोड
ADVERTISEMENT

नेपालगन्ज ३ भदौ । आज भदौ ३ गते राष्ट्रिय सूचना दिवस । २०६४ साल भाद्र ३ गतेका दिन नेपालमा सूचनाको हक सम्बन्धी ऐन पारित भएको थियो । सोही सन्दर्भमा यो दिवस मनाउन सुरु गरिएको हो ।

नेपालमा सूचनाको हक सम्वन्धी ऐन आएको करिब ढेड दशक बढी भईसक्दा पनि अझै यसको पुर्ण कार्यान्वयन नहुदा आम नागरिकहरु सम्मस्या झेलेका छन भने अर्कोतर्फ भ्रष्टाचार मौलाइरहेको अवस्था रहेको छ । 

नागरिकको नैसर्गिक अधिकार अन्र्तगत पर्ने सूचनाको हकको अनुभुति सहजै गर्न पाइएको छैन । बाँके जिल्लामा सूचनाको हकको कार्यन्वयनको प्रक्रिया अघि बढेपनि प्रभावकारी व्यवस्था देखिन्दैन अझै पनि सूचना लुकाउने प्रबृत्ति, सूचनाको पारदर्शिताको अभाव, सूचना नदिनु, सूचना शाखाको व्यवस्थापन नहुन जस्ता समस्या रहेको सूचना अभियन्ताहरु बताउछन । 

यसैविच दिवसको अवसरमा आज नेपालगन्जमा १७औं राष्ट्रिय सूचना दिवस मनाइएको छ । “सूचना मागौ भ्रष्टाचार अन्त्य गरौं ” भन्ने मुल नाराका साथ नेपालगन्जको त्रिभुवन चोकमा दिप प्रज्ववलन कार्यक्रम गरिएको छ ।

सूचनाको हक क्षेत्रमा क्रियाशिल संस्था सूचना र मानव अधिकार अनुसन्धान केन्द्रले कार्यक्रममार्फत सचेतनामुलक अभियान गरेको हो ।

कार्यक्रममा बोल्दै अधिबक्ता विश्वजित तिवारीले नागरिकको अधिकारका रुपमा रहेको सूचनाको हकबाट कसैलाई पनि बञ्चित गराउन नहुने भन्दै यो ऐनको पुर्ण कार्यान्वयनमा जोड दिनुभयो । 

कार्यक्रममा संस्थाका उपाध्यक्ष कृष्णमुरारी प्रसाद भट्ट, सूचना अभियन्ता शैलेन्द्र बैश्य, रविन्द्र ज्ञवाली, धु्रबराज शर्मा, अधिबक्ता पवन कुमार गुप्ता र चित्र बहादुर केसी, नागरिक समाजका अगुवाहरु जगदिश बहादुर सिंह, निर्मल शाह, टेकनाथ आचार्य लगायतको उपस्थिती रहेको थियो । 
 

ताजा

सबै

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक…

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

लोकप्रिय

सबै

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक…

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

यो पनि

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

नेपालगन्ज, १३ असोज । मदिरा सेवन गरि श्रीमानले आफ्नै श्रीमतीलाई कुटपिट गरि हिंसा पिड…

नेपालगञ्ज–दिल्ली उडानका लागि प्रम ओलीको ध्यानाकर्षण गराइने

नेपालगञ्ज–दिल्ली उडानका लागि प्रम ओलीको ध्यानाकर्षण गराइने

नेपालगञ्ज ८ साउनः बाँकेमा प्रमुख राजनीतिक दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्ट…

महिलालाई समान अवसर र सहभागितामा जोड

महिलालाई समान अवसर र सहभागितामा जोड

नेपालगन्ज २४ जेठ । राज्यका हरेक तहमा महिलाहरुलाई समान अवसर, सहभागिता र पहुँचको व्य…

मुस्लिम महिलालाई नेतृत्व बिकास

मुस्लिम महिलालाई नेतृत्व बिकास

नेपालगन्ज/ मुस्लिम महिलाहरुका लागि आत्मनिर्भर एबँ नेतृत्व बिकास सम्बन्धी तीन दिने तालि…