Pairabi logo

माघ १७, २०८२, शुक्रबार                    

क्षयरोग निर्मुल पार्न सबैको हातेमालो जरुरी

डेक्स

डेक्स

क्षयरोग निर्मुल पार्न सबैको हातेमालो जरुरी
ADVERTISEMENT

शिवा शर्मा
बर्दिया ११ चैत / हरेक वर्षको मार्च २४ अन्र्तराष्ट्रिय क्षयरोग दिवस मनाइन्छ ।“ हो हामी क्षयरोग अन्त्य गछौ” भन्ने मुल नाराका साथ यस वर्ष विश्व समुदायले मार्च २४ तारीखमा क्षयरोग दिवस मनाउने गर्दछ । 
विश्व क्षयरोग दिवसको अवसर पारेर स्वास्थ्य कार्यालय बर्दियाले पत्रकारहरुसंग अन्तरक्रिया कार्यक्रम गरेको छ । सामान्यतया टिबी भनिने यस रोगको पूर्णरुप टयूब्रक्लोसीस हो । क्षयरोग प्राचिनकाल देखि नै मानब समुदायमा रहेको र विभिन्न रोग र संक्रमणका रुपमायसलाई लिने गरेको पाईन्छ । 
क्षयरोग र रेबिजमात्र यस्ता रोग हुनजसको उपस्थिती प्राचिन समयबाट आजसम्मभएको पाईन्छ । प्रतिवर्ष विश्वमा ८० लाख नयाँ क्षयरोगी थपिन्छन भने २० लाख क्षयरोगकै कारण मृत्यु हुने गर्दछ । नेपालमा क्षयरोगको तथ्याङ्क झन भयावह छ । राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार लगभग ५० प्रतिशत नेपाली जनसंख्या क्षयरोगले ग्रसित पाइएको छ । 
हरेक वर्ष करिब ४४ हजार नयाँ क्षयरोगीहरु नेपालमा थपिने र करिब ५ देखि ७ हजार नेपाली क्षयरोगीले वर्षेनी मर्ने तथाङ्क पनि देखिन्छ । क्षयरोगीहरुको उमेर समुह धेरै जसो १५ देखि ४९वर्षसम्म हुने गर्छ । नेपालमा क्षयरोगको उपचारका लागि ४३२१ डट सेवा केन्द्रहरु रहेका छन । 
सन २०१६सम्ममा ४५ जिल्लामा मात्र रहेको जिन एक्सपर्ट सुविधा सन २०२१ सम्म ७७ वटै जिल्लमा लाने नेपाल सरकारले लक्ष्य लिएको थियो तर कोभिड महामारी र विषम परीस्थितीका कारणले अपेक्षा अनुरुप यो लक्ष्य पुरा हुन सकेन यो प्रविधि क्षयरोग पत्ता लगाउन धेरै भरपर्दाे गुणस्तर मानिन्छ । 
क्षयरोग ७५ प्रतिशत भन्दा बढी फोक्सो कै क्षयरोग हुने  र अन्य ग्रन्थि पाठेघर ,पेट ,कलेजो ,मृगौला, मस्तिष्क र हडिमा हुने गर्छ । 
बर्दियाको हकमा क्षयरोग लागेको सख्या ७ सय ९२ जना छन ति क्षयरोगीहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा नियमित औषधी सेवन गराउने कार्य स्वास्थ्य कार्यलय बर्दियाले गरी रहेको स्वास्थ्य कार्यालय बर्दियाका सूचना अधिकारी कृष्ण गोपाल चौधरीले बताउनु भयो ।


 

ताजा

सबै

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक…

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

लोकप्रिय

सबै

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक…

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

यो पनि

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

नेपालगन्ज ७ माघ । बाँकेमा हात्तीपाइले रोग पूर्ण रुपमा निवारण नभएपछि यो वर्ष बाँके ज…

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

प्रहलाद विश्वकर्मा नेपालगंज १९, पुस । नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधा…