Pairabi logo

असोज २६, २०८३, सोमबार                    

डुडुवामा रक्तदान महादान अभियन शुरु हुदै

डेक्स

डेक्स

डुडुवामा रक्तदान महादान अभियन शुरु हुदै
ADVERTISEMENT

डुडुवा (बाँके), १५ जेठ । बाँके डुडुवा गाउँपालिकाले रक्तदान महादान अभियान शुरु गर्न लागेको छ । मानवको जिवन रक्षाका लागि सामाजिक उत्तरदायित्वको भावनाका लागि यो अभियान शुरु गर्न लागेको गाउँपलिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । अध्यक्ष चौधरीले भन्नुभयो–“रगतको व्यवस्था गर्न दैनिक सेवाग्राहीको फोन आउछ, तर गाउँपालिकासंग रगत छैन, त्यसैले व्यवस्थापन कठिनाई भएपछि यो अभियान शुरु गर्न लागेको छु ।” 

गाउँपालिकाले यही जेठ १७ गते बृहत रक्तदान कार्यक्रममार्फत उक्त अभियान शुरु गर्न लागेको छ । गाउँपालिकाभित्र गरिब तथा असहायलगायतका विरामीहरुलाई रगतको व्यवस्थापनका लागि अब गाउँपालिकाले नियमित रुपमा बृहत रक्तदान कार्यक्रम गरि रगत संकलन गर्ने रक्तदान कार्यक्रम सयोजक कौशलकुमार कैरातीले बताउनुभयो । 

उहाँका अनुसार बृहत रक्तदान कार्यक्रममा बढी भन्दा बढी मनिसहरुको रगत संकलनका लागि व्यापक रुपमा प्रचारप्रसार, माइकिङ्ग लगायतका कार्यक्रम भईरहेको छ । रक्तदान कार्यक्रममा युवा, युवती, महिला, कर्मचारी, शिक्षक, सुरक्षाकर्मी स्थानीय लगायत सबैको सहभागिता गराइनेछ ।

 “रगत तथा प्लाज्मा नियमितरुपमा दान गरौ, जीवन बचाउने कार्यमा एक्यबद्ध होऔ ।” भन्ने नाराका साथ रक्तदान कार्यक्रम गर्न लागिएको छ । गउँपालिका वार्ड नं. ३ बनकट्टीस्थित नयाँ प्रशासनिक भवनको प्राङ्गणमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । जनचेतनाको अभावमा अझै पनि अधिकाँस नागरिकहरु रक्तदान नगरेकाले यस्तो अभियानले उनीहरुमा चेतना अभिबृद्धि हुने विश्वास लिइएको छ । 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…