Pairabi logo

पुस १३, २०८२, आइतबार                    

बाँकेका स्थानीय तहमा ६९ करोड बढी बेरुजु

डेक्स

डेक्स

बाँकेका स्थानीय तहमा ६९ करोड बढी बेरुजु
ADVERTISEMENT

नेपालगञ्ज । बाँके जिल्लाका आठ स्थानीय तहको बेरुजु करिब रु ६९ करोड बढी पुगेको छ । महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०७८/०७९ को सार्वजनिक गरेको ६०औं लेखापरीक्षण प्रतिवेदनमा जिल्लाका आठ स्थानीय तहको बेरुजु रु ६९ करोड ५५ लाख रहेको हो ।
    
आ.व. २०७७/०७८ को लेखापरीक्षण गर्दा बेरुजु रकम रु ४५ करोड ४० लाख थियो । आ.व. २०७७/०७८ भन्दा आ.व. २०७८/०७९ मा रु २५ करोड बेरुजु थप भएको छ । महालेखाले आ.व. २०७८/०७९ मा जिल्लाका आठ स्थानीय तहको रु १६ अर्ब १३ करोड ५७ लाख बढीको लेखापरीक्षण गरेको थियो ।

जिल्लाक आठ स्थानीय तहमध्ये अधिकांस स्थानीय तहको बेरुजु अघिल्लो आ.व.को तुलनामा बढेको पाइन्छ । आ.व. २०७८/०७९ को महालेखाको प्रतिवेदन अनुसार, कुल लेखापरीक्षण रकम मध्ये खजुरा गाउँपालिकाको २.४७ प्रतिशत, राप्तीसोनारी गाउँपालिकाको ५.३१ प्रतिशत, नरैनापुर गाउँपालिकाको २.७१ प्रतिशत, नेपालगन्ज उपमहानगरपालिकाको ५.२ प्रतिशत, कोहलपुर नगरपालिकाको ६.२४ प्रतिशत, डुडुवा गाउँपालिकाको २.४५ प्रतिशत, जानकी गाउँपालिकाको २.९२ प्रतिशत र बैजनाथ गाउँपालिकाको ४.३२ प्रतिशत बेरुजु रहेको छ । 
    
आ.व. २०७७/०७८ भन्दा खजुरा गाउँपालिका, डुडुवा गाउँपालिका, जानकी गाउँपालिको बेरुजु प्रतिशत केहीमात्रामा घटेको छ । नेपालगन्ज उपमहानगरपालिकाको बेरुजु प्रतिशत ह्वात्तै बढेको लेखापरीक्षण प्रतिवेदनले देखाएको छ । 

आ.व. २०७७/०७८ को लेखापरीक्षणमा लेखापरीक्षण रकम मध्ये जानकी गाउँपालिकाको बेरुजु ६.२०, नेपालगन्ज उपमहानगरपालिकाको १.२५, राप्तीसोनारी गाउँपालिकाको ३.६९, कोहलपुर नगरपालिकाको ३.७१, खजुरा गाउँपालिकाको २.८१, डुडुवा गाउँपालिकाको ४.३७, बैजनाथ गाउँपालिकाको २.९५ र नरैनापुर गाउँपालिकाको १.८५ प्रतिशत बेरुजु रहेको थियो ।

यसअघिका बेरुजु स्थानीय तहले महालेखाले तोकेको समयमा फच्र्यौट गरेका छन । तर, स्थानीय तहका धेरै बेरुजु अझै फच्र्यौट हुन सकेको छैन । महालेखा परीक्षकको कार्यालयले बजेट अनियमित तवरले खर्च गरेका कारण बेरुजु रकम बढेको जनाएको छ । 

विनियोजितभन्दा फरक शीर्षकमा बजेट खर्च गरेको, सार्वजनिक खरीद ऐनको प्रतिकूल हुने गरी निर्माणमा उपकरण प्रयोग गरेको, प्रतिस्पर्धा विना सामग्री खरीद र योजनाको काम गरेको, सम्पन्न कार्यको आवश्यक कागजात संलग्न नगर्दा स्थानीय सरकारको बेरुजु बढेको हो । 

प्रतिवेदन अनुसार सङ्घीय तथा प्रदेशका सरकारी निकाय, स्थानीय तह, सङ्गठित संस्था, समिति र अन्य संस्थासमेत कूल छ हजार पाँच सय ४३ निकायको लेखापरीक्षण गर्दा बेरुजु रु साढे नौ खर्बमाथि देखिएको हो । 
 

ताजा

सबै

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

प्रहलाद विश्वर्मा नेपालगंज ६ पुस ।। नेपाल रेडक्रस सोसाइटीको विधान संशोधनका लागि सुझ…

लोकप्रिय

सबै

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

यो पनि

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

नेपालगन्ज ६ पुस । सुनाखरी रेष्टुरेण्ट प्रा लि. नेपालगन्जले गुणस्तरियतासंगै ब्रान्डिङ्ग ग…

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…

नेपालगन्जमा प्राइमोको शेयर कारोवार सुरु

नेपालगन्जमा प्राइमोको शेयर कारोवार सुरु

नेपालगन्ज । धितोपत्र बोर्डको दलाल (ब्रोकर)कार्यालयको सङ्ख्या नेपालगन्जमा तीन पुगेको छ ।…

“साइडवेज बजार” नयाँ उचाँइमा पुग्ने सुरुवाती अवस्था हो

“साइडवेज बजार” नयाँ उचाँइमा पुग्ने सुरुवाती अवस्था हो

नेपालगन्ज पश्चिम नेपालका लागि आर्थिक हबका रुपमा परिचित रहेको छ । यससँगै पछिल्लो समय…