Pairabi logo

असोज २६, २०८३, सोमबार                    

मुलुकको अर्थतन्त्र आधा शताब्दी यताकै चिन्ताजनक ः पूर्व अर्थमन्त्री पौडेल

सम्वाददाता

सम्वाददाता

मुलुकको अर्थतन्त्र आधा शताब्दी यताकै चिन्ताजनक ः पूर्व अर्थमन्त्री पौडेल
ADVERTISEMENT

बुटवल । पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अहिले मुलुकको आर्थिक अवस्था अत्यन्त चिन्ताजनक अवस्थामा रहेको बताउनुभएको छ । 

‘अहिले मुलुकको आर्थिक अवस्था ५० वर्षयताको सबैभन्दा चिन्ताजनक अवस्थामा पुगेको छ,’ पश्चिम नेपाल बस व्यवसायी प्रालीको बुटवलमा आयोजित साधारणसभालाई सम्बोधन गर्दै पौडेलले भन्नुभयो । 

मुलुकको आन्तरिक राजश्व अत्यन्त न्यून मात्रामा संकलन भइरहेको उल्लेख गर्दै उनले आन्तरिक राजश्वले संचालन खर्च समेत धान्न नसक्ने अवस्थामा रहेको बताउनुभयो । 

नेता पौडेलले अहिलेको जस्तो आर्थिक संकट वि.स २०२८ साल यता मुलुकले नबेहोरेको उल्लेख गर्नुभयो । 

‘राजश्व परिचालन र संकलनको अवस्था चालु आर्थिक वर्षमा पूरा नहुने मात्र होइन गत वर्षको भन्दा पनि उल्लेख्य मात्रामा कम राजश्व संकलन भएको छ।’, उहाँले भन्नुभयो  ‘यो अवस्था आधा शताब्दी पछिको सबैभन्दा निराशाजनक हो।’

छोटो अवधिको लागि तेस्रो पटक अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेर फर्किएका पौडेलले राजस्व संकलन अत्यन्त न्युन मात्रामा संकलन भइरहेको र मुलुकको आर्थिक अवस्था जटिल र संकटपूर्ण रहेको बताउनुभयो । 

नेकपा एमालेका उपाध्यक्ष समेत रहेका पौडेलले सामान्य अवस्थामा जस्तो सत्तापक्ष र प्रतिपक्षको क्रियाप्रतिक्रिया जनाउने अवस्थामा मुलुक नभएको उल्लेख गर्दै अहिलेको जटिल अवस्थालाई सबै मिलेर पार लगाउनुपर्ने उल्लेख गर्नुृभयो । 

‘विगतमा मुलुकको अर्थतन्त्र मजबुत बनाउन यातायात क्षेत्रको महत्वपुर्ण योगदान रहेको थियो, अहिलेको जटिल अवस्थामा पनि हरेक क्षेत्रले आ(आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्ने बेला आएको छ,’ उहाँले भन्नुभयो । 

यस क्षेत्रमा संचालित विकास आयोजनाहरूलाई समयमा सम्पन्न गर्न निर्माण व्यवसायी र सम्बन्धित कार्यालयहरूलाई आग्रह गर्नुभयो । 

बुटवल नारायणगढ सडक समयमा सम्पन्न नहुँदा त्यसको सबैभन्दा ठूलो मार यातायात क्षेत्रले भोग्नुपरेकोले समयमै काम सम्पन्न गर्ने गरि लाग्न आग्रह गर्नुभयो ।


पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले मुलुक आर्थिक संकटमा रहेकोले सबैको साझा प्रयासबाट पार लगाउनुपर्ने अवस्था आएको बताउनुभयो।

‘मुलुक संकटमा परेको बेला कुनैपनि संघसंस्था तथा व्यवसायीहरूले झ्यालबाट टुलुटुलु हेरेर बस्ने अवस्था छैन,’ उहाँले भन्नुभयो ।  

उद्योगी व्यवसायीले बैंक तथा बित्तिय संस्थालाई दोष देखाउने र बैंक तथा वित्तिय संस्थाले व्यवसायीलाई दोष देखाएर उम्किने परिपाटी रहेको उल्लेख गर्दै खाणले समस्याको पहिचान गरेर समाधान निकाल्न नसके व्यवसायी र वित्तिय संस्था मात्रै होइन समग्र अर्थतन्त्र नै तहसनहस हुने बतानुभयो । 

खाणले बुटवलबाट प्रदेश राजधानी सर्दा उत्पन्न समस्याको सोध भर्नाका लागि स्वास्थ्य, शिक्षा र आर्थिक केन्द्रको निर्माणबाट लिनुपर्ने र त्यो दिशामा लाग्न व्यवसायीहरूलाई आग्रह गर्नुभयो । 
 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दिया, असोज २५ । युवा उद्यमशीलता प्रवद्र्धन, परियोजना कार्यान्वयनलाई प्रभावकारी बनाउन…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…