Pairabi logo

पुस ०४, २०८२, शुक्रबार                    

वैजनाथमा रक्तदाता समाजको उपशाखा गठन

डेक्स

डेक्स

वैजनाथमा रक्तदाता समाजको उपशाखा गठन
ADVERTISEMENT

नेपालगन्ज । बाँकेको वैजनाथ गाउँपालिकामा विहीवार गाउँपालिका स्तरीय नेपाल स्वयंसेवी रक्तदाता समाज उप–शाखा गठन गरिएको छ । “रक्तदान जीवनदान” भन्ने नाराका साथ देरभर क्रियाशील समाजको उप९शाखा वैजनाथमा गठन गरिएको हो ।वैजनाथ गाउँपालिका वडा नं। २ मा विहीवार भएको स्थानीयबासीहरुको भेलाले सुरेन्द्र वि।क।को अध्यक्षतामा एघार सदस्यीय कार्यसमिति गठन गरिएको छ । उक्त समितिको उपाध्यक्षमा दिपक कार्की।, सचिवमा सोनु सिंह वि।क।, कोषाध्यक्षमा उषा थापा मगर र सहसचिवमा हेमन्त ओली चयन हुनु भएको छ । 


यस्तै सदस्यहरुमा सपना ओली, वीर बहादुर थारु, सन्दीप खप्तडी, कृष्ण सिंह ठकुरी, सिताराम खत्री रहनु भएको छ । त्यसैगरि सल्लाहकारहरुमा वैजनाथ गाउँपालिका वडा नं। २ का वडा अध्यक्ष राजु रुचाल ठकुरी, जिल्ला सहकारी संघ, बाँकेका अध्यक्ष प्रेम प्रसाद सुवेदी, शेर बहादुर बस्नेत, अगन मल्ल, यज्ञ पुन, एकता शाह,भूमिसरा थापा, सितादेवी विश्वकर्मा र भूपाल शर्मा चयन हुनु भएको छ । 

सो अवसरमा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय सदस्य गोविन्द वाग्लेले समाजले रगतको अभावमा कसैले जीवन गुमाउन नपरोस् भनेर देशभर रक्तदान अभियानलाई वृहद् बनाउन शुरु गरिएको बताउनु भयो । विगत १८ वर्षदेखि त्रैमासिक रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको जनमत अद्र्धसाप्ताहिकका सम्पादक तथा समाजका सल्लाहकार पूर्ण लाल चुकेले हाम्रो एक पिन्ट रगतले कसैको ज्यान बच्छ र नयाँ जीवन पाउँछ भने रक्तदानको यो महान अभियानमा सबैले हातेमालो गर्न जोड दिनुभयो । 

सल्लाहकार चुकेले रक्तदान सबभन्दा ठुलो मानवीय सेवा र दान हो, यो भन्दा ठुलो सेवा अरु केही हुन सक्दैन भन्दै रक्तदानको महान अभियानमा गाउँगाउँका युवा रक्तदाताहरुले योगदान दिनुपर्नेमा जोड दिंदै उत्प्रेरणा जगाउनु भयो । उहाँले वैजनाथ गाउँपालिकाका रगतको आवश्यकता परेका बासिन्दालाई रेडक्रसलाई बुझाउनु पर्ने दस्तुर उपलब्ध गराउन बजेट विनियोजन गर्न आग्रह गर्नुहुँदै स्वयंसेवीहरुले निःस्वार्थ भावले दिएको रगतको मूल्य कसैले पनि लिन नहुने बताउनु भयो । 

वडा नं. २ का अध्यक्ष राजु रुचाल ठकुरीले निर्वाचित पदाधिकारीहरुलाई बधाई दिंदै यस गाउँपालिकामा दुई वर्षअघि राष्ट्रिय युवा संघ नेपालको आयोजनामा सम्पन्न वृहद् रक्तदान कार्यक्रममा ३ सय ४५ जनाले रक्तदान गरेर नेपालमै अहिलेसम्मको नयाँ कीर्तिमान कायम गरेको स्मरण गराउनु भयो । उहाँले अब वैजनाथ गाउँपालिकामै नेपाल स्वयंसेवी रक्तदाता समाज उप–शाखा गठन गरेर अभियानमा पुस्तान्तरण भएको र रक्तदान अभियानलाई निरन्तरता हुने विश्वास गर्दै वडा कार्यालयबाट पनि सहयोगको प्रतिवद्धता व्यक्त गर्नु भयो । 

समाजका कोषाध्यक्ष मनमोहन वर्माले सञ्चालन गरेको उक्त भेलामा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई समाजका केन्द्रीय सदस्य गोविन्द वाग्ले र सल्लाहकार पूर्ण लाल चुकले अविर लगाएर बधाई तथा सफल कार्यकालको शुभकामना दिनु भएको थियो ।

वडा नं. २ का अध्यक्ष राजु रुचाल ठकुरी र समाजका सदस्य होमराज गिरीको समन्वय र सक्रियतामा सम्पन्न उक्त भेलाको समापनमा समाजका उपशाखाका नवनिर्वाचित अध्यक्ष सुरेन्द्र वि।क।ले रक्तदान अभियानलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । 

समाजका कोषाध्यक्ष मनमोहन वर्माले अध्यक्ष सुरेन्द्र वि।क।लाई माइन्यूट बूक, सदस्यता रसिद र आजीवन सदस्यताको दरखास्त फाराम हस्तान्तरण गर्नु भएको थियो । बाँके जिल्लामा खजुरा गाउँपालिका, जानकी गाउँपालिका र राप्तीसोनारीमा यसअघि नै पालिका स्तरीय उपशाखा गठन भइसकेको छ भने अन्य बाँकी रहेका बाँकेका गाउँपालिकामा पनि क्रमिक रुपमा उपशाखा गठन गर्ने योजना रहेको समाजका अध्यक्ष दिला शाहले जानकारी दिनु भयो । 

ताजा

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

बाँके युनेस्को क्लबको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला

नेपालगन्ज,। बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्द…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

लोकप्रिय

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

यो पनि

अब नरैनापुर मै सुरक्षित मातृत्वको सेवा

अब नरैनापुर मै सुरक्षित मातृत्वको सेवा

बाँके, २७ कार्तिक । नेपालका धेरै दुर्गम गाउँहरूमा आज पनि स्वास्थ्य सेवा पहुँचको विषय…

बाँकेका पत्रकारहरुको निशुल्क मुटु रोग जाँच

बाँकेका पत्रकारहरुको निशुल्क मुटु रोग जाँच

नेपालगञ्ज, २१ कात्तिक । नेपाल पत्रकार महासंघ बाँकेको आयोजना, नेपाल प्रेस युनियन बाँ…

बेलासपुरमा सरसफाइ

बेलासपुरमा सरसफाइ

कार्तिक १८, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा…

बाँके जानकी गाउँपालिका अध्यक्ष खाँको स्वास्थ्यमा समास्य, लखनाउमा उपचार हुदै

बाँके जानकी गाउँपालिका अध्यक्ष खाँको स्वास्थ्यमा समास्य, लखनाउमा उपचार हुदै

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँको स्वास्थ्यमा समस्या देखिएपछि …