Pairabi logo

असोज २६, २०८३, सोमबार                    

होल्डिङ्ग सेन्टरकाे विकल्प खोजि‌दै

डेक्स

डेक्स

होल्डिङ्ग सेन्टरकाे विकल्प खोजि‌दै
ADVERTISEMENT

नेपालगन्ज । कोभिड १९ को महामारीका क्रममा नेपालगन्ज सिमा नाकामा निमार्ण गरिएको होल्डिङ्ग सेन्टर प्रयोगमा नआएपछि स्थानीय प्रशासनले त्यसको विकल्प खोजेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले होल्डिङ्ग सेन्टर प्रयोगका लागि नेपाल सरकार रक्षा मन्त्रालयलाई तीन विकल्पसहितको सुझाव पठाएको छ ।

तीन सदस्यीय अध्ययन कार्यदल बनाएर सुझाव संकलन गरेको स्थानीय प्रशासनले त्यसका लागि प्राप्त सुझावका आधारमा मन्त्रालय समक्ष तीन वटा विकल्प प्रस्ताव गरेको हो । ‘हामीलाई रक्षा मन्त्रालयले यो विषयमा के के गर्न सकिन्छ हेरेर प्रतिवेदन पेश गर्नु भनेको थियो त्यसका आधारमा तीन वटा विकल्प पठाएका छौं,’ होल्डिङ्ग सेन्टर प्रयोगका लागि मन्त्रालयलाई पठाइएको प्रस्तावबारे बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले भन्नुभयो, ‘देशभरीका सन्दर्भमा पनि मन्त्रालयले काम गरिरहेकाले निर्णयका लागि सजिलो हुनेगरि सबै प्राप्त सुझावलाई विकल्पका रुपमा पठाएका छौं ।’

स्थानीय प्रशासनले बहुउपयोगी एकीकृत पुनस्र्थापना केन्द्रको सम्भावना औल्याएको छ । ‘जसमा लागुऔषध दुव्र्यसनीहरु, स्पाइनल कर्डका इन्जुरी, कु्ष्ठरोगका, यस्ता खालको पुनस्र्थापना केन्द्र चलाउन सकियो भने एकै ठाउँमा धेरैलाई सेवा दिन सकिन्छ,’ प्रजिअ आचार्यले भन्नुभयो । तीन सदस्यीय अध्ययन कार्यदलले संकलन गरेको सुझावका आधारमा कतिपयले अस्पतालका रुपमा उपयोग गर्न सुझाव दिएका छन् । 

यहाँस्थित भेरी अस्पतालको नयाँ भवन निर्माणाधिन रहेकाले बैकल्पिक अस्पताल भवनका रुपमा उक्त संरचना प्रस्ताव गरिएको छ । प्रजिअ आचार्यले भन्नुभयो, ‘होल्डिङ्ग सेन्टर प्रयोगका लागि स्थानीय तहको वा अस्पतालकै रुपमा चलाउने भन्ने विषयमा पनि छलफल भएको हो ।’

विपद्को बेलामा स्थानीय तहका बाढी पीडितलाई राख्न सकिने लगायतका विषयमा छलफल भएका छन् । अर्काे विकल्पका रुपमा निजी क्षेत्रका लागि निश्चित समयका लागि ठेक्कामा दिन सकिन्छ कि भन्ने विषयमा पनि छलफल भएको प्रजिअ आचार्यले बताउनुभयो । 

प्रजिअ आचार्यले विभिन्न तीन चार वटा विषयमा उपयोगका सम्भावनामा छलफल भएको जानकारी दिंदै भन्नुभयो,‘ तीन वटा विकल्प दिएका छौं, अन्तिम निर्णय गर्ने जिम्मा रक्षा मन्त्रालयलाई भएकाले केही उपयोगको निर्णय गर्ला ।’ –––
 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…