Pairabi logo

मंसिर २५, २०८२, बुधबार                    

बजारमा बढ्दै काजुको माग

डेक्स

डेक्स

बजारमा बढ्दै काजुको माग
ADVERTISEMENT

नेपालगञ्ज । महंगो ड्राइफ्रुटका रुपमा चिनिने काजु अहिले सामाजिक सञ्जालमा चर्चामा छ । ऋषि धमला र शर्मिला वाइबाको ‘काण्ड’ ले काजुको छवि नै बिग्रिने गरी ट्रोल भइरहँदा बजारमा चाहिं कस्तो असर परेको हुँदो हो त रु


हामीले केही पसलेहरुसँग बुझ्दा उनीहरुले काजुको व्यापार उल्लेख्य बढेको बताए । यद्यपि, कतिपय उपभोक्ता भने काजु किन्न आउँदा धकाउने गरेको उनीहरुको अनुभव छ ।

कलंकीस्थित श्रेष्ठ किराना पसलका सञ्चालक ओम श्रेष्ठले पछिल्ला दिनहरुमा काजुको ‘सर्टेज’ नै हुन थालेको दाबी गरे । होलसेलमा पनि नपाएर उपभोक्तालाई फर्काउनु परेको उनले सुनाए ।

श्रेष्ठले भने, ‘मैले आधा केजीसम्मको प्याकेट बनाएर काजु बिक्री गर्ने गरेको छु । आधी केजीको १ हजार रूपैयाँ पर्छ । तर, केही दिनदेखि काजु नै सकिएको छ । धेरै ग्राहकलाई फर्काउनुपरेको छ । काजु ल्याउने पार्टीलाई फोन गर्दा पनि बजारमा कमी भएकाले केही दिनमा मात्रै ल्याइदिन्छु भन्ने उत्तर दिइरहेका छन् ।’

माग धेरै भएको कारण अब खुला काजु पनि बिक्री गर्ने श्रेष्ठले बताए ।

मसला भण्डारका सञ्चालक दिनेश अग्रवालले पनि पछिल्लो केही दिनमा काजुको माग निकै बढेको बताए । अग्रवालले भने, ‘पहिले मेरो पसलमा आएका ग्राहकमध्ये ४० देखि ५० प्रतिशतले काजु किन्ने गरेका थिए । केही दिनदेखि ७० प्रतिशत जति ग्राहकले काजु किन्छन् ।’

यसअघि कोरोनाकालमा काजुको बिक्री यसैगरी बढेको उनको अनुभव छ । अहिले चाहिं के कारणले माग बढेको हो भन्ने उनले हेक्का पाएका छैनन् ।

‘कोरोनाको बेला शरीरमा तागत आउँछ भनेर काजुको माग बढेको थियो । तिहारका बेला अत्यधिक माग हुनु स्वाभाविक हो । अहिले खोइ के कारण हो, झण्डै तिहारकै बेलामा जस्तो बिक्री बढेको छ’, अग्रवालले दाबी गरे ।

ज्योति ट्रेडर्सका सञ्चालक रमेश मिश्रले पनि नेपाली बजारमा काजुको माग केही दिनदेखि बढेको उल्लेख गरे । ‘देश आर्थिक मन्दीमा छ भन्छन् । अन्य वस्तुहरुको बिक्री कमजोर छ । तर, काजुको बिक्री भने अचानक बढेको छ’, मिश्रले भने ।

दैनिक ३ देखि ५ केजीसम्म काजु बिक्री हुने ठाउँमा अहिले ८ देखि १२ केजी बिक्री भइरहेको उनको अनुभव छ । पसलमा काजु किन्न आउने कतिपय ग्राहक खितखित हाँस्ने गरेको पनि मिश्र बताउँछन् ।

‘खोइ किन काजुलाई यसरी हाँसोको विषय बनाइएको हो, थाहा छैन । हामी व्यापारीलाई व्यापार भए पुग्यो, अरु चासो नै छैन’, उनले भने ।

बजारमा काजुको अभाव भने नरहेको पसलेहरु बताउँछन् । नेपालमा प्रतिकिलो १ हजार ५ सयदेखि २ हजार ३ सयसम्म मूल्यमा काजु बिक्री हुने गरेको छ ।

कति आयात हुन्छ काजु रु

भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०७९र८० को ७ महिनामा नेपालमा विभिन्न देशबाट ४१ करोड ४५ लाख रुपैयाँ बराबरको ६ लाख ३३ हजार केजी काजु आयात भएको छ ।

नेपालमा चीन, भारत, नाइजेरिया, भियतनाम, सिंगापुरलगायतका देशबाट काजु आयात भएको छ । भारतबाट सबैभन्दा धेरै ५० करोड रुपैयाँको काजु नेपालमा भित्रिएको छ ।


 

ताजा

सबै

केन्द्रीय तहका नेता एक निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने : राठौर

नेपालगन्ज । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता एउटा…

तोकिएकै मितिमा निर्वाचन गरी मुलुकलाई निकास दिनुपर्छ : सहमहामन्त्री राठौर

बर्दिया । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिँह राठौरले तोकिएकै मितिमा निर्वाचन ग…

लैङ्गिक हिंसाविरुद्ध कानुनको कार्यान्वयन नहुदा पिडितले न्याय पाएनन

नेपालगन्ज, १८ मसिंर । लैङ्गिक हिंसाविरुद्ध अहिले थुप्रै कानुनहरु भएपनि त्यसको प्रभावक…

कार्यस्थलमा समेत महिला असुरक्षित

नेपालगन्ज १७ मसिंर ।कार्यस्थलमा महिलामाथी विभिन्न किसिमका हिंसाहरु हुने गरेको एक का…

लोकप्रिय

सबै

तोकिएकै मितिमा निर्वाचन गरी मुलुकलाई निकास दिनुपर्छ : सहमहामन्त्री राठौर

बर्दिया । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिँह राठौरले तोकिएकै मितिमा निर्वाचन ग…

केन्द्रीय तहका नेता एक निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने : राठौर

नेपालगन्ज । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता एउटा…

यो पनि

नेपालगन्जमा प्राइमोको शेयर कारोवार सुरु

नेपालगन्जमा प्राइमोको शेयर कारोवार सुरु

नेपालगन्ज । धितोपत्र बोर्डको दलाल (ब्रोकर)कार्यालयको सङ्ख्या नेपालगन्जमा तीन पुगेको छ ।…

“साइडवेज बजार” नयाँ उचाँइमा पुग्ने सुरुवाती अवस्था हो

“साइडवेज बजार” नयाँ उचाँइमा पुग्ने सुरुवाती अवस्था हो

नेपालगन्ज पश्चिम नेपालका लागि आर्थिक हबका रुपमा परिचित रहेको छ । यससँगै पछिल्लो समय…

सानिमा रिलायन्सद्धारा नेपालगन्जमा ‘स्टार एजेन्सी मिट’ सम्मान

सानिमा रिलायन्सद्धारा नेपालगन्जमा ‘स्टार एजेन्सी मिट’ सम्मान

नेपालगन्ज, २३ कात्तिक । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नेपालगन्जमा स्टार एजेन्सी मि…

डुडुवामा सामाजिक सुरक्षा भत्ता वितरण

डुडुवामा सामाजिक सुरक्षा भत्ता वितरण

डुडुवा (बाँके), १७ कात्तिक । डुडुवा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गर्न श…