Pairabi logo

माघ १९, २०८२, आइतबार                    

व्यवस्था परिवर्तनका लागि लडेका शहिद होइनन : डा. अहिराज

डेक्स

डेक्स

व्यवस्था परिवर्तनका लागि लडेका शहिद होइनन : डा. अहिराज
ADVERTISEMENT

कमल राज पौडेल 
बर्दिया १४ चैत / मधेश प्रदेशका निवर्तमान प्रदेश प्रमुख डा. राजेश अहिराजले सामाजिक सञ्जाल टुईटरमार्फत नेपाल सरकारले शहिद घोषणा गरेका र शहिद दिवसमा माल्यापर्ण गर्ने पात्रहरु एक जना पनि शहीद नभएको बताउनु भएको छ ।


उहाँले मुलुकको सिमा अखण्डता ,सार्बर्भौमिकता जोगाउने क्रममा कुनै विदेशी शक्तिसंग मारिने पात्र मात्र शहिद भनेर सम्मान गर्न मिल्ने तर एउटै देश भित्र व्यवस्था ,दल ,शक्ति र प्रधानमन्त्री, मन्त्री परिवर्तनका लागि लडेर मरेका पात्रहरु राजनीतिक दलका सच्चा कार्यकर्ता हुन देशका शहीद नभएको बताउनुभयो । 
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले अनमिनले अयोग्य ठहराएका माओबादी कार्यकर्तालाई लडाकुको नाममा भरणपोषणका लागि राहात प्याकेज दिने र कथित जनयुद्धमा मारीएकालाई राष्ट्रिय शहीद घोषणा गर्दै छ भन्ने कुरा विभिन्न संचार माध्यमबाट आईरहेको बेला डा. अहिराजले सामाजिक संजाल टुईटरमा लेख्नुभएका यी कुराहरुले कस्तालाई शहीद मान्ने विषयमा नेपालको राजनीतिक र सामाजिक क्षेत्रमा बहस शुरु भएको छ । 


डा. अहिराजले भन्नुभयो, बि.स १८०१ म गोर्खाली फौजले काठमाण्डौ अन्र्तगतको नुवाकोट जीतेसगै आधुनिक नेपाल निमार्ण प्रक्रिया अपौचारिक रुपमा आरम्भ भयो । बाईसी तथा चौबिसी राज्यका नाममा छरिएर रहेको वर्तमान नेपालको भुभागलाई एकिकरण गरी सिङ्गो देश निमार्णका लागि गरिएको एकिकरण अभियान नेपाल अग्रेज युद्ध पछी वि.स १८७२ मा दुई मुलुकबिच भएको सुगौलि सन्धिसम्म जारी रहेयो । उहाँथपन्नु हुन्छ ७१ वर्षसम्म मुलुक निमार्णका लागि एकिकरण अभियान चल्यो । यो अभियानमा धेरै युद्धहरु भए ।

वि. स १८१४ जेठ १९ गते किर्तिपुरको युद्धमा कालु पाण्डेले साहादत प्राप्त गर्नु भयो उहाँ नै नेपालको पहिलो शहिद हो तर नेपाल सरकारले नेपाल एकिकरणको पहिलो शहीद कालु पाण्डे र तिनका सन्तानहरुका बारेमा कुनै पनि जानकारीहरु राखेको छ ?उहाँ प्रश्न गर्नुहुन्छ पृथ्वीनारायण शाहको देहान्तपछि  नेपाल एकिकरणको अभिभारा काधमा बोक्ने रानी राजेन्द्र लक्ष्मि देबी शाह, राजकुमार बहादुर शाह, नेपालएकिकरण अभियानकासिपाहीहरुलाई हतियार चलाउनसिकाउनेमुस्लिम समुदायका शेष जोरावर ,मंमतकी र भेखा सिंह , पृथ्वीनारायण शाहलाई गोर्खाकाप्रत्येक घरधुरीबाट एक रुपैया उठाएर एकिकरण अभियान सुरु गर्नु पर्ने सुझाबदिने गोर्खाबासीदलित समुदायकाविसे नर्कची, वि.स १८७१को नालापानि युद्धमा लडेका शेनापतिबलभद्र कुवँर र उनको साथमा अग्रेजसंग संगै लडेका ६ सय जना शैनिकमहिलापुरुष र बालबालिकाहरु , पश्चिम कमान्डर अमर सिंह थापा , बयोबृद्ध योद्धा भक्तिथापा ,बिराजबखेती ,रणजित बस्न्यात ,मान सिंह रोका ,विरभद्र पाठक  ,शिवराम बस्न्यात लगायतकाहजारौ विर योद्धाहरु जसले यो सिङ्गो मुलुक निमार्णमाआफनो ज्यानको आहुतीदियआजतिनलाई यो राज्यले चिन्दैन । 

ताजा

सबै

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक…

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

लोकप्रिय

सबै

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक…

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

यो पनि

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

बाँकेमा अधिकास युवा उम्मेदवार

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

राष्ट्रिय सभाका उम्मेदवार बाँके र बर्दियाका मतदातासँग

राष्ट्रिय सभाका उम्मेदवार बाँके र बर्दियाका मतदातासँग

नेपालगञ्ज, ३ माघः नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट राष्ट्रियसभामा …