Pairabi logo

मंसिर २५, २०८२, बुधबार                    

मुलुकको अर्थतन्त्र आधा शताब्दी यताकै चिन्ताजनक ः पूर्व अर्थमन्त्री पौडेल

सम्वाददाता

सम्वाददाता

मुलुकको अर्थतन्त्र आधा शताब्दी यताकै चिन्ताजनक ः पूर्व अर्थमन्त्री पौडेल
ADVERTISEMENT

बुटवल । पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अहिले मुलुकको आर्थिक अवस्था अत्यन्त चिन्ताजनक अवस्थामा रहेको बताउनुभएको छ । 

‘अहिले मुलुकको आर्थिक अवस्था ५० वर्षयताको सबैभन्दा चिन्ताजनक अवस्थामा पुगेको छ,’ पश्चिम नेपाल बस व्यवसायी प्रालीको बुटवलमा आयोजित साधारणसभालाई सम्बोधन गर्दै पौडेलले भन्नुभयो । 

मुलुकको आन्तरिक राजश्व अत्यन्त न्यून मात्रामा संकलन भइरहेको उल्लेख गर्दै उनले आन्तरिक राजश्वले संचालन खर्च समेत धान्न नसक्ने अवस्थामा रहेको बताउनुभयो । 

नेता पौडेलले अहिलेको जस्तो आर्थिक संकट वि.स २०२८ साल यता मुलुकले नबेहोरेको उल्लेख गर्नुभयो । 

‘राजश्व परिचालन र संकलनको अवस्था चालु आर्थिक वर्षमा पूरा नहुने मात्र होइन गत वर्षको भन्दा पनि उल्लेख्य मात्रामा कम राजश्व संकलन भएको छ।’, उहाँले भन्नुभयो  ‘यो अवस्था आधा शताब्दी पछिको सबैभन्दा निराशाजनक हो।’

छोटो अवधिको लागि तेस्रो पटक अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेर फर्किएका पौडेलले राजस्व संकलन अत्यन्त न्युन मात्रामा संकलन भइरहेको र मुलुकको आर्थिक अवस्था जटिल र संकटपूर्ण रहेको बताउनुभयो । 

नेकपा एमालेका उपाध्यक्ष समेत रहेका पौडेलले सामान्य अवस्थामा जस्तो सत्तापक्ष र प्रतिपक्षको क्रियाप्रतिक्रिया जनाउने अवस्थामा मुलुक नभएको उल्लेख गर्दै अहिलेको जटिल अवस्थालाई सबै मिलेर पार लगाउनुपर्ने उल्लेख गर्नुृभयो । 

‘विगतमा मुलुकको अर्थतन्त्र मजबुत बनाउन यातायात क्षेत्रको महत्वपुर्ण योगदान रहेको थियो, अहिलेको जटिल अवस्थामा पनि हरेक क्षेत्रले आ(आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्ने बेला आएको छ,’ उहाँले भन्नुभयो । 

यस क्षेत्रमा संचालित विकास आयोजनाहरूलाई समयमा सम्पन्न गर्न निर्माण व्यवसायी र सम्बन्धित कार्यालयहरूलाई आग्रह गर्नुभयो । 

बुटवल नारायणगढ सडक समयमा सम्पन्न नहुँदा त्यसको सबैभन्दा ठूलो मार यातायात क्षेत्रले भोग्नुपरेकोले समयमै काम सम्पन्न गर्ने गरि लाग्न आग्रह गर्नुभयो ।


पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले मुलुक आर्थिक संकटमा रहेकोले सबैको साझा प्रयासबाट पार लगाउनुपर्ने अवस्था आएको बताउनुभयो।

‘मुलुक संकटमा परेको बेला कुनैपनि संघसंस्था तथा व्यवसायीहरूले झ्यालबाट टुलुटुलु हेरेर बस्ने अवस्था छैन,’ उहाँले भन्नुभयो ।  

उद्योगी व्यवसायीले बैंक तथा बित्तिय संस्थालाई दोष देखाउने र बैंक तथा वित्तिय संस्थाले व्यवसायीलाई दोष देखाएर उम्किने परिपाटी रहेको उल्लेख गर्दै खाणले समस्याको पहिचान गरेर समाधान निकाल्न नसके व्यवसायी र वित्तिय संस्था मात्रै होइन समग्र अर्थतन्त्र नै तहसनहस हुने बतानुभयो । 

खाणले बुटवलबाट प्रदेश राजधानी सर्दा उत्पन्न समस्याको सोध भर्नाका लागि स्वास्थ्य, शिक्षा र आर्थिक केन्द्रको निर्माणबाट लिनुपर्ने र त्यो दिशामा लाग्न व्यवसायीहरूलाई आग्रह गर्नुभयो । 
 

ताजा

सबै

केन्द्रीय तहका नेता एक निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने : राठौर

नेपालगन्ज । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता एउटा…

तोकिएकै मितिमा निर्वाचन गरी मुलुकलाई निकास दिनुपर्छ : सहमहामन्त्री राठौर

बर्दिया । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिँह राठौरले तोकिएकै मितिमा निर्वाचन ग…

लैङ्गिक हिंसाविरुद्ध कानुनको कार्यान्वयन नहुदा पिडितले न्याय पाएनन

नेपालगन्ज, १८ मसिंर । लैङ्गिक हिंसाविरुद्ध अहिले थुप्रै कानुनहरु भएपनि त्यसको प्रभावक…

कार्यस्थलमा समेत महिला असुरक्षित

नेपालगन्ज १७ मसिंर ।कार्यस्थलमा महिलामाथी विभिन्न किसिमका हिंसाहरु हुने गरेको एक का…

लोकप्रिय

सबै

तोकिएकै मितिमा निर्वाचन गरी मुलुकलाई निकास दिनुपर्छ : सहमहामन्त्री राठौर

बर्दिया । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिँह राठौरले तोकिएकै मितिमा निर्वाचन ग…

केन्द्रीय तहका नेता एक निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने : राठौर

नेपालगन्ज । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता एउटा…

यो पनि

नेपालगन्जमा प्राइमोको शेयर कारोवार सुरु

नेपालगन्जमा प्राइमोको शेयर कारोवार सुरु

नेपालगन्ज । धितोपत्र बोर्डको दलाल (ब्रोकर)कार्यालयको सङ्ख्या नेपालगन्जमा तीन पुगेको छ ।…

“साइडवेज बजार” नयाँ उचाँइमा पुग्ने सुरुवाती अवस्था हो

“साइडवेज बजार” नयाँ उचाँइमा पुग्ने सुरुवाती अवस्था हो

नेपालगन्ज पश्चिम नेपालका लागि आर्थिक हबका रुपमा परिचित रहेको छ । यससँगै पछिल्लो समय…

सानिमा रिलायन्सद्धारा नेपालगन्जमा ‘स्टार एजेन्सी मिट’ सम्मान

सानिमा रिलायन्सद्धारा नेपालगन्जमा ‘स्टार एजेन्सी मिट’ सम्मान

नेपालगन्ज, २३ कात्तिक । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नेपालगन्जमा स्टार एजेन्सी मि…

डुडुवामा सामाजिक सुरक्षा भत्ता वितरण

डुडुवामा सामाजिक सुरक्षा भत्ता वितरण

डुडुवा (बाँके), १७ कात्तिक । डुडुवा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गर्न श…