Pairabi logo

कात्तिक ०९, २०८३, आइतबार                    

डुडुवाको १४औं गाउँसभाको तयारी तिब्र

डेक्स

डेक्स

डुडुवाको १४औं गाउँसभाको तयारी तिब्र
ADVERTISEMENT

संघ र प्रदेश सरकारले नयाँ आर्थिक वर्षको बजेट ल्याइसकेपछि अब स्थानीय सरकारले नयाँ बजेटको तयारीमा जुटेका छन । बाँके डुडुवा गाउँपालिकाले नयाँ आर्थिक वर्ष २०८०।०८१ को निती तथा कार्यक्रम र बजेटको तयारी तिब्र रुपमा गरिरहेको छ । 

असार ८ गते शुक्रबार बस्ने डुडुवाको १४औं गाउँसभाले निति तथा कार्यक्रम र बजेट ल्याउने प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद गुरुङ्गले बताउनुभयो । उहाँका अनुसार बस्तीस्तरबाट योजना छनौट, राजश्व परामर्श समिति, राजश्व बजेट सिमा निर्धारण समिति र विषयगत समितिहरुको बैठकबाट योजनाहरु छान्ने कार्य भइरहेको छ । 

स्वास्थ्य र पशु क्षेत्रमा उत्कृष्ट कार्य गरेको डुडुवाले आगामी वर्षदेखि शिक्षालाई पहिलो प्राथमिकतामा राखेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । अध्यक्ष चौधरीका अनुसार शिक्षाको अवस्था साह्रै कमजोर भएकाले पालिकाले विशेष रणनिति तयार गरि शिक्षामा सुधार ल्याई प्रभावकारी बनाइने मुख्य निति लिइएको छ । शिक्षा, स्वास्थ्य, कृषि, पशु, विपत, बन तथा बातावरण, विकास निमार्ण लगायतका विषयलाई पनि प्राथमिकीकरण गरि यस वर्ष केही महत्वपूर्ण योजना ल्याउने अध्यक्ष चौधरीले बताउनुभयो । 

स्थानीय तहमा योजना छनौटका चरण अन्र्तगत अहिले वडास्तरिय योजनाहरु छनौट भईसकेर आउने क्रम जारी छ, भने ति योजना आइसकेपछि विषयगत समितिको बैठकबाट योजना पास गाउँपालिका उपाध्यक्ष शाहिदा बानोले बताउनुभयो ।

उहाँका अनुसार विषयगत समितिबाट पास भएका योजना तथा कार्यक्रम बजेट तर्जुमा समितिले पास गरि कार्यपालिकाको बैठकमा पेश गरिनेछ । कार्यपालिकाको बैठकपछि गाउँसभामा निति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनेछ । 
     
     

ताजा

सबै

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

युवराज पाण्डे बुटवल ६ कात्तिक :सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा ९माओवादी० र नेपाली …

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण : सिंचाइमा सहज

दाङ, ६ कात्तिक : दाङको तुलसीपुर उपमहानगरपालिका१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा …

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

नेपालगन्ज,६ कात्तिकः बाँकेको नेपालगञ्ज उपमहानगरपालिका१९ का अमजत अली शेख विगत सात व…

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

नेपालगन्ज, ५ कात्तिकः बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अ…

लोकप्रिय

सबै

थारु बस्तीमा सखिया नाचले दसैँको रौनक

नेपालगञ्ज, ३ कात्तिक : दसैँ पर्वका अवसरमा बाँकेका थारु गाउँबस्तीमा परम्परागत सखिया न…

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

बाँके, ३ कात्तिक । बाँकेको राप्ती सोनारी गाउँपालिका६ फत्तेपुरका किसान महिलाले खसीब…

आज दसहरा मेला, रामलिलामा रावण बध गरिदै

नेपालगन्ज, ४ कार्तिक । नेपालगञ्ज रामलिला मैदानमा विजयादशमीको घटनास्थापनादेखि शुरु भ…

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

नेपालगन्ज, ५ कात्तिकः बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अ…

यो पनि

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

नेपालगन्ज २७ असोजः नेपालगञ्जस्थित जमुनाह नाकामा कडाई गरिएपछि यसपटक सीमावर्ती भारतीय…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दिया, असोज २५ । युवा उद्यमशीलता प्रवद्र्धन, परियोजना कार्यान्वयनलाई प्रभावकारी बनाउन…