Pairabi logo

असोज ०७, २०८३, बुधबार                    

डुडुवाको नीति तथा कार्यक्रम पारित, ४८ करोडको बजेट

डेक्स

डेक्स

डुडुवाको नीति तथा कार्यक्रम पारित, ४८ करोडको बजेट
ADVERTISEMENT

डुडुवा गाउँपालिकाको नयाँ आर्थिक वर्ष २०८०।०८१ को नीति  तथा कार्यक्रम र बजेट प्रस्तुत भएको छ । गाउँपालिकाको आज शुक्रबार बसेको १४औं गाउँसभाले एक वटा विधियेक, नीति तथा कार्यक्रम र रु ४८ करोड ८४ लाख ३४ हजारको प्रस्तावित बजेट सार्वजनिक गरेको हो । 

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शिक्षा, स्वास्थ्य, कृषि, पशु, स्वरोजगार, विपत, बन तथा बातावरण, विकास निमार्ण लगायतका २१ बुंदे महत्वपूर्ण निती तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । 

डुडुवा–४ शाहपूर्वामा गाउँपालिकास्तरीय १५ शैय्याको अस्पताल निर्माण, गुणस्तरीय स्वास्थ्य सेवाको प्रत्याभूतिका लागि बेतहनी स्वास्थ्य चौकीमा चिकित्सक सहितको जेष्ठ नागरिक अस्पताल सञ्चालन, बाल उद्यानको स्थापना, तलाउ तथा पोखरीको संरक्षण, पिकनिक स्पटको निर्माण, राप्ती नदी र डुडुवा खोलामा डुंगा तथा ¥याफ्टिङ्ग संचालन तथा प्राचिन मठ, मन्दिर, गुम्वा, चर्च ,मस्जिद  एवं गुरुद्वाराहरुको संरक्षण, मर्मत संभार  तथा पुर्ननिर्माण गरी पर्यटकीय क्षेत्रहरुका विकास, राप्ती नदी किनारमा स्नान घर र आर्यघाट व्यवस्थित रूपमा संचालन गर्न आवश्यक भौतिक पूर्वाधार निर्माण गर्ने नीति लिइएको छ । 


यसैगरि आवधिक योजना, क्षेत्रगत योजना, रणनीतिक योजना र गुरु योजना कार्यान्वयन, घरघरमा डुडुवा सरकारको अवधारणा कार्यान्वयन गर्न घर घर स्वास्थ्य कार्यक्रम, जेष्ठ नागरीकसँग गाउँपालिका अध्यक्ष कार्यक्रम, घरघर पशुसेवा कार्यक्रम, वडा वडामा प्रयोगाशाला सुविधा, टोलटोलमा घटनादर्ता अभियान र मालपोत संकलन अभियानलाई निरन्तरता दिईने, ’ग’ र ’घ’ वर्गका अशक्त अपांगहरुलाई त्रैमासिक रुपमा दिईदै आएको सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिईने, गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनबाट सेवा प्रावाहलाई सहज, सूचना प्रविधि मैत्री, अशक्त मैत्री र सेवाग्राहीमैत्री सेवा प्रदान गरिने, भूमिहिन सुकुमबासी तथा अब्यवस्थित बस्तीलाई प्रचालित भूमिऐन बमोजिम कार्य प्रक्रिया अगाडी बढाउने र बाढी र डुवानको उच्च जोखिममा रहेको वस्तीहरुमा तटबन्धनको व्यवस्था गरिने निति तथा कार्यक्रमलाई जोड दिइएको छ । 

यसैगरि डुडुवा गाउँपालिक वडा नं–६ महाउत टोलमा ७०० मेट्रिक टन क्षमताको कोल्ड स्टोर निर्माण चालु आ.व. मै सम्पन्न गरि किसानहरुको  आलु विउ भण्डारण र तरकारी तथा फलफूल भण्डारण, गाउँपालिकाभित्र रहेका विद्यालयलाई अनुगमन गरी कार्यसम्पादनका आधारमा प्रोत्साहन, साथै चालु आ.ब.मा गाउपलिकास्तरीय क्याम्पस स्थापनाको लागी संघ तथा प्रदेश सरकारको सहकार्यमा आवस्यक पहल गर्दै यस गाउपालिकामा क्याम्पस स्थापना, साथै डुडुवामा रहेका सबै सामुदायिक बिद्यालयहरु र बालविकास केन्द्रहरुमा अग्रेजी माध्यमबाट पाठपाठन सिकाई कार्यमा जोड दिनेछ ।

