Pairabi logo

कात्तिक २३, २०८२, शनिबार                    

प्युठानमा घरेलु उद्यम प्रवद्र्धन गरिदै

डेक्स

डेक्स

प्युठानमा घरेलु उद्यम प्रवद्र्धन गरिदै
ADVERTISEMENT

प्युठान । प्युठानका स्थानीय तहहरुले घरेलु उद्यम प्रवद्र्धनमा प्राथमिकता दिन थालेका छन् । चोयाचित्रो, गिठो, सालका पातजस्ता गाउँघरमा पाइने कच्चा पदार्थबाट तयार गरिने सामग्रीको उत्पादनमा स्थानीय तहले प्रवद्र्धनका कार्यक्रम कार्यान्वयन गरेका हुन् । 

प्युठानको झिमरुक गाउँपालिकाले चोया चित्रोबाट डोको, डाली, सोफा, कुर्सी, आस्ट्रेलगायतका सामग्री बनाउने उद्यम प्रवद्र्धन गर्न थालेको छ । झिमरुक–५ ओखरकोटमा ओखरकोट चोया चित्रो उद्योग सञ्चालनमा आएको छ । घरमै परम्परागत रूपमा गरिँदै आएको चोयाचित्राको कामलाई गुणस्तरीय र दिगो उद्यमका लागि योजना अघि सारिएको झिमरुक गाउँपालिकाकाका अध्यक्ष पितबहादुर क्षेत्रीले जानकारी दिनुभयो । “गाउँघरमा पुख्र्यौली पेसामा रहेको कामलाई जगेर्ना गर्दै सामूहिक रुपमा उद्यममा जोड्न कार्यक्रम ल्याइएको हो”, उहाँले भन्नुभयो । गाउँघरमा भएको बासबाट सामग्री उत्पादन भइ व्यवसाय तथा रोजगारी सिर्जना गर्ने उहाँको विश्वास छ । बाँझो जमिनलाई उचित सदुपयोग गर्दै बाँसको ब्यबसायिक खेती गर्न प्रोत्साहित गर्नुका साथै भू–क्षय हुनबाट रोक्न यो योजना अतिप्रभावकारी हुने कार्यक्रमको रुपमा लिएको गाउँपालिकाले जनाएको छ । 

स्थानीय युवालाई आफ्नो गाउँ ठाउँमै सीप युक्त र आत्मनिर्भर बनाउने युवा व्यवसायी तथा चोयाचित्रो उद्योगका अध्यक्ष प्रदीप जिसीले बताउनुभयो । सो उद्योगबाट  पच्चीस  स्थानीयवासीले डोको, मान्द्रो, डाला, सुपो, बास्केट, ढाकी, पिङ्गो, ढडिया, मुडा, स्टुल , बेञ्च, टेबुल, चियादानी, ट्रे, ओरो, सिङ्के कुचो, बाकस तथा विभिन्न चरा तथा फूलका आकर्षक चित्र बनाउन तालिम समेत लिएका छन् ।

नौबहिनी गाउँपालिकाले काठका भाडा बनाउने उद्यमलाई अघि सारेको छ । नौबहिनी–८ फोप्ली, लुप्लुङमा काठका भाडा बनाउने तालिम सञ्चालन गरी काठका भाडा बनाउन थालिएको हो । नौबहिनीका १२ युवालाई मोटरको प्रयोग गरी काठका भाँडा बनाउने तालिम प्रदान गरिएको नौबहिनी गाउँपालिकाका अध्यक्ष डिलाराम थापामगरले बताउनुभयो । उहाँका अनुसार काठबाट मही पार्ने ठेकी, घ्यू राख्ने हर्पे, कोसी, काठको गिलासलगायतका सामग्री बन्ने छन् । 

स्थानीयस्तरमा पहिले देखि गरिँदै आएको काठबाट भाँडा बनाउने पेसालाई आधुनिक प्रविधियुक्त बनाई जीविकोपार्जनमा सहयोग प¥याउने उद्देश्यले गाउँपालिकाले काठका भाडा निर्माणको उद्यमलाई प्राथमिकता दिएको उहाँको भनाइ छ ।

 

ताजा

सबै

बाँकेका पत्रकारहरुको निशुल्क मुटु रोग जाँच

नेपालगञ्ज, २१ कात्तिक । नेपाल पत्रकार महासंघ बाँकेको आयोजना, नेपाल प्रेस युनियन बाँ…

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज, २१ कात्तिकः पश्चिम नेपालको नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्…

बेलासपुरमा सरसफाइ

कार्तिक १८, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा…

‘जाउँ है बेगनास पोखरा’ बर्दियाको ठाकुरबाबामा

बर्दिया, १८ कात्तिकः आन्तरिक पर्यटनको विकासका लागि पर्यटकीय साझेदारी बढाउने लक्ष्यका स…

लोकप्रिय

सबै

डुडुवामा सामाजिक सुरक्षा भत्ता वितरण

डुडुवा (बाँके), १७ कात्तिक । डुडुवा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गर्न श…

राप्ती नदी सिधनिया घाटमा पुर्णमासी मेला सुरु

नेपालगन्ज १७ कात्तिक । बाँकेको राप्ती नदी सिधनिया घाटमा तीन दिने पुर्णमासी मेला शुर…

बेलासपुरमा सरसफाइ

कार्तिक १८, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा…

अटोरिक्सा सञ्चालनपछि नरैनापुरवासीलाई आवागमनमा सहज

बाँके, १८ कात्तिकः बाँकेको दुर्गम मानिने नरैनापुर गाउँपालिका क्षेत्रमा अटोरिक्सा सञ्च…

यो पनि

डुडुवामा सामाजिक सुरक्षा भत्ता वितरण

डुडुवामा सामाजिक सुरक्षा भत्ता वितरण

डुडुवा (बाँके), १७ कात्तिक । डुडुवा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गर्न श…

साथ परियोजनामार्फत राप्ती सोनारीका महिलामा जागरुकतासंगै आत्मनिर्भर

साथ परियोजनामार्फत राप्ती सोनारीका महिलामा जागरुकतासंगै आत्मनिर्भर

राप्ती सोनारी (बाँके) ९ असोज । बाँकेको राप्ती सोनारी गाउँपालिकामा आईएनएफ नेपालले …

तीन महिने तालिमले इन्दिरा र गीतालाई बनायो आर्थिक रुपमा सक्षम

तीन महिने तालिमले इन्दिरा र गीतालाई बनायो आर्थिक रुपमा सक्षम

बर्दिया । बर्दियाको राजापुर नगरपालिकाकी इन्दिरा चौधरी र गीता चौधरी केही महिना पहिल…

नेपालगञ्जमा मारुती नन्दन अर्डर एण्ड सप्लायर्सलाई २० हजार जरिवाना

नेपालगञ्जमा मारुती नन्दन अर्डर एण्ड सप्लायर्सलाई २० हजार जरिवाना

नेपालगञ्ज । नेपालगञ्जमा मारुती नन्दन अर्डर एण्ड सप्लायर्सलाई २० हजार रुपैयाँ जरिवाना ग…