Pairabi logo

पुस २६, २०८२, शनिबार                    

डुडुवाको १३औ गाउँसभाद्धारा बजेट तथा कार्यक्रम संशोधन

डेक्स

डेक्स

डुडुवाको १३औ गाउँसभाद्धारा बजेट तथा कार्यक्रम संशोधन
ADVERTISEMENT

बाँके डुडुवा गाउँपालिकाको १३औँ गाउँसभाले बजेट तथा कार्यक्रम संशोधन गरेको छ । आज शुक्रबार बसेको गाउँसभामा अध्यक्ष नरेन्द्रकुमार चौधरीले चालु आर्थिक वर्षको संशोधन बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । 


चालु आर्थिक वर्षमा यस गाउँपालिकाको निति कार्यक्रम तथा बजेटबाट बिनियोजित कार्यक्रमहरु कार्यावन्यन गर्ने क्रममा नेपाल सरकार संघिय अर्थ मन्त्रालयको परिपत्र तथा निर्णयबाट बिनियोजित विभिन्न अनुदान रकम कटौती भएपछि योजना तथा कार्यक्रम संचालन हुन सकेन । बजेट कटौतीले गाउँपालिकाबाट चालु आर्थिक वर्षका लागि प्रस्तावित विभिन्न (चालुगत तथा पूजीगत) कार्यक्रमहरु कार्यावन्यन हुन नसकेको र आन्तरिक स्रोततर्फको नदीजन्य पदार्थको ठेक्का बन्दोबस्त हुन नसकेको, विकास निर्माणका कार्यमा स्रोत अभावका कारण कार्यान्वयन हुन नसेकेको अध्यक्ष चौधरीले संशोधन प्रस्तावमार्फत जानकारी गराउनु भएको थियो । 


हाल संचालनमा रहेका विभिन्न आयोजनामा स्रोत सुनिश्चिता गर्नुपर्ने र कार्यालय संचालनका लागि अनिवार्य दायित्वहरु तलब भत्ता पानी बिजुली पदाधिकारी सेवा सुविधा इन्धन संचार र मसालन्द तथा कार्यालय सामाग्री शिर्षकमा समेत स्रोत सुनिश्चित गरी भुक्तानी गर्न चालु आर्थिक वर्षको कार्यक्रमको संशोधन प्रस्ताव सर्वसम्म रुपमा पारित गरिएको हो ।


 सभामा अध्यक्ष चौधरीले चालु आर्थिक वर्षमा जनप्रतिनिधीविच आपसी विवाद, ढिलो गरि बजेट पास र आर्थिक मन्दीले सरकारले गरेको बजेट कटौतीले गाउँपालिकाले खासै उपलब्धी गर्न नसकेको भन्दै नयाँ आर्थिक वर्षदेखि विशेष कार्यक्रम तथा अभियान लागु गरि लुम्विनी प्रदेशकै नमुना पालिका बनाउने लक्ष्यका साथ अघि बढने बताउनुभयो । 


सभामा उपाध्यक्ष शाहिदा बानो, वडाध्यक्षहरु पटेश्वर कुर्मी, दुर्गाप्रसाद बर्मा, आमोद तिवारी, सगिर खाँले पनि योजना तथा कार्यक्रमका बारेमा बोल्नु भएको थियो ।

सदस्य सचिव अशोक कुमार पाण्डेले संचालन गरेको गाउँसभामा ३२ जना सभासदमध्ये २२ जनाको उपस्थिती रहेको थियो ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार प्रत्येक आर्थिक वर्षमा कम्तीमा दुई पटक गाउँसभा बस्नुपर्ने प्रावधान अनुरुप सभा बसेको हो । 
 

ताजा

सबै

डुडुवाको १९औँ गाउँसभा

डुडुवा (बाँके), २५ पुस । बाँके डुडुवा गाउँपालिकाको १९औँ गाउँसभा बसेको छ । आज शु…

जानकी गाउँपालिकाको हिंसा सम्वोधनका लागि सिफारिस प्रर्णाली निर्देशिका निमार्ण

नेपालगन्ज । बाँके जानकी गाउँपालिकाको महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्वोधनका …

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आ…

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

लोकप्रिय

सबै

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

डिजिटल हिंसामा आधारित कचहरी नाटक ‘स्वतन्त्र पाईला’ प्रर्दशन शुरु

नेपालगन्ज, २१ पुस । लैङ्गिक हिंसा सम्वन्धी कानुनी सचेतना अन्र्तगत डिजिटल हिंसामा आधार…

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आ…

सार्वजनिक सरोकार समूहद्धारा अदालतको आदेश कार्यान्वयनमा जोड

बसन्त गौतम नेपालगञ्ज, २३ पुस। सार्वजनिक सरोकार कानून व्यवसायी समूहको बुधबार बसेको ब…

यो पनि

नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

नेपालगन्ज, १५ पुसः नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच…

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

नेपालगन्ज, १५ पुसः नेपालगञ्जमा रहेका होटलले अङ्ग्रेजी नयाँ वर्ष २०२६ मा एक साताका ला…

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

नेपालगन्ज ६ पुस । सुनाखरी रेष्टुरेण्ट प्रा लि. नेपालगन्जले गुणस्तरियतासंगै ब्रान्डिङ्ग ग…

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…