यसैगरि प्रयोगशाला नभएका वडाहरु वडा नं १, ३ र ४ मा क्रमशः प्रयोगशाला स्थापना, न्यूनतम दरमा सवै डुडुवावासीलाई वडास्तरमा स्वास्थ्य परिक्षणको पहुचमा वृद्दि, कृषि बालीमा लाग्ने रोग किरा नियन्त्रण गर्न आवश्यक विषादी निःशुल्क रुपमा वितरण,  कृषिको उत्पादन क्षेत्र विस्तार गर्न अन्य निकायसमेतको सहकार्यमा सिंचित क्षेत्रमा विस्तार, पशुरोग निदानका लागी  पशु उपचार सेवा, प्रयोगशाला सेवा, खोप तथा परिजिवी नियन्त्रण सेवालाई थप प्रभावकारी बनाईनेछ । 

उन्नत पशु स्रोत केन्द्रको विकास गर्न कृत्रि गर्भाधान कार्यक्रमबाट नश्ल सुधार गरि कृषकको आम्दानीमा वृद्धि, डुडुवा–२ मा स्थापना भएको बिउ भण्डारण तथा प्रशोधन केन्द्रलाई संचालनमा ल्याई कृषकहरुले उत्पादन गरेका बीउ प्रशोधन गरि बाह्य बजारमा निर्यात गरिने छ । साथै गाउँपालिकालाई बीउ आत्मनिर्भर बनाईने, बेतहनी स्वास्थ्य चौकीलाई स्तरवृद्धि गरि १० शैयाको सामुदायिक अस्पतालमा परिणत गर्न संघिय÷प्रदेश सरकार संग समन्वय गरि सामुदायिक अस्पतालको स्थापना गरिने, सामुदायिक अस्पतालमा राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रम लागू गर्न बिमा कम्पनीसंग सहकार्य गरि बिमा सेवा कार्यक्रम लागु गरिने छ ।

सभामा विधियेक समितिका संयोजक सम्सुद्दिन सल्मानीले डुडुवा गाउँपालिकाको आर्थिक विधियेक २०८० प्रस्तुत गर्नु भएको थियो ।

सभामा वार्षिक नीति तथा कार्यक्रम र प्रस्तावित बजेट सर्बसम्मत रुपमा पारित गरिएको थियो । 

गाउँसभा सचिव तथा प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद गुरुङ्गले संचालन गर्नुभएको सभामा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, वडाध्यक्षहरु पटेश्वरी कुर्मी, दुर्गाप्रसाद बर्मा, आमोद तिवारी, सगिर खाँ, वडासदस्य, कार्यपालिका सदस्य लगायतको सहभागिता रहेको थियो । 

    आ।व। २०८०।०८१ को वार्षिक नीति तथा कार्यक्रम र बजेट पुर्ण पाठ 


 
 

ताजा

सबै

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…

राजापुरमा मानव बेचबिखन रोकथाम तथा सीमापार समन्वय संयन्त्रसम्बन्धी तालिम

बर्दिया, असोज ६ । मानव बेचबिखन, लागुऔषध दुव्र्यसन रोकथाम तथा सीमापार समन्वय संयन्त्रस…

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्ज, ६ असोजः नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी…

दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

नेपालगन्ज, ६ असोज । नेपालीको महान चाड दसैँ नजिकिँदै जाँदा नेपालगञ्जका मूर्तिकारलाई…

लोकप्रिय

सबै

साहसी र कर्मशील अधिकृत लक्ष्मीकान्त मिश्राको बढैयाताल गाउँपालिकामा सरुवा

​बाँके २ असोज । बाँके नरैनापुर गाउँपालिकामा एक दशकभन्दा बढी समय निष्ठापूर्वक सेवा …

स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल

काठमाडौँ, ४ असोजः प्रतिनिधिसभाका सांसदहरूले भविष्यका नागरिकको स्वास्थ्यका लागि सुरक्ष…

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…

यो पनि

बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

बर्दिया, ५ असोजः वीरबहादुर चौधरी दुर्घटनामा परी पूर्ण अपाङ्गता भएपछि बढैयाताल गाउँप…

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

नेपालगञ्ज भदौ २५ । नेपालगञ्जमा रहेको सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण …

भोटेकोशी बाढीपिडितको राहतका लागि सुनाखरीद्धारा ५१ हजार सहयोग

भोटेकोशी बाढीपिडितको राहतका लागि सुनाखरीद्धारा ५१ हजार सहयोग

नेपालगन्ज १६ भदौ । भोटेकोशी नदीमा आएको बाढीबाट पिडित भएकाहरुको राहतका लागि सुनाख…

समाजसेवी शकिल जसगढद्धारा दुई लाख एघार हजार सहयोग

समाजसेवी शकिल जसगढद्धारा दुई लाख एघार हजार सहयोग

नेपालगन्ज १३ भदौ । नेपालगन्जका प्रसिद्ध व्यवसायी वरिष्ठ समाजसेवी नेपाल ज्वेलर्सका सञ्चाल…