Pairabi logo

कात्तिक २४, २०८२, आइतबार                    

नेपालगन्जको ढल व्यवस्थापनमा सांसद तिवारीको पहल

डेक्स

डेक्स

नेपालगन्जको ढल व्यवस्थापनमा सांसद तिवारीको पहल
ADVERTISEMENT

नेपालगन्ज, ६ जेठ । वर्षाको समयमा नेपालगन्जको मुख्य समस्याको रुपमा रहेको ढल निकासको समस्या समाधान हुने भएको छ । बाँकेका सांसद लक्ष्मी तिवारीले ढल निकासको दिगो व्यवस्थापनका लागि पहल गरेपछि समस्या समाधान हुने भएको हो । 
नेपालगन्ज नगरभित्रका प्रायः करिब ८० प्रतिशत  सडक तथा नालाहरु निमार्ण भईसकेको छ । तर नाला निमार्ण भएपनि वर्षाको समयमा पानी परेर जम्मा हुने र प्रयाप्त पानीको निकास थुनिएपछि शहर डुबानमा पर्ने समस्या अब समाधान हुने देखिएको छ ।

नेपालगन्ज सुर्खेतरोड सडक खण्डअन्र्तगत जिल्ला शिक्षा इकाई कार्यालय नजिक रहेको मुख्य नालाको निकासको चौडाईको अभावमा पानी थुनिएकाले पुलको चौडाई बढाएर निकास फराकिलो बनाउनका लागि सम्वन्धित सरोकारवालासंग पुगेर दबाब दिएको सांसद तिवारीले बताउनुभयो । 

उहाँका अनुसार नेपालगन्जको सुर्खेतरोडस्थित नालाको पुल करिब ८–१० मिटर रहेपनि निकास मात्र ३ मिटर चौडाइ भएकाले पानी थुनिएर समस्या डुबानको समस्या रहेको छ । उक्त समस्याका बारेमा नेपालगन्ज सेतुविक चोकस्थित होटल व्यवसायी गोपाल गिरीलगायतका स्थानीयले पटक पटक नेपालगन्ज उपमहानगरपालिका, सडक डिभिजन लगायतसंग आग्रह गर्दा समेत कुनै सुनवाई नभएर आफुसमक्ष यो समस्या आएपछि सांसद तिवारीले यो सवाललाई संघिय सरकारसमक्ष पुरयाउनुभएको छ । 


संसाद तिवारीले भन्नुभयो, “नेपालगन्ज शहरको मुख्य समस्या ढल निकास र डुबानलाई दिर्घकालिन समाधान गर्नुपर्दछ, त्यसका लागि मेरो पहल पहिलो हुनेछ ।” स्थानीयको समस्या लिएर सांसद तिवारीले सडक डिभिजन कार्यालय, क्षेत्रीय सडक डिभिजन, नेपाल सरकार अर्थ मन्त्रालय, भौतिक पुर्वाधार मन्त्रालयसम्म धाएर नाला पुलको चौडाई बढाउनका लागि लाग्ने लागत स्टिमेट रु तीस लाख बजेट व्यवस्थापन गर्नुभएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीकातर्फबाट प्रतिनिधीसभा सदस्य लक्ष्मी तिवारीले यो समस्यालाई लिएर सडक डिभिजन कार्यालय नेपालगन्ज प्रमुख निरज शाक्य, अर्थसचिव अर्जुनप्रसाद पोख्रेललगायतसंग भेटेर समस्या राख्दा तत्काल निमार्णको कार्य अघि बढाउने सहमती भएको सांसद तिवारीका निजी सल्लाहकार रविन्द्रकुमार ज्ञवालीले बताउनुभयो । 


सल्लाहकार ज्ञवालीका अनुसार सांसद तिवारीले यस क्षेत्रका विकास निमार्ण तथा सार्वजनिक सरोकारको सवाललाई मुख्य प्राथमिकताका साथ उठाएर समाधानका लागि पहल गर्नुहुनेछ भने ती सवालहरुलाई आफनो कार्ययोजनामा समेत समेटनुभएको छ । 

