Pairabi logo

माघ १३, २०८२, सोमबार                    

मानब बेचविखनको जोखिममा परेका २८८ को उद्धार

डेक्स

डेक्स

मानब बेचविखनको जोखिममा परेका २८८ को उद्धार
ADVERTISEMENT

नेपालगञ्ज ।  बाँकेको  विभिन्न नाकाबाट शान्ति पुनः स्थापना गृहले २८८ मानब बेचविखनको जोखिममा परेका युवती र महिलाको उद्धार गरेको छ । 
तीमध्ये सबैभन्दा बढी जमुनाहा नाकाबाट २३३, जानकीको शिवपुरी नाकाबाट २२, डडुवाको खडैचा नाकाबाट १२, नरैनापुरको सुइया नाकाबाट ४ र कोहलपुर बसपार्कबाट १७ जानको उद्धार भएको शान्ति पुनः स्थापना गृहले जनाएको छ । उद्धार गरिएकामध्ये बाँकेका ५८ र बर्दियाका ४२ सहित अन्य जिल्लाका समेत रहेको गृहका क्षेत्रीय कार्यक्रम संयोजक निर्मल सुवेदीले जानकारी दिनुभयो ।  अहिलेसम्म जिल्लाका सबै नाकाबाट ४० हजार ५४६ जनालाई सूचना तथा परामर्श दिएको छ । 
सुवेदीका अनुसार अनुसार एक बर्षको अवधीमा अहिलेसम्म मानब बेचविखन तथा ओसारपसार सम्वन्धी घटना दर्ता चार रहेको छ । सो घटना दर्ता पनि सबै नाकाको हो । 
‘खुल्ला सीमा भएका कारण पनि मानबबेचविखन जस्तो अपराध रोकथामको चुनौती छ र यसको सांगठनिक रुपमा वृद्धि भएको देखिन्छ’ उहाँले भन्नुभयो । अधिकांस उद्धार भएका कर्णाली प्रदेशका धेरै रहेको बताइएको छ । 
गरिवीका कारण पनि अवसर खोज्दा दलालको चंगुलमा फस्ने खतरा देखिएको उल्लेख गर्दै संयोजक सुवेदीले युवतीको शरिरको नाप गरेर पुजा गर्ने बहानामा पनि मानब बेचविखनको जोखिम रहेको बताउनुभयो । सबैभन्दा बढी मानबबेचविखनको जोखिममा रहेका उमेर समूह १८ देखि २५ सम्मको उमेर समूहलाई मानिएको छ । 
शान्ति पुनःस्थापना गृह, बाँकेकी संयोजक सिर्जना गौतमले नयाँ नयाँ ढंगले मानव बेचविखनको प्रयास हुने गरेको जानकारी दिनुभयो । आर्थिक बर्ष २०७९।०८० मा भारतबाट उद्धार गरिएकाको संख्या २२ रहेको छ । 
 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

यो पनि

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

नेपालगन्ज, १३ असोज । मदिरा सेवन गरि श्रीमानले आफ्नै श्रीमतीलाई कुटपिट गरि हिंसा पिड…

नेपालगञ्ज–दिल्ली उडानका लागि प्रम ओलीको ध्यानाकर्षण गराइने

नेपालगञ्ज–दिल्ली उडानका लागि प्रम ओलीको ध्यानाकर्षण गराइने

नेपालगञ्ज ८ साउनः बाँकेमा प्रमुख राजनीतिक दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्ट…

महिलालाई समान अवसर र सहभागितामा जोड

महिलालाई समान अवसर र सहभागितामा जोड

नेपालगन्ज २४ जेठ । राज्यका हरेक तहमा महिलाहरुलाई समान अवसर, सहभागिता र पहुँचको व्य…

मुस्लिम महिलालाई नेतृत्व बिकास

मुस्लिम महिलालाई नेतृत्व बिकास

नेपालगन्ज/ मुस्लिम महिलाहरुका लागि आत्मनिर्भर एबँ नेतृत्व बिकास सम्बन्धी तीन दिने तालि…