Pairabi logo

असोज २६, २०८३, सोमबार                    

वैजनाथमा रक्तदाता समाजको उपशाखा गठन

डेक्स

डेक्स

वैजनाथमा रक्तदाता समाजको उपशाखा गठन
ADVERTISEMENT

नेपालगन्ज । बाँकेको वैजनाथ गाउँपालिकामा विहीवार गाउँपालिका स्तरीय नेपाल स्वयंसेवी रक्तदाता समाज उप–शाखा गठन गरिएको छ । “रक्तदान जीवनदान” भन्ने नाराका साथ देरभर क्रियाशील समाजको उप९शाखा वैजनाथमा गठन गरिएको हो ।वैजनाथ गाउँपालिका वडा नं। २ मा विहीवार भएको स्थानीयबासीहरुको भेलाले सुरेन्द्र वि।क।को अध्यक्षतामा एघार सदस्यीय कार्यसमिति गठन गरिएको छ । उक्त समितिको उपाध्यक्षमा दिपक कार्की।, सचिवमा सोनु सिंह वि।क।, कोषाध्यक्षमा उषा थापा मगर र सहसचिवमा हेमन्त ओली चयन हुनु भएको छ । 


यस्तै सदस्यहरुमा सपना ओली, वीर बहादुर थारु, सन्दीप खप्तडी, कृष्ण सिंह ठकुरी, सिताराम खत्री रहनु भएको छ । त्यसैगरि सल्लाहकारहरुमा वैजनाथ गाउँपालिका वडा नं। २ का वडा अध्यक्ष राजु रुचाल ठकुरी, जिल्ला सहकारी संघ, बाँकेका अध्यक्ष प्रेम प्रसाद सुवेदी, शेर बहादुर बस्नेत, अगन मल्ल, यज्ञ पुन, एकता शाह,भूमिसरा थापा, सितादेवी विश्वकर्मा र भूपाल शर्मा चयन हुनु भएको छ । 

सो अवसरमा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय सदस्य गोविन्द वाग्लेले समाजले रगतको अभावमा कसैले जीवन गुमाउन नपरोस् भनेर देशभर रक्तदान अभियानलाई वृहद् बनाउन शुरु गरिएको बताउनु भयो । विगत १८ वर्षदेखि त्रैमासिक रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको जनमत अद्र्धसाप्ताहिकका सम्पादक तथा समाजका सल्लाहकार पूर्ण लाल चुकेले हाम्रो एक पिन्ट रगतले कसैको ज्यान बच्छ र नयाँ जीवन पाउँछ भने रक्तदानको यो महान अभियानमा सबैले हातेमालो गर्न जोड दिनुभयो । 

सल्लाहकार चुकेले रक्तदान सबभन्दा ठुलो मानवीय सेवा र दान हो, यो भन्दा ठुलो सेवा अरु केही हुन सक्दैन भन्दै रक्तदानको महान अभियानमा गाउँगाउँका युवा रक्तदाताहरुले योगदान दिनुपर्नेमा जोड दिंदै उत्प्रेरणा जगाउनु भयो । उहाँले वैजनाथ गाउँपालिकाका रगतको आवश्यकता परेका बासिन्दालाई रेडक्रसलाई बुझाउनु पर्ने दस्तुर उपलब्ध गराउन बजेट विनियोजन गर्न आग्रह गर्नुहुँदै स्वयंसेवीहरुले निःस्वार्थ भावले दिएको रगतको मूल्य कसैले पनि लिन नहुने बताउनु भयो । 

वडा नं. २ का अध्यक्ष राजु रुचाल ठकुरीले निर्वाचित पदाधिकारीहरुलाई बधाई दिंदै यस गाउँपालिकामा दुई वर्षअघि राष्ट्रिय युवा संघ नेपालको आयोजनामा सम्पन्न वृहद् रक्तदान कार्यक्रममा ३ सय ४५ जनाले रक्तदान गरेर नेपालमै अहिलेसम्मको नयाँ कीर्तिमान कायम गरेको स्मरण गराउनु भयो । उहाँले अब वैजनाथ गाउँपालिकामै नेपाल स्वयंसेवी रक्तदाता समाज उप–शाखा गठन गरेर अभियानमा पुस्तान्तरण भएको र रक्तदान अभियानलाई निरन्तरता हुने विश्वास गर्दै वडा कार्यालयबाट पनि सहयोगको प्रतिवद्धता व्यक्त गर्नु भयो । 

समाजका कोषाध्यक्ष मनमोहन वर्माले सञ्चालन गरेको उक्त भेलामा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई समाजका केन्द्रीय सदस्य गोविन्द वाग्ले र सल्लाहकार पूर्ण लाल चुकले अविर लगाएर बधाई तथा सफल कार्यकालको शुभकामना दिनु भएको थियो ।

वडा नं. २ का अध्यक्ष राजु रुचाल ठकुरी र समाजका सदस्य होमराज गिरीको समन्वय र सक्रियतामा सम्पन्न उक्त भेलाको समापनमा समाजका उपशाखाका नवनिर्वाचित अध्यक्ष सुरेन्द्र वि।क।ले रक्तदान अभियानलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । 

समाजका कोषाध्यक्ष मनमोहन वर्माले अध्यक्ष सुरेन्द्र वि।क।लाई माइन्यूट बूक, सदस्यता रसिद र आजीवन सदस्यताको दरखास्त फाराम हस्तान्तरण गर्नु भएको थियो । बाँके जिल्लामा खजुरा गाउँपालिका, जानकी गाउँपालिका र राप्तीसोनारीमा यसअघि नै पालिका स्तरीय उपशाखा गठन भइसकेको छ भने अन्य बाँकी रहेका बाँकेका गाउँपालिकामा पनि क्रमिक रुपमा उपशाखा गठन गर्ने योजना रहेको समाजका अध्यक्ष दिला शाहले जानकारी दिनु भयो । 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…