Pairabi logo

मंसिर २२, २०८२, आइतबार                    

त्रिभुवन विश्वविद्यालयसंग सूचना माग

डेक्स

डेक्स

त्रिभुवन विश्वविद्यालयसंग सूचना माग
ADVERTISEMENT

नेपालगन्ज २४ बैशाख । महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज स्नातक तह कानून विषयका आशिंक विद्यार्थीले त्रिभुवन विश्वविद्यालयसंग सूचना माग गरेका छन । त्रिभुवन विश्वविद्यालयबाट सञ्चालन हुने कानून संकायलगायत विभिन्न विषयको स्नातक तहको परिक्षाको प्रश्नपत्र अंग्रेजी भाषामा मात्र प्रश्नहरु किन सोध्ने गरिएको त्यसको कुनै निति, कानून निर्देशिका छ छैन यदि छ भने त्यसको प्रमाणित प्रतिलिपी पाउँ भनेर सूचना माग गरिएको छ । 

सूचनाको हक सम्वन्धी ऐन २०६४ तथा नेपालको संविधान २०७२ को धारा २७ अनुसार विद्यार्थीहरुले परीक्षमा सहभागी विद्यार्थीहरुले उत्तरपुस्तिका नेपाली भाषामा लेख्ने व्यवस्था गरिएको भएपनि प्रश्न किन अंग्रेजी भाषामा मात्रै सोधिने गरेको ? नेपाली र अंग्रेजी दुबै भाषामा प्रश्न सोध्ने व्यवस्था किन नगरिएको हो त्यसको जानकारी पाउँ ? परीक्षामा सहभागी हुने अधिकाँस विद्यार्थीहरुले भाषाका कारण प्रश्न पत्र नबुझेर लेख्न नसकेर असफल भईरहको अवस्थालाई विश्वविद्यालयले यसबारेको समस्या समाधान गर्नेतर्फ के योजना बनाएको छ ? त्यसको पुर्ण विवरण पाउँ । र छिमेकी देश भारतमा स्नाकोत्तर परीक्षाहरुमा समेत अंग्रेजी र हिन्दी भाषामा प्रश्नपत्र सोधिने प्रावधानहरु रहेपनि नेपालमा राष्ट्रिय भाषाको रुपमा रहेको नेपाली भाषालाई किन मान्यता नदिएको त्यसबारे पुर्ण जानकारी पाउँ ? लगायतको सूचना माग गरिएको छ ।

कानून संकायका आशिंक विद्यार्थीहरु राकेशकुमार मिश्र, सुर्यलाल यादव, तारा प्रसाद खत्री, धु्रबराज शर्मा, शंकर प्रसाद न्यौपाने, रविन्द्र कुमार ज्ञवाली, अञ्जना चौधरी, कविता मण्डल र सोमनाथ थारुले सयुक्त रुपमा आज आईतबार सूचना माग गर्नुभएको छ । 

विश्वविद्यालयबाट अहिले कानून संकायको दोस्रो वर्षको आशिंक परिक्षा आजदेखि शुरु भएको छ । आइतबार पहिलो दिन सार्वजनिक अन्र्तराष्ट्रिय कानून विषयको परीक्षा भएको छ । 

ताजा

सबै

तोकिएकै मितिमा निर्वाचन गरी मुलुकलाई निकास दिनुपर्छ : सहमहामन्त्री राठौर

बर्दिया । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिँह राठौरले तोकिएकै मितिमा निर्वाचन ग…

लैङ्गिक हिंसाविरुद्ध कानुनको कार्यान्वयन नहुदा पिडितले न्याय पाएनन

नेपालगन्ज, १८ मसिंर । लैङ्गिक हिंसाविरुद्ध अहिले थुप्रै कानुनहरु भएपनि त्यसको प्रभावक…

कार्यस्थलमा समेत महिला असुरक्षित

नेपालगन्ज १७ मसिंर ।कार्यस्थलमा महिलामाथी विभिन्न किसिमका हिंसाहरु हुने गरेको एक का…

ग्रामिण समुदायका महिला अझै हिंसा पिडित

नेपालगन्ज १६ मसिंर । अभिभावकमा सचेतनाको अभावले ग्रामिण समुदायका महिलाहरु अझै पनि …

लोकप्रिय

सबै

लैङ्गिक हिंसाविरुद्ध कानुनको कार्यान्वयन नहुदा पिडितले न्याय पाएनन

नेपालगन्ज, १८ मसिंर । लैङ्गिक हिंसाविरुद्ध अहिले थुप्रै कानुनहरु भएपनि त्यसको प्रभावक…

कार्यस्थलमा समेत महिला असुरक्षित

नेपालगन्ज १७ मसिंर ।कार्यस्थलमा महिलामाथी विभिन्न किसिमका हिंसाहरु हुने गरेको एक का…

तोकिएकै मितिमा निर्वाचन गरी मुलुकलाई निकास दिनुपर्छ : सहमहामन्त्री राठौर

बर्दिया । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिँह राठौरले तोकिएकै मितिमा निर्वाचन ग…

यो पनि

बाँसगढीमा लैगिंक हिंसाविरुद्ध सचेतनामुलक कार्यक्रम

बाँसगढीमा लैगिंक हिंसाविरुद्ध सचेतनामुलक कार्यक्रम

बासगढी (बर्दिया)। बाँके युनेस्को क्लबले बर्दियाको बाँसगढीमा १६ दिने लैङ्गिक हिंसा वि…

मधुवनमा पाँच दिने व्यवसायिक सीप तथा सूक्ष्म उद्यम विकास तालिम

मधुवनमा पाँच दिने व्यवसायिक सीप तथा सूक्ष्म उद्यम विकास तालिम

नेपालगन्ज, ११ मंसिर। बाँके युनेस्को क्लबले मधुवन१, बर्दियामा सञ्चालन गरेको पाँचदिने …

डुडुवाका शैक्षिक संस्थामा सार्वजनिक विदा

डुडुवाका शैक्षिक संस्थामा सार्वजनिक विदा

मुस्लिम धर्मालम्बीहरुको पर्व मोहम्मद डे को अवसरमा डुडुवा गाउँपालिकाले सार्वजनिक विदाद…

छात्रा प्रोत्साहन कार्यक्रम अन्र्तगत डुडुवाद्धारा साइकिल वितरण

छात्रा प्रोत्साहन कार्यक्रम अन्र्तगत डुडुवाद्धारा साइकिल वितरण

डुडुवा (बाँके) ६ असार । डुडुवा गाउँपालिकाले छात्रा प्रोत्साहन कार्यक्रम अन्र्तगत एसइई …