Pairabi logo

माघ १७, २०८२, शुक्रबार                    

होल्डिङ्ग सेन्टरकाे विकल्प खोजि‌दै

डेक्स

डेक्स

होल्डिङ्ग सेन्टरकाे विकल्प खोजि‌दै
ADVERTISEMENT

नेपालगन्ज । कोभिड १९ को महामारीका क्रममा नेपालगन्ज सिमा नाकामा निमार्ण गरिएको होल्डिङ्ग सेन्टर प्रयोगमा नआएपछि स्थानीय प्रशासनले त्यसको विकल्प खोजेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले होल्डिङ्ग सेन्टर प्रयोगका लागि नेपाल सरकार रक्षा मन्त्रालयलाई तीन विकल्पसहितको सुझाव पठाएको छ ।

तीन सदस्यीय अध्ययन कार्यदल बनाएर सुझाव संकलन गरेको स्थानीय प्रशासनले त्यसका लागि प्राप्त सुझावका आधारमा मन्त्रालय समक्ष तीन वटा विकल्प प्रस्ताव गरेको हो । ‘हामीलाई रक्षा मन्त्रालयले यो विषयमा के के गर्न सकिन्छ हेरेर प्रतिवेदन पेश गर्नु भनेको थियो त्यसका आधारमा तीन वटा विकल्प पठाएका छौं,’ होल्डिङ्ग सेन्टर प्रयोगका लागि मन्त्रालयलाई पठाइएको प्रस्तावबारे बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले भन्नुभयो, ‘देशभरीका सन्दर्भमा पनि मन्त्रालयले काम गरिरहेकाले निर्णयका लागि सजिलो हुनेगरि सबै प्राप्त सुझावलाई विकल्पका रुपमा पठाएका छौं ।’

स्थानीय प्रशासनले बहुउपयोगी एकीकृत पुनस्र्थापना केन्द्रको सम्भावना औल्याएको छ । ‘जसमा लागुऔषध दुव्र्यसनीहरु, स्पाइनल कर्डका इन्जुरी, कु्ष्ठरोगका, यस्ता खालको पुनस्र्थापना केन्द्र चलाउन सकियो भने एकै ठाउँमा धेरैलाई सेवा दिन सकिन्छ,’ प्रजिअ आचार्यले भन्नुभयो । तीन सदस्यीय अध्ययन कार्यदलले संकलन गरेको सुझावका आधारमा कतिपयले अस्पतालका रुपमा उपयोग गर्न सुझाव दिएका छन् । 

यहाँस्थित भेरी अस्पतालको नयाँ भवन निर्माणाधिन रहेकाले बैकल्पिक अस्पताल भवनका रुपमा उक्त संरचना प्रस्ताव गरिएको छ । प्रजिअ आचार्यले भन्नुभयो, ‘होल्डिङ्ग सेन्टर प्रयोगका लागि स्थानीय तहको वा अस्पतालकै रुपमा चलाउने भन्ने विषयमा पनि छलफल भएको हो ।’

विपद्को बेलामा स्थानीय तहका बाढी पीडितलाई राख्न सकिने लगायतका विषयमा छलफल भएका छन् । अर्काे विकल्पका रुपमा निजी क्षेत्रका लागि निश्चित समयका लागि ठेक्कामा दिन सकिन्छ कि भन्ने विषयमा पनि छलफल भएको प्रजिअ आचार्यले बताउनुभयो । 

प्रजिअ आचार्यले विभिन्न तीन चार वटा विषयमा उपयोगका सम्भावनामा छलफल भएको जानकारी दिंदै भन्नुभयो,‘ तीन वटा विकल्प दिएका छौं, अन्तिम निर्णय गर्ने जिम्मा रक्षा मन्त्रालयलाई भएकाले केही उपयोगको निर्णय गर्ला ।’ –––
 

ताजा

सबै

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक…

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

लोकप्रिय

सबै

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक…

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

यो पनि

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

नेपालगन्ज ७ माघ । बाँकेमा हात्तीपाइले रोग पूर्ण रुपमा निवारण नभएपछि यो वर्ष बाँके ज…

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

प्रहलाद विश्वकर्मा नेपालगंज १९, पुस । नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधा…