Pairabi logo

माघ १९, २०८२, आइतबार                    

जमुनाह सीमा नाका सील हुदै

डेक्स

डेक्स

जमुनाह सीमा नाका सील हुदै
ADVERTISEMENT

नेपाल–भारत जमुनाहा सीमा नाका दुई दिन बन्द गरिने भएको छ । बाँके जिल्लासँग सीमाना जोडिएको भारतको उत्तर प्रदेशको बहराइच जिल्लामा वैशाख २१ गते हुने नगरपञ्चायतको निर्वाचनका लागि नाका बन्द गर्न लागिएको हो । 

भोली मंगलवार १९ वैशाख राती १२ बजेदेखि २१ गते बेलुका ६ बजेसम्म जमुनाहा नाका पूर्णरुपमा बन्द गरिने बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले बताउनुभयो । उहाँका अनुसार खुला सीमाका कारण निर्वाचनका बेला सुरक्षाचुनौती बढ्नसक्ने भएकाले निर्वाचनका लागि दुई दिन सीमा नाका बन्द गर्न लागिएको हो । नेपाल र भारतमा हुने विभिन्न निर्वाचनका क्रममा सिमा जोडिएका जिल्ला नाका वन्द गर्ने औपचारिक सहमती अनुसार नाका शिल हुने गरेको प्रजिअ आचार्यले बताउनुभयो । 

त्यसक्रममा सशस्त्र प्रहरी बल र भारतीय सुरक्षा बल, एसएसबीका स्थानीय अधिकारीबीच संयुक्तगस्ती हुने जनाइएको छ । सिमा नाका सील गरेर सीमा क्षेत्रको दशगजा क्षेत्रमा दुई देशका सुरक्षाकर्मीले संयुक्तरूपमा गस्ती गर्ने तथा सुरक्षा संवेदनशीलताका अनुसार काम गरिने सुरक्षा अधिकारीले बताएका छन । 

नका सील गरिएको अवधिमा एम्बुलेन्स, बिहे जन्तीलगायत अत्यावश्यक सेवालाई दुवै देशका सुरक्षाकर्मीको समन्वयमा आउन जान दिइने भारतीय सुरक्षा अधिकारीले जनाएका छन् । वैशाख १९ गतेबाटै दुई देशका सीमाक्षेत्रमा मदिराको बेचबिखन र सेवनमा समेत रोक लगाइएको छ । 

भरतको बहराइचका डिएम डा. दिनेश चन्द्राको नेतृत्वमा भारतीय सुरक्षा अधिकारीको एक टोलीले सीमाक्षेत्रको सुरक्षालगायतका विषयमा अनुगमन गरेको छ । टोलीले दोहोरो नागरिकताको सवाललाई निर्वाचनमा विशेष ख्याल गरिएको जनाइएको छ । –––  
 

ताजा

सबै

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक…

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

लोकप्रिय

सबै

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक…

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

यो पनि

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

बाँकेमा अधिकास युवा उम्मेदवार

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

राष्ट्रिय सभाका उम्मेदवार बाँके र बर्दियाका मतदातासँग

राष्ट्रिय सभाका उम्मेदवार बाँके र बर्दियाका मतदातासँग

नेपालगञ्ज, ३ माघः नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट राष्ट्रियसभामा …