Pairabi logo

कात्तिक १२, २०८३, बुधबार                    

‘जल र मल भए सुन फलाउन सकिन्छ ’

डेक्स

डेक्स

‘जल र मल भए सुन फलाउन सकिन्छ ’
ADVERTISEMENT

नेपालगञ्ज - बाँकेको डुडुवा गाउँपालिका वडा नं ६ का किसान जयलाल मौर्यलाई ‘जल र मल भए सुन पनि फलाउन सकिन्छ’ भन्ने विश्वास लागेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाईले आज बाँकेको डुडुवा गाउँपालिकामा स्थलगत अनुगमन गर्ने क्रममा पुगेको टोली समक्ष आफ्ना कुरा राख्दै किसान मौर्यले सो कुरा बताउनुभएको हो । 

किसानको निरन्तर मिहीनेतका कारण डुडुवाको हिरमिनिया तरकारी, धान र मकै उत्पादनमा अब्बल भएको उल्लेख गर्दै उहाँले मिहिनेती किसानका बेग्लै कथा र व्यथा भएको सुनाउनुभयो । उहाँले भन्नुभयो ‘किसानले गरेको  लगानीको प्रतिफल उठाउन विद्युत नियमित नभएका कारण अप्ठयारो भएको छ , त्यसैले जब विद्युत आउछ राती नै सिंचाईका लागि हामी खेत मा दौडिन्छौ ।’
‘हामीले गरेको दुई कट्ठा जग्गामा सिंचाई गर्न दुई दिन पुरा लग्छ तर विद्युतको अनियमितताले सास्ती खेपेका छौ’ उहाँ बताउनुहुन्छ । 

कतिपय किसानले दिउसोमा भोल्टेजको समस्या भएकाले राती नै सिंचाई गर्ने गरेको जानकारी दिदै किसान मौर्यले रातीमा नै सिंचाई गरेर रातीमा नै खेतमा खाना खाने गरेको बताउनुभयो । किसानले दुखः गरेर उत्पादन गरेको वस्तुको बजारीकरण पनि नभएको गुनासो गर्दै उहाँले गरगहना बेचेर पनि किसानले खेतीमा लगानी गरेका छन तर प्रतिफल आउन नसकेको उल्लेख गर्नुभयो ।  उहाँले किसान अहिले प्रविधिमैत्री भएको उल्लेख गर्दै पम्पसेट सञ्चालन हुने ठाँउमा मोर्टर चलाएर सिंचाई हुने गरेको जानकारी दिनुभयो । 

जिल्ला समन्वय समिति, बाँकेका प्रमुख ज्ञानेन्द्र चौधरीले डुडुवाको पहिचानले यसको गौरव बढेको उल्लेख गर्दै किसालाई समयमा मल उपलब्ध हुनुपर्नेमा जोड दिनुभयो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले विद्युतको समस्यालाई विद्युत प्राधिकरणसँगको छपललबाट समाधान गरिने जानकारी दिदै किसानलाई सहकारीमार्फत समयमा मल लिन आग्रह गर्नुभयो । 

 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई, नेपालगञ्जका प्रमुख राकेश ओझाले कृषि उपकरणमा नेपाल सरकारको लगानी भएकाले सबै किसानले त्यसको लाभ लिन आग्रह गर्नुभयो । 

कृषि ज्ञान केन्द्र, बाँकेका प्रमुख सकिल अहमदले किसानका कारण कृषिमा परिवर्तन आएको जानकारी दिदै डुडुवा व्वयसायिक खेतीको नमूना क्षेत्र भएको बताउनुभयो । 


वडाध्यक्ष मोहनराम मिश्राले सयममा सिचांइ हुन सके उत्पादन बढाउन सकिने बताउनुभयो । 


प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाईले त्यस क्षेत्रका किसानका लागि डुडुवामा ‘कष्टम हायरिङ सेन्टर’स्थापना गरेको छ । 

जनचाहना कृषक समूहले स्थापना गरेको सो सेन्टरबाट किसानले सहुलियत दरमा उपकरणको प्रयोग गर्न पाउछन  । सेन्टरमा ट्याक्टर, ट्राली, कल्टीवेटर, धान थ्रेसर, गहुँ थ्रेसर, रोटावेटर, मकै थ्रेसर, लेजरल्याण्ड लेवरल र रिपर रहेको छ । ती उपकरणमा कुल रु. ४३ लाख लगानी रहेको छ । 

बाँकेको खजुरामा पनि ट्याटक्र लगायतका उपकरण रहेको छ । सबै उपकरण ५० प्रतिशत अनुदानमा किसानलाई उपलब्ध गराइएको हो । 

‘कष्टम हायरिङ सेन्टर’ डुडुवा बाहेक बैजनाथ गाउँपालिका, जानकी गाउँपालिका, खजुराका ७ स्थानमा रहेको छ । 
 

ताजा

सबै

बाँकेमा काला नमक धानको संरक्षण गरिँदै

बाँके, ११ कात्तिकः सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न थालि…

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

बाँके ११ कात्तिकः मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका कि…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

लोकप्रिय

सबै

बाँकेमा पान खेतीको सम्भावना पहिल्याउँदै बस्नेत

नेपालगञ्ज १० कात्तिक : कोहलपुर नगरपालिका११ निवासी कीट संरक्षण अभियन्ता अध्यक्ष पुरमल …

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके १० कात्तिकः गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले यस वर्षक…

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

नेपालगन्ज, ८ कात्तिकः जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७ म…

यो पनि

बाँकेमा काला नमक धानको संरक्षण गरिँदै

बाँकेमा काला नमक धानको संरक्षण गरिँदै

बाँके, ११ कात्तिकः सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न थालि…

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

बाँके ११ कात्तिकः मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका कि…

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

बाँकेको सैयापुर क्षेत्र पदयात्राको गन्तव्य

बाँकेको सैयापुर क्षेत्र पदयात्राको गन्तव्य

बाँके, १० कात्तिकः सैयापुर क्षेत्र हाइकिङ (पदयात्रा)लागि गन्तव्य स्थान बन्न थालेको छ । …