सांसद तिवारीले सम्भवतः चालु आर्थिक वर्षभित्रै उक्त नालाको निर्माण प्रक्रिया शुरु हुनेमा विश्वस्त हुनुहुन्छ । नाला निमार्णका विषयमा सडक डिभिजन कार्यालय नेपालगन्ज प्रमुख शाक्यले उक्त समस्या ठुलो भएको स्वीकार्दै बजेटको अभावमा निमार्ण गर्न नसकेको भन्दै सांसद तिवारीको पहलमा बजेट व्यवस्थापन भएपछि तत्काल निमार्ण शुरु गर्ने बताउनुभयो । 

वर्षाको समयमा नेपालगन्जमा केहीबेर पानी परेपछि सेतु विक चोक र घरबारीटोल, गणेशपुर, न्युरोडलगायतका स्थानहरु जलमग्न भई घरभित्र समेत पानी भर्ने समस्या रहेको स्थानीय बताउछन ।

सूचना र नागरिक अभियन्ताका रुपमा काम गर्नुभएका सांसद तिवरीले नागरिकसंग प्रत्यक्ष सरोकार राख्ने र सार्वजनिक चासोको विषयलाई मुख्य एजेण्डाको रुपमा अघि बढाउनुभएको छ । 

ताजा

सबै

यु–१४ फुटबलमा ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा प्रवेश

नेपालगन्ज, २२ कात्तिक । जेन्जी आन्दोलनका कारण रोकिएको यु१४ फुटबल प्रतियोगिता नेपालगन्…

नेपालगन्जमा किसानद्धारा प्रदेशस्तरीय जुलुस र सभा हुदै

नेपालगञ्ज, २२ कात्तिक । राष्ट्रिय किसान सञ्जाल लुम्बिनी प्रदेशले किसान आन्दोलन कार्यक्रम …

बाँकेका पत्रकारहरुको निशुल्क मुटु रोग जाँच

नेपालगञ्ज, २१ कात्तिक । नेपाल पत्रकार महासंघ बाँकेको आयोजना, नेपाल प्रेस युनियन बाँ…

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज, २१ कात्तिकः पश्चिम नेपालको नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्…

लोकप्रिय

सबै

बेलासपुरमा सरसफाइ

कार्तिक १८, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा…

अटोरिक्सा सञ्चालनपछि नरैनापुरवासीलाई आवागमनमा सहज

बाँके, १८ कात्तिकः बाँकेको दुर्गम मानिने नरैनापुर गाउँपालिका क्षेत्रमा अटोरिक्सा सञ्च…

‘जाउँ है बेगनास पोखरा’ बर्दियाको ठाकुरबाबामा

बर्दिया, १८ कात्तिकः आन्तरिक पर्यटनको विकासका लागि पर्यटकीय साझेदारी बढाउने लक्ष्यका स…

नेपालगन्जमा किसानद्धारा प्रदेशस्तरीय जुलुस र सभा हुदै

नेपालगञ्ज, २२ कात्तिक । राष्ट्रिय किसान सञ्जाल लुम्बिनी प्रदेशले किसान आन्दोलन कार्यक्रम …

यो पनि

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

नेपालगन्ज, १३ असोज । मदिरा सेवन गरि श्रीमानले आफ्नै श्रीमतीलाई कुटपिट गरि हिंसा पिड…

नेपालगञ्ज–दिल्ली उडानका लागि प्रम ओलीको ध्यानाकर्षण गराइने

नेपालगञ्ज–दिल्ली उडानका लागि प्रम ओलीको ध्यानाकर्षण गराइने

नेपालगञ्ज ८ साउनः बाँकेमा प्रमुख राजनीतिक दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्ट…

महिलालाई समान अवसर र सहभागितामा जोड

महिलालाई समान अवसर र सहभागितामा जोड

नेपालगन्ज २४ जेठ । राज्यका हरेक तहमा महिलाहरुलाई समान अवसर, सहभागिता र पहुँचको व्य…

मुस्लिम महिलालाई नेतृत्व बिकास

मुस्लिम महिलालाई नेतृत्व बिकास

नेपालगन्ज/ मुस्लिम महिलाहरुका लागि आत्मनिर्भर एबँ नेतृत्व बिकास सम्बन्धी तीन दिने तालि…