Pairabi logo

माघ १७, २०८२, शुक्रबार                    

स्वास्थ्य चौकी बनाउन चन्दा सङ्कलन

डेक्स

डेक्स

स्वास्थ्य चौकी बनाउन चन्दा सङ्कलन
ADVERTISEMENT

रोल्पामा जेल्वाङस्थित  स्वास्थ्यचौकी बनाउन स्थानीयले चन्दा सङ्कलन अभियान थालेका छन् । सुनछहरी गाउँपालिका–७ जेल्वाङमा उक्त अभियान सुरु गरिएको हो । 

सुनछहरीका पूर्व अध्यक्ष आशबहादुर पुनको नेतृत्वमा उक्त अभियान थालिएको हो । यसका लागि सदरमुकाम लिवाङ, सुलिचौरलगायतका बजार क्षेत्रमा अभियान्ता खटाइएको छ । हाल जेल्वाङ गाउँमा रहेको स्वास्थ्यचौकी अव्यस्थित र मापदण्डअनुसारको नभएकाले सेवा लिन समस्या भएकाले नयाँ भवन निर्माणका लागि आफूहरुले सहयोग सङ्कलन गरिरहेको लिवाङमा सहयोग सङ्कलन गरिरहेका वालकुमार पुनले बताउनुभयो । विकासमा जनताको सहभागिता भए अपनत्व पनि बढ्ने भएकाले अभियान दीर्घकालीन सोचका साथ अघि सारिएकोे पुनको भनाइ छ ।  

भवन निर्माणका लागि जग्गा खरिद र अन्य व्यवस्थापनका लागि रु १३ लाख ५० हजार खर्च भएकाले उक्त सहयोग अभियान थालिएको अभियानका संयोजक आशबहादुर पुनमगरले जानकारी दिनुभयो । सो गाउँले यसअघि रोल्वाङ मावि जेल्वाङको लागि पनि १६ लाखभन्दा बढी रकम चन्दा सङ्कलन गरेको थियो । 

उक्त स्वास्थ्यचौकीबाट पाँच १० परिवारले नियमति सेवा लिने गरेका छन् । भवन निर्माणका लागि लुम्बिनी प्रदेश सरकार र सुनछहरी गाउँपालिकाले चालु आर्थिक वर्षका लागि रु एक करोड ४० लाख विनियोजन गरेका छन् । सरकारले विनियोजन गरेको यो बजेट अपुग भएकाले स्थानीय चन्दा उठाउन बाध्य भएका हुन् ।

ताजा

सबै

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक…

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

लोकप्रिय

सबै

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक…

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

यो पनि

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

नेपालगन्ज ७ माघ । बाँकेमा हात्तीपाइले रोग पूर्ण रुपमा निवारण नभएपछि यो वर्ष बाँके ज…

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

प्रहलाद विश्वकर्मा नेपालगंज १९, पुस । नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधा…