Pairabi logo

असोज १७, २०८३, शनिबार                    

व्यवस्था परिवर्तनका लागि लडेका शहिद होइनन : डा. अहिराज

डेक्स

डेक्स

व्यवस्था परिवर्तनका लागि लडेका शहिद होइनन : डा. अहिराज
ADVERTISEMENT

कमल राज पौडेल 
बर्दिया १४ चैत / मधेश प्रदेशका निवर्तमान प्रदेश प्रमुख डा. राजेश अहिराजले सामाजिक सञ्जाल टुईटरमार्फत नेपाल सरकारले शहिद घोषणा गरेका र शहिद दिवसमा माल्यापर्ण गर्ने पात्रहरु एक जना पनि शहीद नभएको बताउनु भएको छ ।


उहाँले मुलुकको सिमा अखण्डता ,सार्बर्भौमिकता जोगाउने क्रममा कुनै विदेशी शक्तिसंग मारिने पात्र मात्र शहिद भनेर सम्मान गर्न मिल्ने तर एउटै देश भित्र व्यवस्था ,दल ,शक्ति र प्रधानमन्त्री, मन्त्री परिवर्तनका लागि लडेर मरेका पात्रहरु राजनीतिक दलका सच्चा कार्यकर्ता हुन देशका शहीद नभएको बताउनुभयो । 
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले अनमिनले अयोग्य ठहराएका माओबादी कार्यकर्तालाई लडाकुको नाममा भरणपोषणका लागि राहात प्याकेज दिने र कथित जनयुद्धमा मारीएकालाई राष्ट्रिय शहीद घोषणा गर्दै छ भन्ने कुरा विभिन्न संचार माध्यमबाट आईरहेको बेला डा. अहिराजले सामाजिक संजाल टुईटरमा लेख्नुभएका यी कुराहरुले कस्तालाई शहीद मान्ने विषयमा नेपालको राजनीतिक र सामाजिक क्षेत्रमा बहस शुरु भएको छ । 


डा. अहिराजले भन्नुभयो, बि.स १८०१ म गोर्खाली फौजले काठमाण्डौ अन्र्तगतको नुवाकोट जीतेसगै आधुनिक नेपाल निमार्ण प्रक्रिया अपौचारिक रुपमा आरम्भ भयो । बाईसी तथा चौबिसी राज्यका नाममा छरिएर रहेको वर्तमान नेपालको भुभागलाई एकिकरण गरी सिङ्गो देश निमार्णका लागि गरिएको एकिकरण अभियान नेपाल अग्रेज युद्ध पछी वि.स १८७२ मा दुई मुलुकबिच भएको सुगौलि सन्धिसम्म जारी रहेयो । उहाँथपन्नु हुन्छ ७१ वर्षसम्म मुलुक निमार्णका लागि एकिकरण अभियान चल्यो । यो अभियानमा धेरै युद्धहरु भए ।

वि. स १८१४ जेठ १९ गते किर्तिपुरको युद्धमा कालु पाण्डेले साहादत प्राप्त गर्नु भयो उहाँ नै नेपालको पहिलो शहिद हो तर नेपाल सरकारले नेपाल एकिकरणको पहिलो शहीद कालु पाण्डे र तिनका सन्तानहरुका बारेमा कुनै पनि जानकारीहरु राखेको छ ?उहाँ प्रश्न गर्नुहुन्छ पृथ्वीनारायण शाहको देहान्तपछि  नेपाल एकिकरणको अभिभारा काधमा बोक्ने रानी राजेन्द्र लक्ष्मि देबी शाह, राजकुमार बहादुर शाह, नेपालएकिकरण अभियानकासिपाहीहरुलाई हतियार चलाउनसिकाउनेमुस्लिम समुदायका शेष जोरावर ,मंमतकी र भेखा सिंह , पृथ्वीनारायण शाहलाई गोर्खाकाप्रत्येक घरधुरीबाट एक रुपैया उठाएर एकिकरण अभियान सुरु गर्नु पर्ने सुझाबदिने गोर्खाबासीदलित समुदायकाविसे नर्कची, वि.स १८७१को नालापानि युद्धमा लडेका शेनापतिबलभद्र कुवँर र उनको साथमा अग्रेजसंग संगै लडेका ६ सय जना शैनिकमहिलापुरुष र बालबालिकाहरु , पश्चिम कमान्डर अमर सिंह थापा , बयोबृद्ध योद्धा भक्तिथापा ,बिराजबखेती ,रणजित बस्न्यात ,मान सिंह रोका ,विरभद्र पाठक  ,शिवराम बस्न्यात लगायतकाहजारौ विर योद्धाहरु जसले यो सिङ्गो मुलुक निमार्णमाआफनो ज्यानको आहुतीदियआजतिनलाई यो राज्यले चिन्दैन । 

ताजा

सबै

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

लोकप्रिय

सबै

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

यो पनि

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

नेपालगन्ज १ साउनः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तम…

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

नेपालगन्ज, जेठ २६ गते । पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका…